यसकारण फेरि विवादमा आए प्रधानमन्त्रीको अन्तर्वार्ता लिने सुधीर चौधरी
- बुधबार, २९ पुष, २०७७
- 1 week ago
- अन्तर्राष्ट्रिय

काठमाडौं । भारतीय टेलिभिजन जी-न्युजका सम्पादक सुधीर चौधरी पुनः विवादमा आएका छन् । उनी सर्वोच्च शिखर सगरमाथाको नाममा भारतले दाबी गर्नुपर्ने बताए्पछि विवादमा आएका हुन् ।
भारतीय टेलिभिजन जी न्युजको कार्यक्रममा उनले सगरमाथाको पहिलो पटक उचाइ नाप्ने व्यक्ति भारतका राधानाथ सिकदर भएकाले उनकै नामबाट सगरमाथाको नामाकरण हुनुपर्ने सामग्री प्रसारण गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता लिएको भोलिपल्टै भारतीय चौधरीले सगरमाथालाई आफूहरूले माउन्ट सिकदर भन्नुपर्ने उल्लेख गरेका छन् । हेलिकोप्टरमार्फत् सगरमाथाको बेसक्याम्पमा पुगेपछि उनले भनेका छन्, ‘सन् १८५२ मा माउन्ट एभरेस्टको उचाइ नाप्ने पहिलो भारतीय व्यक्ति राधानाथ सिकदर थिए। सर्भे अफ इन्डिया डिपार्टमेन्टले सिकदरलाई त्यो काम दिएको थियो।’
अंग्रेजहरूले सगरमाथासँग सम्बन्धै नभएको व्यक्तिको नामबाट यसलाई ‘माउन्ट एभरेस्ट’ राखेकाले अब सगरमाथाको नाम माउन्ट सिकदर राख्नुपर्ने उनले बताएका छन् ।
सगरमाथालाई माउन्ट सिकदर बनाउनका लागि भारतमा अभियान चलाउनुपर्ने भन्दै चौधरीले आफूले सगरमाथाको बेस क्याम्प पुगेर सुरूवात भएको समेत उल्लेख गरेका छन् ।
यसअघि पनि नेपालबारे विवासदस्पद सामग्री प्रशारण गर्दै आएको जी टिभी र त्यसका सम्पादक सगरमाथाको नाम परिवर्तन गर्नुपर्ने धारणा राखेपछि पुन विवादमा आएका हुन् ।
६ महिनाअघि जी-न्युजले प्रधानमन्त्री ओलीबारे कपोलकल्पित सामग्री प्रसारण गरेपछि नेपालका टेलिभिजन प्रसारकहरूले भारतीय न्युज च्यानल प्रसारण गर्न रोक समेत लगाएका थिए ।
देखिए #DNA LIVE @sudhirchaudhary के साथ
— Zee News (@ZeeNews) January 12, 2021
+ माउंट एवरेस्ट का असली नाम 'माउंट सिकदर' होना चाहिए, क्यों?
+ किसान आंदोलन की सुप्रीम अवमानना का DNA टेस्ट https://t.co/ejRWLMG3At
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सत्ता सम्हालेसँगै विडेनले उल्टाए ट्रम्पका यी निर्णयहरु
- 2 minutes ago

एजेन्सी । अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले क्यापिटोल हिलमा बुधबार आयोजित समारोहमा पद तथा गोपनीयताको सपथ लिए ।
बलिउडका ती अभिनेत्रीहरु जसले हिरोसँग नभई भिलेनसँग विवाह गरे
- 13 minutes ago

एजेन्सी । बलिउड इन्डस्ट्रीका कैयौं अभिनेत्रीहरुले कलाकारसँग नै बिहे गरेका छन् । तीमध्ये कसैले पर्दामा हिरोको भूमिकामा देखा पर्नेसँग नभई भिलेनको भूमिकामा देखा पर्ने कलाकारसँग बिहे गरेका छन् ।
पूर्व राष्ट्रपति ट्रम्प फ्लोरिडामा
- 13 minutes ago

यसैबीच, अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको सपथ ग्रहण समारोहमा सहभागी समेत नभई ह्वाइट हाउसबाट बुधबार बिहान गृहराज्य फ्लोरिडातर्फ प्रस्थान गरे ।
पर्यटन
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।
जीवनशैली
वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
विचित्र विश्व
जब रक्सीले मात्तिएका पिताले आफ्नो १० वर्षिय छोरालाई जिउँदै जलाउने प्रयास गरे

एजेन्सी । भारतस्थित हैदराबादको कुकटपल्लीमा एक जना पिताले आफ्नो १० वर्षिय छोरालाई जिउँदै जलाउने प्रयास गरेका छन् । रक्सीले मात्तिएका उनले आफ्नो छोरालाई जिउँदै जलाउने प्रयास गरेका हुन् ।