Techie IT
२०८१ वैशाख ८, शनिबार
NepaliPatra logo
गृहपृष्ठखेलभारतलाई हराउँदै पाकिस्तानले जित्यो एसीसी इमर्जिङ टिम्स एसिया कपको उपाधि

भारतलाई हराउँदै पाकिस्तानले जित्यो एसीसी इमर्जिङ टिम्स एसिया कपको उपाधि


काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको उपाधि पाकिस्तान ए ले जितेको छ । आइतबार भएको फाइनल खेलमा पाकिस्तान ए ले चिर प्रतिद्वन्द्वी भारत ए लाई एक सय २८ रनको विशाल अन्तरले हराउँदै उपाधि आफ्नो पोल्टामा पारेको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर तीन सय ५२ रनको विशाल स्कोर बनाएको थियो । पाकिस्तानका लागि मुहम्मद तैयब ताहिरले टोलीका लागि शतकीय योगदान गरेका थिए । उनले एक सय आठ रन बनाए । उनले केवल ७१ बलको सामना गरी चार छक्का र १२ चौका पनि प्रहार गरे ।

ओपनर ब्याट्सम्यान सइम अयुब र सहिबजादा फरहान उल्लाहले पनि अर्धशतकीय पारी खेले । सइमले ५९ रन बनाए भने अर्का ओपनर सहिबजादाले ६५ रन बनाए ।

ओपनिङ ब्याट्सम्यानले एक सय २१ रनको साझेदारी गरेका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका ओमाइर बिन युसुफले पनि टोलीको लागि ३५ रनको योगदान दिए । सातौं नम्बरका ब्याट्सम्यान मुबासिर खानले पनि ३५ रन बनाए । भारतीय बलर राजबद्र्धन हंगारगेकर र रियान परागले दुई–दुई विकेट लिए । मानव सुथर र हर्षित राणाले एक–एक विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको भारतले ४० ओभरमा अलआउट हुनुअघि दुई सय २४ रनमात्र बनाउन सक्यो । भारतका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । ओपनर ब्याट्सम्यान अभिषेक शर्माले ६१ रन बनाए । उनले ५१ बलमा एक छक्का र पाँच चौका प्रहार गरे ।

भारतीय टोलीका कप्तान यस ढुलले ३९ रन बनाए । ओपनर साई सुदर्शन २९ रन जोड्दै पेभेलियन फर्किए । पाकिस्तानी टोलीका बलर सुफियान मुकिमले तीन विकेट लिए । मेहरान मुमताज, अर्साद इक्बाल र मुहम्मद वसिमले दुई–दुई विकेट लिए । मुबासिर खानले एक विकेट हात पारे ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित

काठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले

एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हार्दै ब्याटिङ गरेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङ

एसीसी प्रिमियर कपमा नेपाल र युएई भिड्दै

काठमाडौँ । ओमानमा जारी एसिसि प्रिमियर कपअन्तर्गत आज सेमिफाइनल हुँदैछ । जसअन्तर्गत नेपाल र युएईबीच प्रतिष्पर्धा हुँदैछ । दुई देश

एन्फा उपाध्यक्ष दावा लामा छुटे

काठमाडौँ । लागू औषध मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन्

अपराजित रहँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौँ । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । साउदी अरेवियालाई ६ विकेटले हराउँदै नेपालले सेमिफाइनलमा स्थान बनाएको

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामा बुधवार पक्राउ परेका हुन्

Techie IT