सुडानमा जनप्रदर्शन अझ उग्र, कर्फ्युको समेत अवज्ञा
- शुक्रबार, २९ चैत, २०७५
- 3 years ago
- अन्तर्राष्ट्रिय

खार्तुम । सुडानका राष्ट्रपति ओमार अल–बसिरलाई सत्ताच्यूत गरेर सुडानी सेनाले शासनसत्ता हातमा लिएसँगै चार महिनादेखि जारी जनप्रदर्शन अझ उग्र बनेको छ ।
प्रदर्शनकारीले राजधानी खार्तुममा रातिको समयमा लगाइएको कर्फ्यु अवज्ञा गर्दै सडकमा उत्रिएका छन् ।
प्रदर्शनकारीहरुले सेनाका उच्च अधिकारी सम्मिलित सङ्क्रमणकालीन सैनिक परिषदलाई पनि अस्वीकार गरेका छन् । उनीहरुले पुरानै सत्ताको पुनरागमन भएकाले सैनिक नेतृत्वलाई स्वीकार्न नसकिने स्पष्ट गरेका छन् ।
तीन दशकदेखि बसिर नेतृत्वको सैनिक सरकारको बन्धकमा मुलुक रहेको भन्दै प्रदर्शनकारीहरुले लोकतान्त्रिक सरकार गठन नहुँदासम्म प्रदर्शनमा सहभागी हुन आमजनतालाई आह्वान गरेका छन् ।
गरिबीको चपेटामा परेको सुडानमा चरम भोकमरि र जनजीवन अस्तव्यस्त छ ।
शुक्रबारको प्रदर्शनका क्रममा राजधानी खार्तुमका अधिकांश पसल र कार्यालयहरु बन्द रहेका थिए । खार्तुमसँगै सुडानको अर्को ठूलो शहर ओम्डुरमानमा पनि प्रदर्शन भइरहेका छन् ।
संयुक्तराज्य अमेरिकाले सैनिक परिषदलाई धैर्य अपनाउन र नयाँ सरकार गठन हुँदा नागरिकको सहभागिता सुनिश्चित गर्न आग्रह गरेको छ ।
युरोपेली युनियनले पनि सैनिक नेतृत्व समक्ष शासनसत्ता जतिसक्दो चाँडो नागरिकलाई हस्तान्तरण गर्न आह्वान गरेको छ ।
सुडानका अन्तिम निर्वाचित प्रधानमन्त्री सदिक अल–माहदीले प्रदर्शनकारीलाई सम्बोधन गर्ने अपेक्षा पनि गरिएको छ । माहदीलाई सन् १९८९ मा बसिरले सैनिक बलबाट सत्ताच्यूत गरेका थिए।
निर्वासनबाट खार्तुम फर्किएपछि माहदीले आफ्नो उम्मा पार्टीसँग अरु साना दल र समूहलाई मिलाएर गठबन्धन तयार गरेका थिए । सुडानका चिकित्सक, शिक्षक र इन्जिनियरहरुको ठूलो पेशागत सञ्जालले पनि शुक्रबारको प्रदर्शनमा सहभागी हुन आमजनता र पेशाकर्मी समक्ष आग्रह गरेका छन् ।
सैनिक परिषदले सैनिक मुख्यालय बाहिर रहेका प्रदर्शनकारीलाई रातिको अवज्ञा (कफ्र्यु) आदेश पालना गर्न आग्रह गरेको थियो, तर प्रदर्शनकारीले सेनाको अनुरोधलाई अस्वीकार गरेर रातभर प्रदर्शनमा सहभागी भएका छन् ।
एक जना प्रदर्शनकारीले आफूहरु ६ दिनदेखि यहाँ धर्नामा बसेको र नागरिक सरकार गठन नहुँदासम्म धर्नास्थल नछाड्ने बताए ।
प्रदर्शनकारीहरु र सैनिकहरुबीच प्रदर्शनस्थल वरपर सौहाद्र वातावरण देखिएको थियो । प्रदर्शनकारीहरुले आफ्नो लडाइँ सैनिक नेतृत्वसँग रहेको, तल्लो तहका सेनासँग कुनै बैमनश्य नरहेको बताइरहेका थिए ।
सैनिक परिषदले गरेको पछिल्लो पत्रकार सम्मेलनमा सेनाले सुडानमा थप अस्थिरता र अराजकता हुन नदिन सेना उच्च सतर्क रहेको जनाएको छ । पत्रकार सम्मेलनमा दुई वर्षभित्र सुडानमा आमनिर्वाचन गर्ने र नागरिक सरकार गठन गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो ।
सेनाले मुलुकका सबै राजनीतिक पक्षसँग वार्ता गर्ने जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
क्यानले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो, सन्दीप लामिछाने परेनन्
- 15 minutes ago

नेपाल क्रिकेट संघ (क्यान)ले लिग टूको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । क्यानले शुक्रबार नेपाल–नामीबिया र स्कटल्याण्डबीचको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडील
माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने
- 26 minutes ago

काठमाडौँ। बिहीबारदेखि सुरु भएको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नेकपा एमालेको प्रस्तावमा प्रधानमन्त्री बने पनि विश्वासको मत लिने बेलामा कांग्रेस समेत सामेल भ
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ मा हुने
- 51 minutes ago
काठमाडौँ। राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने भएको छ। राष्ट्रियसभाको शुक्रबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाको उपाध्यक्षको निर्वाचन माघ २३ गते सोमबार बिहान ११ बजेर
पर्यटन
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

पोखरा। माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ। अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो।
जीवनशैली
साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

आजभोलि मानिसहरु थकानबाट मुक्त हुनका लागि स्पा, साउना, स्टिम, जाकुजी जस्ता सेवाबाट आनन्द लिने गरेको पाइएको छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।