मधुमेहका रोगीहरुले यस्ता खानेकुरा भुलेर पनि नखानुहोस्

प्रतिकात्मक तस्बिर

काठमाडौं । हाम्रो शरीरमा हुने विभिन्न रसायनिक प्रतिक्रियाका कारण रगतमा चिनीको मात्रा बढ्छ । फलस्वरूप स्वास्थ्यमा समस्या देखिन्छ, जसलाई चिनीरोग अर्थात् मधुमेह भनिन्छ ।

 

प्यांक्रियाजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न नसकेमा वा उत्पादन भएको इन्सुलिनप्रति शरीरका कोषले राम्रोसँग प्रतिक्रिया जनाउन नसकेमा यस्तो समस्या देखिन्छ ।

 

मधुमेह भएमा अत्यधिक भोक र तिर्खा लाग्ने, तौल घट्ने, छिटो–छिटो पिसाब लाग्ने, थकान महसुस हुने, कमजोरी देखापर्ने हुन्छ । मधुमेहका बिरामीले सहज जीवनयापन गर्न खानपानमा विशेष ध्यान पुर्याउनुपर्छ ।  

 

–कार्बोहाइडेट र चिल्लो धेरै भएका खानेकुरा खानुहुँदैन । 

 

–दूषित पानी पिउनबाट टाढा रहनुपर्छ ।

 

–फास्टफुड, तारेका खानेकुरा, कोल्डड्रिंक्स, अधिक मसलायुक्त खानेकुरा खानुहुँदैन ।

 

-प्याक गरिएको ट्रान्स फ्याट खाना जस्तै चिप्स, कुकिज, बदाम बटर पनि मधुमेह बिरामीहरूका लागि हानिकारक हुन्छ। ट्रान्स फ्याटले मोटोपन बढाउन योगदान पुर्‍याउँछ।

 

-तेलमा फ्राइ गरिएका खानाले सुगरको स्तरलाई उकास्ने काम गर्छन । फ्राइड खानामा उच्च कार्बोहाइड्रेट हुन्छ। जो मधुमेहका बिरामीका लागि हानिकारक छ।

 

-डेरी उत्पादनहरू जस्तै क्रीम चीज, आइसक्रीम, पूर्ण क्रीम दूधमा अत्याधिक फ्याट हुन्छ, जसले इन्सुलिन प्रतिरोधलाई बिगार्न सक्छ। पूर्ण क्रीम डेअरी उत्पादनहरूलाई बेवास्ता गर्नुहोस् ।

 

-सेतो पास्तामा कार्बोहाइड्रेट हुन्छ जुन मधुमेह बिरामीहरूका लागि राम्रो हुँदैन। यसले रगतमा चिनीको मात्रा बढाउँछ । 

 

हेल्थटिप्स

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

भारतमा ९० लाख संक्रमित निको भए

  • 10 minutes ago
भारतमा ९० लाख संक्रमित निको भए

एजेन्सी । भारतमा कोरोना संक्रमित बढेसँगै निको हुनेको संख्या पनि धेरै रहेको छ । विश्वमै सबैभन्दा बढी कोरोना संक्रमित निको हुनेमा भारत रहेको छ ।

अमेरिकामा एकैदन २ लाख १३ हजार बढी संक्रमित थपिए, २ हजार ७९० ले ज्यान गुमाए

  • 34 minutes ago
अमेरिकामा एकैदन २ लाख १३ हजार बढी संक्रमित थपिए, २ हजार ७९० ले ज्यान गुमाए

एजेन्सी । गत वर्षको डिसेम्बरबाट चीनको हुबेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको मानिने कोरोना भाइरसको संक्रमणबाट विश्वमा लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् ।

कोरोना संक्रमणबाट फ्रान्सका पूर्वराष्ट्रपति स्टाइङको निधन

  • 41 minutes ago
कोरोना संक्रमणबाट फ्रान्सका पूर्वराष्ट्रपति स्टाइङको निधन

एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट फ्रान्सका पूर्वराष्ट्रपति वेलेरी जिस्कार्ड डी स्टाइङको निधन भएको छ ।



जीवनशैली

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

काठमाडौँ । आँखाको सेतो भाग, हत्केला, अनुहार वा सम्पूर्ण शरीरमा पंहेलो रंग देखिएको अवस्थालाई जन्डिस भनिन्छ । जन्डिस आँफैमा रोग होइन ।

विचित्र विश्व

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

एजेन्सी । फाइजर र बायोएन्टेक नामको कम्पनीले कोरोना खोपको स्वीकृति प्राप्त गरेको छ। यस कम्पनीले घोषणा गरेको थियो कि उनले प्रयोगशालामा यस्तो कोरोना खोप बनाउन सफल भएको छ, जुन भाइरसविरूद्ध ९४.५ प्रतिशत प्रभावकारी छ।