सुडानी सेनाद्वारा राष्ट्रपति बसिर पदमुक्त भएको घोषणा
- रासस
- बिहीबार, २८ चैत, २०७५
- 3 years ago
- अन्तर्राष्ट्रिय

सुडान । सुडानका राष्ट्रपति ओमार अल बशिरलाई पदमुक्त गरिएको सेनाले बिहीबार घोषणा गरेको छ ।
उनलाई सुडानी सेनाले राज्यको शक्तिबाट हटाएर नियन्त्रणमा लिएको रक्षा मन्त्री अवाद इब्नौफले राज्यद्धारा सञ्चालित टेलिभिजनबाट घोषणा गरेका हुन् ।
‘मैले रक्षा मन्त्रीको हैसियतमा घोषणा गर्दछु की यस सरकारको नेतृत्वलाई हटाएर सुरक्षित स्थानमा राखिएको छ’, इब्नौफले भने ।
बशिरले राज्य विद्रोह ‘कू’ गरी सन् १९८९ देखि हालसम्म शासन गर्दै आएका थिए । विगत चार महिनादेखि भएको रक्तपातपूर्ण आन्दोलनपछि उनलाई अहिले पदमुक्त गरिएको हो ।
सेनाले सैन्य परिषद् गठन गरिएको र दुई बर्षका लागि बशिरलाई हटाइएको पनि स्पष्ट पारेको छ ।
रक्षा मन्त्री इब्नौफले देशको हवाई क्षेत्र र सिमा क्षेत्रहरु बन्द गरिएको र अन्तर्राष्ट्रिय आवतजावतमा अर्को सूचना जारी नहुँदासम्म निषेध गरिएको जनाएको छ ।
सेनाले बन्दी बनाइएका सवै राजनीतिक नेताहरुलाई थुनामुक्त गरिदिएको पनि घोषणा गरेको छ ।
देशको शक्तिशाली निकाय मानिएको सुडानी सेनाले आज सार्वजनिक वक्तव्यमार्फत् जनताको पक्षमा उभिएको घोषणा गरेको छ ।
सरकारी सञ्चार माध्यममार्फत सम्प्रेषित समाचारमा देशभरी रहेका राजनीतिक दलका बन्दी नेताहरुलाई थुनामुक्त गरिदिने घोषणा गरेको उल्लेख छ ।
खार्तुमका हजारौं बासिन्दा सेनाको मुख्यालय बाहिर विगत ६ दिनदेखि धर्नामा बसिरहेका बेला सेनाले बन्दी नेताहरूलाई नियन्त्रणमुक्त गरिदिएको हो ।
प्रदर्शनकारीहरुले बन्दी बनाइएकाहरुलाई थुनामुक्त गर्न माग गरिरहेका थिए । उनीहरुको माग अनुसार सेनाले उनीहरुलाई छाडिदिएर प्रदर्शनकारीलाई सहयोग गरेको छ । उनीहरूले राष्ट्रपति बशिरलाई हटाउन माग गर्दै नाराबाजी गरिरहेका थिए ।
खार्तुम अवस्थित सेनाको मुख्यालय बाहिर भेला भएर राष्ट्रपति बसिरको राजीनामाको माग गर्दै उनीहरुले सेनालाई सुडानमा अन्तरिम सरकार गठनमा सहयोग गर्न पनि आह्वान गरेका थिए ।
राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमका अनुसार प्रदर्शनकारीले सेनाको महत्वपूर्ण घोषणा छिट्टै हुनुपर्ने बताउँदै सैनिक हस्तक्षेप नभए कैयौं व्यक्तिको ज्यान जाने दाबी गरेका थिए ।
सरकारले पाउरोटी र तेलको मूल्य बढाएपछि गत डिसेम्बर १९ बाट शुरु भएको आन्दोलनका क्रममा हालसम्म ४९ जनाको मृत्यु भइसकेको अधिकारीले जानकारी दिएका छन् ।
गत शनिबारबाट पुनः चर्चिएको यस विरोध प्रदर्शनमा एकै दिनमा सुरक्षा अधिकारीसहित ११ व्यक्तिको मृत्यु भएपछि सो सङ्ख्या ४९ पुगेको थियो ।
खार्तुम र अन्य शहरमा स्वतन्त्रता, शान्ति र न्याय पुनःस्थार्पित गर्नुपर्ने आह्वानसहित प्रदर्शन शुरु भएको थियो ।
आन्दोलनको क्रममा २२ ओटा राजनीतिक दलले संयुक्त विज्ञप्ति निकालेर नयाँ शासनको माग गरेका थिए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सामाजिक सञ्जालको नियमन हुनुपर्छः प्रमुख आयुक्त थपलिया
- 10 hours ago

काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई पनि नियमन तथा व्यवस्थापन गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल पनि आमसञ्चार माध्यमको रुपमा स्थापित हुन खोजिरहेको उल्लेख गर
स्वास्थ्य सचिव पोखरेलद्वारा सिएमसी क्यान्सर इन्स्टिच्यूट उद्घाटन
- 10 hours ago

चितवन। चितवन मेडिकल कलेजले स्थापना गरेको ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’को आज औपचारिक उद्घाटन गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेले एक कार्यक्रमकाबीच इन्स्टिच्यूट उद्घाटटन
पर्यटन
खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस
जीवनशैली
काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।