हराइरहेका किशोर मृत फेला, हत्याको आरोपमा १ जना पक्राउ

  • सोमबार, १५ मंसिर, २०७७
  • 1 month ago
  • नेपाल

सुनसरी । सुनसरीको दुहवी नगरपालिका– २ का १७ बर्षीय सुजन नारायण चौधरी मृत अवस्थामा फेला परेका छन् । यही मंसिर १० गते देखि हराईरहेका बालकको खोजतलास गर्ने क्रममा सोमबार बिहान ५ बजे दुहवी नगरपालिका– २ मा रहेको अरुण बनस्पती उद्योगको कम्पाउण्डको उत्तर पट्टी रहेको खालि जग्गाको घारीमा चौधरीको शव फेला पारिएको हो ।

 

बालक हराएको भनी ईलाका प्रहरी कार्यालय दुहवीमा यही मंसिर ११ गते जाहेरी पर्नासाथ हुलिया परिपत्र समेत गरी खोजतलास तथा घटनाको बारेमा अनुसन्धान शुरु गरेको प्रहरी टोलीले घटनामा संग्लग्न रहेको आशंकामा दुहवी नगरपालिका– २ का २० बर्षीय सुमन झालाई नियन्त्रणमा लिएको थियो । 

 

नियन्त्रणमा लिईएका झालाई सोधपुछ गर्ने क्रममा चौधरीलाई आफुले कर्तव्य गरी मारेको र शवलाई घारीमा फालेको भन्ने बयान दिएसँगै घटनास्थलमा पुगेको प्रहरी टोलीले चौधरीलाई मृत फेला पारेको हो ।

 

बालकको शव फेला परेसँगै थप अनुसन्धान भईरहेको र घटनामा संग्लग्न रहेको आशंकामा अन्य २ जनालाई समेत नियन्त्रणमा लिई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

 

साथै, मृतक चौधरीको शव परिक्षणको लागि बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएको उक्त कार्यालयले जनाएको छ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

पूर्वसभामुख ढुंगानाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

  • 8 minutes ago
पूर्वसभामुख ढुंगानाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

काठमाडौँ । पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । राजाराम घिमिरेसहित ४ जनाले ढुंगानाविरुद्ध दिएको अवहेलना मुद्दा सर्वोच्च प्रशासनले मंगलबार दर्ता गरेको हो ।

मंगलबार जम्मा ४ हजार ५७४ हजार स्वाब परीक्षण

  • 11 minutes ago
मंगलबार जम्मा ४ हजार ५७४ हजार स्वाब परीक्षण

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ४ हजार ५७४ स्वाबको पीसीआर बिधिबाट परीक्षण भएको छ । देशका विभिन्न प्रयोगशाला उक्त परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थप ६ जना कोरोना संक्रमितको मृत्यु

  • 13 minutes ago
थप ६ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ६ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोबाट मृत्यु हुनेको क



पर्यटन

४ जोडीले जिते ‘बञ्जी कपल च्यालेन्ज’

४ जोडीले जिते ‘बञ्जी कपल च्यालेन्ज’

पोखरा । पोखरा २४ हेम्जास्थित हाइग्राउण्ड एडभेन्चर्सले २ साताअघि सुरु गरेको ‘कपल बञ्जी च्यालेन्ज’ बाट ४ जोडी विजेता बनेका छन् । कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेको बञ्जीमा जोडीको आर्कषण बढाउन कम्पनीले यही माघ एकदेखि १३ गतेसम्म देशभरीबाट च्यालेन्जमा सहभागी हुन आह्वान गरेको थियो ।

जीवनशैली

खाली पेटमा खान नहुने यी चिजबारे जानौं

खाली पेटमा खान नहुने यी चिजबारे जानौं

एजेन्सी । हामी अफिस जाने हतारोले खाली पेटमा जेसुकै खाएर पनि जाने गछौं । यो बानी हाम्रै लागि ठिक होइन । चिकित्सकहरुले केही चिज नखान भनेका छन् ।भर्खरै गरेको एक अध्ययनले अब यो कुरालाई प्रमाणित पनि गरिदिएको छ । जानौं कुन चिज खाली पेटमा खानु हुँदैन, जसले स्वास्थ्यलाई हानी गर्छ ।