बिरामी, रोगी भएर औषधि खाँदै हिड्नु पर्ने नेताहरु बेमतलवको झगडामा अल्झेका छन्ः पूर्व प्रधानन्यायाधीश कार्की

काठमाडौँ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले पुराना नेताले काम गर्न नसक्ने भन्दै सबै पार्टीका ७० वर्ष काटेका नेताले विश्राम लिएर नयाँ पुस्तालाई नेतृत्व सुम्पन आग्रह गरेकी छिन् । प्रजातान्त्रिक विचार समाजले काठमाडौँमा गरेको कार्यक्रममा बोल्दै उनले उक्त धारणा राखेकी हुन् ।

 

नयाँ पुस्ताले मात्रै देश अघि बढ्ने भन्दै उनले भनिन्, ‘बिरामी, रोगी भएर औषधि खाँदै हिड्नु पर्ने नेताहरु बेमतलवको झगडामा अल्झेका छन् । तल्लो तहदेखि सँगै काम गरेकाबीचमा सत्ता र शक्तिले गर्दा काटामारको अवस्था सृजना गराएको छ ।’

 

त्यस्तै, पूर्व प्रधानन्यायाधीश कार्कीले व्यक्तिका अहं पूरा गर्न राष्ट्र र जनताको अर्बौँ रकम स्वाहा बनाउन नहुने धारणा पनि व्यक्त गरिन् । विनाअर्थको झगडामा अल्झिएर देशलाई नेताहरूले संकटतर्फ धकेलेको बताउँदै पूर्व प्रधानन्यायाधीश कार्कीले प्रश्न गर्नुभयो, ‘व्यक्तिका अहं पूरा गर्नका लागि राष्ट्र र जनताको अर्बौ रकम स्वाहा बनाउने ?’

 

सरकार बनाउने विकल्प संसदसँग रहँदासम्म संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नदिएको पनि पूर्वप्रधानन्यायाधीश कार्कीले जिकिर गरिन् ।


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

खोप सबै नेपालीमा पु¥याउने सरकारको प्रयास: मन्त्री त्रिपाठी

  • 1 minute ago
खोप सबै नेपालीमा पु¥याउने सरकारको प्रयास: मन्त्री त्रिपाठी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदेयश त्रिपाठीले कोभिड–१९ विरुद्धको खोप सबै जनताको पहुँचमा पु¥याउने प्रयास भइरहेको बताएका छन् ।

फर्निचर उद्योगमा आगलागी

  • 13 minutes ago
फर्निचर उद्योगमा आगलागी

धनगढी । धनगढी उपमहानगरपालिका–४ चटकपुरस्थित फर्निचर उद्योगमा भीषण आगलागी भएको छ ।

दाउद इब्राहिमबारे एउटा रोचक रहस्य !

  • 29 minutes ago
दाउद इब्राहिमबारे एउटा रोचक रहस्य !

एजेन्सी । संसारमा दाऊद इब्राहिमसँग डराउँछन् तर दाऊद मात्र एक व्यक्तिसँग डराउँछन् जसलाई रियल डन भनिन्छ ।



पर्यटन

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

काठमाडौं । कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ ।

जीवनशैली

तौल घटाउने सजिलो उपाय

तौल घटाउने सजिलो उपाय

एजेन्सी । यदी तपाई आफ्नो तौल घटाउन चाहानुहुन्छ भने यो तरिका अपनाउनुहोस् । तपाई तौल घटाउन धेरै मेहनत गर्नुहुन्छ । एक महिनामा ४ किलो तौल घटाउन तपाईले २ खाले एक्सरसाइज गर्नसक्नुुहुन्छ ।