‘रिपोर्ट नेगेटिभ आएपछि एउटा युद्ध जितेको जस्तो अनुभूति भएको छ’

म एकसातासम्म कोरोना संक्रमित भएर आइसोलेसनमा रहनुपर्यो । असोज १७ देखि २३ गतेसम्मको मेरो अनुभवले कोरोना कडा अनुशासन पालना गरी लड्नुपर्ने महामारी हो र यससँग लापरबाही गर्नु  जीवनकै खेलवाड हो । 

 

व्यक्तिगत रूपमा बितेको झण्डै एक बर्षको अत्यधिक स्ट्रेसमा काम गर्नु परेकाले होला, मैले झण्डै आँखाको दृष्टि नै गुमाएँ, धन्न समयमै समस्या थाहा पाएर उपचार गराउन संभव भयो । महिना दिनसम्म नै भित्रपट्टि एउटा ग्लासमा टेप टाँसेर कालो चश्मा लगाउँदै हिड्न बाध्य हुनुपर्यो । खासमा सुगरले आँखाको नर्भमा हानेर डिप्लोपियाको समस्या भइसकेको रहेछ । कान पनि कम सुन्ने समस्या भोगें, त्यसको पनि उपचार गराएँ । छालाको एलर्जी र नङ्को फङ्गसजस्ता समस्याहरूको पनि उपचार गरेर निको भएँ । अहिले कोरोना संक्रमण पनि मलाई नै थपियो, यसविरुद्ध लडें  र छिट्टै जितें । 

 

लकडाउनकै अवधिमा मैले काकस्मिक रूपमा बैशाख २९ गते पित्तथैलीको पत्थरीको अपरेशन गराउनु पर्यो । त्यसले गर्दा आफै पनि संक्रमणबाट जोगिने अधिक प्रयत्नमा रहें । गत बर्ष पुस ७ गतेपछि सुगरको समस्या देखिएकाले  म डा. अंशुमाली जोशीको प्रत्यक्ष सम्बन्धमा नियमित औंषधि सेवन गरिरहेको पनि छु । अब एउटा स्वास्थ्य समस्या सुगर मात्रै बाँकी छ, यसलाई  पनि सामान्य स्थितिमा ल्याउने कोशिसमै छु । र, नियमित अ‍ैंषधि सेवन गर्न बाध्य छु । 

 

मेरो परिवारमा स्वास्थ्यकर्मीहरू रहेको हुँदा श्रीमती, भाइ र बुहारीले अत्यधिक ध्यान मलाई संक्रमणबाट जोगाउन नै लगाएको अवस्था छँदैथियो । अस्पतालमा ड्युटीमा जाँदा वा फर्कँदा उनीहरूको जोड चाहिनेभन्दा बढी सावधानी अपनाउन नै केन्द्रित हुँदै आएको छ। यसका पछाडि मेरो स्वास्थ्य समस्यासँगै मुख्यतः प्रधानमन्त्रीज्यूसँगको संवेदनशीलता र सम्बन्ध नै  कारण रहेको थियो । 

 

तर, यस क्रममा, खासगरी म आइसोलेसनमा रहेका बखत केही बिकृत मनोदशाका अपराधिक मान्छेहरू फेक आइडी प्रयोग गरेर परिचालित र सक्रिय भए । तिनीहरूको मसँग के रिस हो ? कहाँ असन्तुष्टि हो ? के चाहन्छन् ? र, म कहाँ बाधक बनें ? यो तिनैले जानून् । त्यस्ता कतिपय मान्छेको रूप धारण गरेका अपराधीहरूले सामाजिक सञ्जालको दुरूपयोग गर्दै विशेषगरी मैले पित्तथैलीको अपरेशन गराउँदा पहिले पनि मलाई कोरोना लाग्यो भनेर दुष्प्रचार गर्ने निकै बल गरेका थिए । 

 

अहिले त् झन् कोरोनाले ठीक मान्छे छानेको, अब स्वस्थ भएर नफर्कियोस्, श्रद्धाञ्जली (रिप) आदि  लेख्ने, एनिमेसन गरेर अपमानजनक प्रचार गर्ने, मानौं तिनको स्वर्गको मुख्य बाधक नै म हुँजस्तो गरी समाजमा गलत प्रचार र छवि निर्माण गर्न लाग्ने, मेरा स्पष्ट भनाइलाई बंग्याएर गलत अर्थ लगाई समाजमा भ्रम सिर्जना गर्ने, देशविदेशबाट टेलिफोन गरी निकृष्ट गालीगलोज गर्ने काममा नियोजित रूपमा लागेका परिचालित तत्वहरूको अपराधिक कृत्यलाई पनि मैले नजिकबाट देख्न पाएँ । तिनको अभिलेख राख्ने र कानुनी कारबाहीको प्रक्रिया अघि बढाउनै पर्ने आवश्यकता महसुस गरेको छु । पार्टीकै कोही नेता, गुट र पूर्ववर्ती बिरासतको समेत छहारीमा बसेर यस्तो हर्कत गरिएको मैले महसुस गरेको छु । र, के स्पष्ट गर्दछु भने झिंगाको सरापले मात्रै गाई  त मर्दैन ! कसैले मेरो मृत्युको कामना गरेर वा मनमनै अथवा सोसल मिडियामा मृत्युपूजा लगाएर त मैले असमयमै जीवन गुमाउनु पर्दैन । म बीचबीचमा उभिन, सबैको प्रिय बन्न र नाइस टु अल हुन आधा करिब शताब्दी लामो जीवनयात्रामा कहिल्यै लागिनँ  र बाँकी जीवनमा पनि कहिल्यै लाग्दिनँ । मेरो स्वभाव, शैली र निष्ठा नितान्त मेरो हो । यसमा कमी त्रुटि भए हटाउन त प्रयाश गर्छु, तर अरूको सजिलोका लागि म बदलिने कल्पना कसैले नगरे हुन्छ । यसदक्रममा अग्रजहरूको माया र आशिर्वादचाहिँ मलाई निरन्तर प्राप्त छ भन्ने ठानेको छु र देशभरिका शुभेच्छुकहरूले निरन्तर साथ, सहयोग र समर्थन गरिरहेको पनि मैले राम्रोसँग बुझेको छु ।

 

मेरो कसैसँग व्यक्तिगत दुश्मनी छैन । कसैसँग लेनदेनमा विवाद गर्ने मेरो बानी छैन । आफ्नो कुरा सिधा, प्रष्ट र सोझै भन्ने गर्छु । सामुन्नेमा पर्दा चिप्लो कुरा गर्ने, पछाडिबाट पिठ्युँमा छुरा रोप्नेहरूप्रति मलाई घृणा छ । म मिल्दा र झगडा गर्दा शतप्रतिशतमा गर्छु । त्यसक्रममा मेरो आफ्नो चिन्ता कहिल्यै गर्ने गरेको छैन । अझ आफ्नो निहीत स्वार्थका लागि कसैसँग विवाद र झगडा गर्ने गरेको छैन ।

 

मैले आफ्नो पृष्ठभूमि, वर्ग, क्षेत्र, समुदाय, समग्र पार्टी, साथीहरू, श्रमजीवी जनता र मातृभूमिप्रति इमान्दार भएर काम गर्छु । अहिले म प्रधानमन्त्रीको सचिवालयमा छु । यस जिम्मेवारीमा रहँदा प्रधानमन्त्रीज्यूको काममा सम्पूर्ण बरकतका साथ सहयोग गर्न नैअहोरात्र  लाग्नुपर्छ भन्ने कर्तव्य राम्रोसँग बुझेको छु। यो काममा म नयाँ छैन । त्यसैले, यसमा मेराविरूद्द कुनै ताकत, गिरोह र कोही अपराधिक मनोवृत्तिका  समूह परिचालित भएर केही तलमाथि गर्न संभव छैन । यश जिम्मेवारीमा रहँदा नबिराउनु र नडराउनु भन्ने मान्यता बोकेर कार्यसम्पादन गर्ने हो । यसो गर्दा अनाहकमा कसैका प्रहार, घेराबन्दी, गालीगलोज सहनुपर्छ भन्ने किमार्थ स्वीकार्य छैन । सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने प्रधानमन्त्रीज्यूको जीवनपद्धतिलाई मैले सकेसम्म पछ्याउने कोसिस मात्र  गरिरहेको छु । 

 

नियत बांगिएका, दोहोरो चरित्र भएका र अपराधिक तत्वहरूले गरिरहेको सत्तोसरापलाई सम्पूर्ण रूपमा झूठमा सावित गर्दै खारेज गर्न म काफी छु ।  विश्वव्यापी महामारीका रूपमा कोरोना आफूसम्म पनि आइपुगेको र त्यसको संक्रमणलाई मैले सात दिनमै पराजित गर्न सकेको छु । जबकि प्यूठान र देशभरिबाट साथीभाईले टेलिफोन गरेर यो महामारीबाट जोगिन त सक्नुहोला दाजु भन्ने प्रश्न गरिरहेका थिए। तिनको चिन्तालाई यति छिट्टै हटाउन सकेको छु, यसमा गौरवबोध भइरहेको छ । र, रिपोर्ट नेगेटिभ आएपछि एउटा युद्ध जितेकोजस्तो अनुभूति भएको छ । 

 

कोरोना संक्रमण विरूद्दको लडाईमा मेरो अनुभव सबैलाई जस्ताको तस्तै काम लाग्दैन । म लक्षणरहितको संक्रमित थिएँ । लक्षणसहितका संक्रमितले मैले जस्तो गर्न खोज्दा लापरबाही सावित भएर ज्यान नै जान पनि सक्छ । नेपालमा अहिले कोरोना विशेषज्ञहरू घरघरमै तयार भएका छन्। यसको परीक्षणको पूर्वाधार देशैभरि बनाउने काम भएको छ। स्वास्थ्यकर्मीहरू जीवन जोखिममा राखेर पनि महामारीविरूद्द फ्रन्टलाइनमा रहेर लडिरहेका छन् । हामीले हेलचक्र्याई नगरी सरकारको योजना र विशेषज्ञहरूको निर्देशनको पालना गरी स्वस्थ र सभ्य बन्ने, आफू जोगिने र अरूलाई पनि जोगाउने पवित्र भावनाका साथ  क्रियाशील हुनु आवश्यक छ । 

बस, यति गरे अहिलेलाई पुग्छ ।

 

मेरो स्वास्थ्याभको कामना गर्नुहुने सबैको सद्भावप्रति म हृदयदेखि नै विशेष कृतज्ञ र आभारी छु ।

 

(सूर्य थापा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार हुन् । कोरोना संक्रमण भएको एक साता नबित्दै उनी कोरोनामुक्त भएका हुन् । उनमा असोज १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।)


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ट्रकले ठक्कर दिँदा एक जना पैदल यात्रीको मृत्यु

  • 5 hours ago
ट्रकले ठक्कर दिँदा एक जना पैदल यात्रीको  मृत्यु

कैलाली । कैलालीमा ट्रकले ठक्कर दिँदा एक पैदल यात्रीको आज मृत्यु भएको छ । धनगढीमा निर्माणाधीन मोहना –अत्तरिया छ लेन सडक अन्र्तगत चटकपुरमा ना। ३ ख ५५८५ नम्बरको ट्रकको ठक्करबाट धनगढी उपमहानगरपालिका– ३ सङ

नग्न तस्वीर माग्नेसँग सचेत हुन आग्रह

  • 5 hours ago
नग्न तस्वीर माग्नेसँग सचेत हुन आग्रह

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोले विभिन्न बहाना बनाएर प्रविधिको दुरुपयोग गरी अश्लील गतिविधि भइरहेकाले सचेत हुन ध्यानाकर्षण गराएको छ ।

भैंसीले हानेर एक जना महिलाको मृत्यु

  • 5 hours ago
भैंसीले हानेर एक जना महिलाको मृत्यु

दाङ । दाङमा भैंसीले हानेर एक महिलाको मृत्यु भएको छ । गढवा गाउँपालिका वडा नम्बर ६ बालापुर निवासी ५५ वर्षीया राधा यादवको आज मृत्यु भएको हो ।



पर्यटन

शहीद स्मारकः बाह्य पर्यटकको पनि आकर्षण बन्दै

शहीद स्मारकः बाह्य पर्यटकको पनि आकर्षण बन्दै

हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुरस्थित शहीद स्मारक परिसरमा आदिवासी जनजातिको संग्रहालय स्थापना गरिने भएको छ । अहिले संग्रहालय भवनको निर्माण अन्तिम चरणमा पुगेको छ ।

जीवनशैली

वास्तुशास्त्र अनुसार बच्चाहरुको स्टडी रुम कस्तो हुनुपर्छ ?

वास्तुशास्त्र अनुसार बच्चाहरुको स्टडी रुम कस्तो हुनुपर्छ ?

एजेन्सी । वास्तु शास्त्रका अनुसार बालबालिकाको पढ्ने कोठाको संरचना बनाउनुपर्छ । यसले उनीहरुको पढाईमा ध्यान जाने र पछि करिअरका लागि पनि सहयोग हुने वास्तुशास्त्र विदहरु बताउँछन् ।