सुदूरपश्चिम प्रदेशका मन्त्रीले गाडी खरीद गरेको समाचार असत्य भएकाे दाबी

Global IME
Mega Bank
Norvic Hospital
फाइल फाेटाे

धनगढी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले पूँजीगत खर्च बढाउन वर्षको अन्तिममा आएर मन्त्रीले आफ्ना लागि गाडी खरीद गरेको भन्ने समाचार असत्य रहेको बताएका छन् ।

 

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री शाहले मन्त्रालयमा विभिन्न सवारीसाधन खरीद गर्नुपर्ने आवश्यकता देखिएकाले जनताको सेवा र सुरक्षाका लागि प्रचलित ऐन र मापदण्डभित्र रहेर प्रदेश सरकारले सवारीसाधन खरीद गरेको स्पष्ट पारे ।

 

उनले भने, ‘पूँजीगत खर्च बढाउनका लागि मन्त्रीले आफ्ना लागि गाडी खरीद गरेको भनेर अतिरञ्जित र अनर्गल ढङ्गले सञ्चारमाध्यममा आएको समाचार असत्य हो ।’

 

प्रदेश सरकारले १६ थान अत्याधुनिक एम्बुलेन्स, प्रदेश प्रहरीका लागि नौ थान जीप, विभिन्न मन्त्रालय र कार्यालयका लागि ३३ मोटरसाइकलसहित जम्मा ५३ थान गाडी खरीद गरेको उनले जानकारी दिए ।  

 

प्रदेश सरकार र मातहतका मन्त्रालय, निकायको गत आर्थिक वर्ष २०७५/७६ मा पूँजीगत र चालू खर्चको प्रगति ५९ दशमलव ५५ प्रतिशत भएको पनि उनले पत्रकार सम्मेलनमा जानकारी दिए । (रासस)


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

संविधानको इमान्दार कार्यान्वयन गर्ने जिम्मेवारी हाम्रो नै होः प्रधानमन्त्री दाहाल

  • 2 minutes ago
संविधानको इमान्दार कार्यान्वयन गर्ने जिम्मेवारी हाम्रो नै होः प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रणाली र संविधान जनताको सर्वोपरि हितका लागि भएकाले संविधानको इमान्दार कार्यान्वयनका लागि सबैलाई आग्रह गरेका छन् ।

इयुद्वारा भूकम्प प्रभावित टर्किएका लागि ३६ उद्धार टोली परिचालन

  • 19 minutes ago
इयुद्वारा भूकम्प प्रभावित टर्किएका लागि ३६ उद्धार टोली परिचालन

काठमाडौँ । युरोपेली युनियन (इयु) सदस्य राष्ट्रहरू एवं इयु नागरिक सुरक्षा संयन्त्रमा सहभागी तीन देशहरूले भूकम्प प्रभावित तुर्किए, जेनेजमा (बुधबार ३६ वटा उद्धार र चिकित्सा टोली पठाउने प्रस्ताव गरेका

गण्डकीमा स्वास्थ्य बीमा गर्ने आठ लाख

  • 31 minutes ago
गण्डकीमा स्वास्थ्य बीमा गर्ने आठ लाख

गण्डकी । गण्डकी प्रदेशमा आठ लाखभन्दा बढीले स्वास्थ्य बीमा गरेका छन् । स्वास्थ्य बीमा बोर्ड प्रदेश कार्यालयका अनुसार हालसम्म आठ लाख छ हजार नौ सय ४१ जना स्वास्थ्य बीमामा आबद्ध भएका हुन् । बिमित परिवारको



पर्यटन

किस्पाङ गुम्बा

किस्पाङ गुम्बा

नुवाकोट । नुवाकोटको किस्पाङ गाँउपालिका–३ मा अवस्थित प्रसिद्ध किस्पाङ गुम्बा । भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एसोसिएशन गुम्बासँगको समन्वयमा किस्पाङ गुम्बाले लामा अध्ययनको प्रारम्भिकदेखि पिएचडी तहसम्मको अध्ययनको प्रबन्ध मिलाएको छ । तस्बिरः रामहरि न्यौपाने÷रासस

जीवनशैली

घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

एजेन्सी । यदि हामीले आफ्नो जीवनमा वास्तुशास्त्रका नियमहरू लागू गर्यौं भने हामीलाई सफल हुनबाट कसैले रोक्न सक्दैन।