सुडानको सैनिक परिषद् र विपक्षी गठबन्धनबीच सम्झौता

Global IME
Mega Bank
Norvic Hospital

एजेन्सी । सुडानको अन्तरिम सैनिक परिषद र विपक्षी गठबन्धनबीच सम्झौता भएको छ । 

 

स्वतन्त्र र परिवर्तन गठबन्धन नामक विपक्षी गठबन्धनले पूर्ण सम्झौतामा पुगेर संवैधानिक घोषणा गरेका हुन् ।

 

घोषणासँगै नयाँ अन्तरिम सरकार बनाउने बाटो खुलेको सुडानका लागि अफ्रिकी युनियनका प्रतिनिधि मोहम्मद हान्स लेबाटले शनिबार जानकारी दिए ।

 

“सुडानी जनताका लागि यो घोषणा गर्न पाउदा म धेरै खुशी छु की, राष्ट्रिय, अन्तर्राष्ट्रिय र अफ्रिकी क्षेत्रलाई ठूलो उपलपब्धि भएको छ,” लेबटले भने ।

 

सम्झौताका केही प्राविधिक पक्ष मिलाउनका लागि दुई पक्षकाबीचमा अझै केही समय बैठक चलिरहने पनि उहाँले जानकारी दिए ।

 

सम्झौतामा नयाँ सरकार गठनदेखि शान्ति प्रक्रिया हुदै निर्वाचनसम्मका विषयबस्तु समेटिएको छ ।  

 

सैनिक परिषद् र यो विपक्षी गठबन्धनले गत जुलाई १७ तारिखका दिन राजनीतिक सम्झौतामा हस्ताक्षर गरेका थिए । 

 

सुडानमा आन्दोलनकारीसँग वार्ता गरेर सैनिक र नागरिकको संयुक्त सरकार बनाउने प्रक्रिया तिव्ररुपमा अगाडी बढीरहेको छ । 

 

सैनिक परिषद्ले अन्य आन्दोलनकारी समूहहरुसँग पनि वार्ता र सम्झौताको प्रयास गरिरहेको अधिकारीहरुले जनाएका छन् । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

लुम्बिनीको प्रदेश राजधानी तत्काल नसार्न एमालेको माग

  • 22 minutes ago
लुम्बिनीको प्रदेश राजधानी तत्काल नसार्न एमालेको माग

बुटवल । नेकपा एमाले रुपन्देहीले लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवलबाट सार्ने निर्णय तत्काल रोक्न माग गरेको छ ।

'राजमार्गमा १२ गुणस्तरीय रेस्ट एरिया बनाउदैछौँ'

  • 1 hour ago
'राजमार्गमा १२ गुणस्तरीय रेस्ट एरिया बनाउदैछौँ'

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका सांसद रवि लामिछानेले राजमार्गमा गुणस्तरीय शौचालय बनाउने जानकारी दिएका छन् ।

धनराज गुरुङलाई बधाई दिदैँ पद्मा अर्यालले भनिन्ः स्वस्थ प्रतिस्पर्धामाथि विश्वास गर्न सक्नु भएन, दर्जनौं प्रमाणहरुले त्यही बताइरहेका छन्

  • 1 hour ago
धनराज गुरुङलाई बधाई दिदैँ पद्मा अर्यालले भनिन्ः स्वस्थ प्रतिस्पर्धामाथि विश्वास गर्न सक्नु भएन, दर्जनौं प्रमाणहरुले त्यही बताइरहेका छन्

स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग पराजित भएपछि नेकपा एमाले नेता पद्मा अर्यालले बधाई र प्रतिक्रिया दिएकी छन् ।



पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।