कुनै समय मित्र थिए अमेरिका र इरान, कसरी बने कट्टर दुश्मन ?

एजेन्सी । जब डोनाल्ड ट्रम्प संयुक्त राज्य अमेरिकाका राष्ट्रपति बने, उनले इरानको बिरूद्ध आक्रामक अडान लिन थाले। सुरुदेखि उनले इरानले पश्चिमी देशहरूसँग नयाँ आणविक सम्झौता गर्ने कुरामा जोड दिए। जब इरान यससँग सहमत भएनन्, अमेरिकाले २०१५ मा भएको उक्त सम्झौता अमान्य भन्दै सन् २०१८ मा बाहिरियो । 

 

यस पछि, आर्थिक प्रतिबन्ध, धम्की, अप्रत्यक्ष युद्धको प्रक्रिया शुरू भयो, यसले दुवै देशहरुमा र विश्वभर तनाव पैदा गरेको छ। संयुक्त राज्यको डेलावेयर युनिभर्सिटीका प्राध्यापक मुक्तार खान भन्छन्,‘दुई देश बीच केही समयदेखि युद्ध भइरहेको छ।’

 

यो चक्र १९७९ देखि शुरू भएको हो। मध्य पूर्वलाई स्थिर पार्नका लागि इरान अमेरिकाका मुख्य सहयोगीहरू मध्ये एक थियो। तर १९७९ मा इरानको इस्लामिक क्रान्ति पछि अमेरिकासँगको सम्बन्ध बिग्रियो।’

 

सन् १९५३ मा जब ईरानमा अमेरिकी विरोधी भावनाको जन्म भएको थियो तब अमेरिकाले चार दिनमा प्रदर्शन गराएर सरकार गिराउने र आफ्नो पक्षको सरकार बनाउने काम गरेको थियो । त्यसअघि अमेरिका र इरानकाे सम्बन्ध राम्राे रहेकाे  थियाे ।

 

अधिकारीहरु भन्छन् भन्छन्, ‘त्यस अवधिमा अमेरिकाले चार दिन भित्र प्रदर्शन गरेर निर्वाचित प्रधानमन्त्री मोहम्मद मुसादिकलाई हटाए र राजतन्त्रलाई लागू गर्‍यो, अर्थात् राजतन्त्रलाई लोकतन्त्रको ठाउँमा स्थापित गराइदिएको थियो।’

 

तर, पछि जब इस्लामिक क्रान्ति भयो र मोहम्मद रजा पहालावीलाई सत्ताबाट हटाइयो, त्यस बेलादेखि अमेरिका लगातार इरानमा शक्ति परिवर्तन गर्ने प्रयासको आरोप लगाइयो।

 

इरान–इराक युद्धमा अमेरिकाले इराकलाई समर्थन गरे पनि यसले सम्बन्ध पनि बिगार्‍यो। अमेरिकाले इरानको राजनीति र शक्ति परिवर्तन गर्न निरन्तर प्रयास गरिरहेको छ, जबकि इरानले मध्यपूर्वमा अमेरिकाको प्रभुत्व समाप्त गर्ने मात्र नभई प्यालेस्टाइन क्षेत्रबाट इजरायलको नियन्त्रण अन्त्य गर्न पनि प्रयास गरिरहेको छ।

 

इराकमा अमेरिकाले इराकसँगमात्र होइन अन्य देश चीन र रसियासँग पनि युद्ध गरिरहेको छ । 

 

 

 

 

 

 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

के भन्छन् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ?

  • 12 minutes ago
के भन्छन् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ?

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशको आर्थिक बृद्धिका लागि सवै क्षेत्रमा परिवर्तन आवश्यक भएकोमा जोड दिएका छन् ।

वुल्भ्सले लिड्स युनाइटेडलाई हरायो

  • 15 minutes ago
वुल्भ्सले लिड्स युनाइटेडलाई हरायो

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत वुल्भ्सले लिड्स युनाइटेडलाई पराजित गरेको छ ।

नाइजेरियाली आन्दोलनमा कम्तीमा १५ व्यक्तिको मृत्यु

  • 26 minutes ago
नाइजेरियाली आन्दोलनमा कम्तीमा १५ व्यक्तिको मृत्यु

एजेन्सी । प्रहरीको निर्मम दमनको विरोधमा नाइजेरियामा अक्टोबरमा कम्तीमा १५ जनाको मृत्यु भएको एम्नेष्टी इन्टरनेशनलले एएफपीलाई बताएको छ ।



पर्यटन

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।