सुपुर्दगी अनुरोध फिर्ता लिन अमेरिकासमक्ष चीनको अनुरोध

Global IME
Norvic Hospital

बेइजिङ । चीनको विदेश मन्त्रालयले क्यानाडामा गिरफ्तार गरिएकी हुवावेकी प्रमुख वित्तीय अधिकृत मेङ वान्झाउलाई अमेरिका सुपुर्दगी नगर्न अमेरिकी सरकार समक्ष अनुरोध गरेको छ । 

 

हुवावेकी मेङमाथि इरानसँग व्यापारिक कारोबार गर्दा बैंकहरुलाई झुठो विवरण दिएको अमेरिकी आरोप छ । 

 

विदेश मन्त्रालयका प्रवक्ता गेङ सुआङले हुवावेकी प्रमुख वित्तीय अधिकृतमाथि अपमानजनक रुपमा अमेरिकाले आरोप लगाएको बताए । 

 

मेङलाई गत वर्ष डिसेम्बर १ तारिखमा अमेरिकी अनुरोधमा क्यानाडाको भ्यानकुभरमा गिरफ्तार गरिएको थियो । मेङलाई अमेरिका सुपुर्दगी गर्ने बारेमा बुधबार क्यानाडाको एक अदालतमा सुनुवाई हुँदैछ । 

 

गेङले भने, “हामी मेङ वान्झाउमाथिको पक्राउ आदेश तत्कालै फिर्ता लिन अमेरिकासँग आग्रह गर्दछौं र त्यस्ता किसिमका सुपुर्दगी अनुरोधहरु पुनः नगर्न पनि अनुरोध गर्दछौं ।” 

 

साथै, चीनले हुवावे र अरु चिनीया कम्पनीमाथि निराधार आरोपहरु नलगाउन पनि वासिङ्टनलाई चेतावनी दिएको छ । चिनीया विदेश मन्त्रालयको विज्ञप्तिमा “केही चिनीया कम्पनीलाई ओझेलमा पार्न अमेरिकी अधिकारीहरुले राज्यशक्तिको परिचालन गरिरहेको” उल्लेख छ । विज्ञप्तिमा यी कार्यहरु राजनीतिक उद्देश्यबाट प्रेरित रहेको पनि उल्लेख गरिएको छ । 

 

विज्ञप्तिमा बेइजिङले चिनीया कम्पनीहरुको दृढतापूर्वक प्रतिरक्षा गर्ने जनाइएको छ, तर हुवावेमाथि लागेको अमेरिकी अभियोगलाई कसरी सम्बोधन गरिनेछ भन्ने उल्लेख गरिएको छैन । 

 

चिनीया विशाल प्रविधि तथा दूरसञ्चार कम्पनी हुवावेले भने कुनै गलत कार्य नगरेको दाबी गरिरहेको छ । हुवावेमाथि अमेरिकी प्रविधि चोरेको, इरानमाथि लागेको अमेरिकी व्यापार प्रतिबन्धलाई हुवावेले उल्लङ्घन गरेको तथा बैंकहरुलाई ढाँटेको आरोप छ । 

 

हुवावे टेक्नोलोजिज लिमिटेडले मङ्गलबार नै एक विज्ञप्ति जारी गरी हुवावेमाथि लागेका अभियोगका बारेमा अमेरिकी अधिकारीहरुसँग वार्ता गर्न र अनुसन्धानमा सहभागी हुन तयार रहेको जनाएको छ । हुवावेले अमेरिकी कम्पनी टी–मोबाइलसँगको गोप्य व्यापारिक योजना चोरी गरेको विषयमा अमेरिकी अदालतबाट पहिल्यै छिनोफानो भइसकेको पनि स्पष्ट गरेको छ । 

 

“कम्पनीलाई मेङ वान्झाउले कुनै गल्ती गर्नुभएको थाहै छैन, र अमेरिकी अदालत पनि अन्ततः त्यही निश्कर्षमा पुग्ने हाम्रो दृढ विश्वास छ,” हुवावेको विज्ञप्तिमा जनाइएको छ । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • 3 minutes ago
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मकवानपुरको बागमती गाउँपालिका–८ साततले राजबास पुलमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

सत्ता गठबन्धनको बैठक बस्दै

  • 59 minutes ago
सत्ता गठबन्धनको बैठक बस्दै

सत्ता गठबन्धनको बैठक आज बस्दैछ । बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार बैठकमा पेस गरेो न्युनतम साझा कार्यक्रमक

आज चैते दशैँ पर्व मनाइँदै

  • 1 hour ago
आज चैते दशैँ पर्व मनाइँदै

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् ।



पर्यटन

अन्नपूर्ण हिमशृङ्खला

अन्नपूर्ण हिमशृङ्खला

कास्की । पोखरा महानगरपालिका—३ नदीपुरबाट मङ्गलबार विहान देखिएको सुन्दर अन्नपूर्ण हिमश्रृङ्खला । तस्बिरः कृष्ण दवाडी÷रासस

जीवनशैली

यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

एजेन्सी । हामीले एलोभेराको फाइदाबारे मात्र सुन्दै धेरै आएका छौं । यो बहुउपयोगी चिज हो । तर, तपाईलाई यसको बेफाइदाको बारेमा थाहा नहुन सक्छ । कतिपय अवस्थामा यसले विषको काम समेत गर्छ ।

विचित्र विश्व

आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

नासाका खगोलविद् बिल कुकले यी ग्रहहरू हेर्न सूर्यास्तपछि पश्चिम क्षितिजमा हेर्न सकिने बताउँछन् । क्षितिज त्यो ठाउँ हो जहाँ हेर्दा पृथ्वी र आकाश एक आपसमा मिलेको देखिन्छ ।