अभिनेता सुनिल सेट्टीको जीवनशैली राजाभन्दा कम छैन

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

एजेन्सी । बलिउडका चर्चित अभिनेता हुन् सुनिल सेट्टी । उनी अभिनेता, चलचित्र निर्माताका अलावा व्यवसायी पनि हुन् । ११ अगस्ट १९६१ मा कर्नाटकको मङ्गलोरमा जन्मेका सुनिलले आफ्नो ६१ औं जन्मदिन मनाइरहेका छन् । करिब ३० वर्षसम्म बलिउडमा एक्शन–कमेडी र खलनायकको भूमिका निर्वाह गरेका सुनिल बलिउडमा अन्नाको नामबाट चर्चित छन् ।

 

सयभन्दा बढी फिल्ममा फरक–फरक भूमिकामा काम गरिसकेका उनी पछिल्लो समय धेरै पटक टिभी रियालिटी शोमा सहभागी हुने गरेको देखिन्छ । सुनिल ६१ वर्षका भइसकेका छन् तर आफ्नो फिटनेसले युवालाई पनि मात दिन्छन् ।

 

सुनील शेट्टीले सन् १९९२ मा दिवंगत अभिनेत्री दिव्या भारतीको अपोजिट फिल्म ‘बलवान’ बाट बलिउडमा प्रवेश गरेका थिए । उनी पहिलो फिल्मबाटै एक्सन अभिनेता बनेका थिए । सुनिलले उत्कृष्ट एक्सन गरेर दर्शकको मन जित्न सफल भएका थिए । त्यसपछि सन् १९९४ मा सुनीलको फिल्म ‘दिलवाले’ रिलिज हुँदा उनले प्रहरीको भूमिका निभाएका थिए । उक्त फिल्मबाट उनी उत्कृष्ट सह–अभिनेताको फिल्मफेयर अवार्डका लागि मनोनित भएका थिए ।

 

यस फिल्ममा सुनीलसँगै अजय देवगन, परेश रावल र रविना टण्डन थिए । यो फिल्मपछि सुनीलले ‘बोर्डर’ र ‘हेरा फेरी’मा आफ्नो अभिनयको नयाँ रंग देखाए, त्यसपछि सन् २००० मा फिल्म ‘देव’ मा खलनायकको भूमिकामा पहिलो फिल्मफेयर अवार्ड पाए ।

 

जब उनले फिल्महरूबाट धेरै पैसा कमाए, तब उनले व्यापारमा हात हाल्ने निर्णय गरे। सुनिलले फिल्मी दुनियाँमा आउनुअघि होटल म्यानेजमेन्टमा डिग्री लिएका थिए । पछि उनले रेष्टुरेन्ट व्यवसाय सुरु गरे र विस्तारै धेरै होटेलका मालिक बने । त्यसपछि उनले आफ्नै प्रोडक्सन हाउस खोलेर निर्माता बने । सन् २०१३ मा घरजग्गाको कारोबार पनि सुरु गरे ।

 

आफ्नो व्यवसायबाट करोडौं कमाउने सुनिल विलासी जीवनशैली छ । उनी मुम्बईको अल्टामाउन्ट रोडमा रहेको पृथ्वी अपार्टमेन्टमा बस्छन्। यसबाहेक खण्डालामा करिब ६ हजार २०० स्क्वायरमा ५ बेडरुमसहितको विलासी होलिडे होम निर्माण गरेका छन् । उक्त घरमा सबै सुविधा उपलब्ध रहेको बताइन्छ। सुनिलको जीवनशैली राजाभन्दा कम छैन । 

 

 

 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नाइजेरियामा बाढीबाट ७५ जनाको मृत्यु

  • 3 hours ago
नाइजेरियामा बाढीबाट ७५ जनाको मृत्यु

एजेन्सी । नाइजेरियामा बाढीबाट कम्तीमा पनि ७५ जनाको ज्यान गएको बताइएको छ । नाइजेरियाको उत्तरी योबा राज्यमा आएको बाढीबाट ७५ जनाको ज्यान गएको यहाँका अधिकारीले जनाएका छन् ।

अमेरिकामा रहेका नेपालीले यसरी मनाए दसैँ

  • 3 hours ago
अमेरिकामा रहेका नेपालीले यसरी मनाए दसैँ

वाशिङ्गटन डिसी । अमेरिकामा स्थायी बसोबास गर्दै आएका नेपालीले आफ्नो परम्परा र संस्कृतिको जगेर्ना गर्दै निकै रमाइलो वातावरणमा वडादसैँ मनाएका छन् । अमेरिकाका कैयौँ राज्यमा छरिएर बसोबास गर्दै आएका नेपालील

Bring home the festive vibes this Diwali with Asda

  • 3 hours ago
Bring home the festive vibes this Diwali with Asda

London: The onset of autumn signifies the beginning of the magnificent festival of lights, Diwali. With this year’s celebrations falling on the 24th of October, Asda joins in the festivity of the triu



पर्यटन

दसैँमा किन घुम्ने कर्णाली ?

दसैँमा किन घुम्ने कर्णाली ?

कर्णाली । दसैँ तिहार मनाउन घरबाहिर भएका धमाधम फर्कँर्ने क्रम चलिरहेको छ । दसैँ यात्राको सदुपयोग गर्न धेरैले बाटोमा पर्ने रमणीयस्थलको दृश्यावलोकन गर्ने, फोटो–भिडियो लिने र टिकटकमा ‘अपलोड’ गर्ने गरिरहेको पाइन्छ । अचेल सामाजिक सञ्जालको व्यापकताका कारण घुमफिर संस्कृति बढ्दो छ । दसैँ बिदामा आउने कर्णालीवासी र प्रदेश बाहिरका पर्यटकको पखाइँमा छन्, यहाँका पर्यटकीयस्थल ।

जीवनशैली

दुर्गापक्षको मुख्य दिन आज विजया दशमी, मान्यजनको हातबाट टीका एवं जमरा लगाइँदै

दुर्गापक्षको मुख्य दिन आज विजया दशमी, मान्यजनको हातबाट टीका एवं जमरा लगाइँदै

काठमाडौँ । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।

विचित्र विश्व

युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई किन मन परेन एलन मस्कको ट्वीट ?

युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई किन मन परेन एलन मस्कको  ट्वीट ?

एजेन्सी । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले सोमबार ट्विटर प्रयोगकर्ताहरूलाई रुस र युक्रेन युद्ध अन्त्य गर्ने योजनाबारे उनीहरूको राय मागे। जसका कारण युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की मात्र नभई युक्रेनका जनतालाई पनि मन परेन ।