कर्णालीमा सुत्केरी पोषण कोसेली कार्यक्रम लागू

वीरेन्द्रनगर । कर्णाली प्रदेशका स्वास्थ्य संस्थामा प्रसूति हुने महिलाले पोषणबापत रु दुई हजार पाउने भएका छन् । 

 

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले मङ्सिर महिनादेखि लागू गरेको ‘सुत्केरी पोषण कोसेली’ कार्यक्रमअन्तर्गत स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलालाई पोषणबापत रु दुई हजार रकम प्रदान गर्ने व्यवस्था गरेको छ । 

 

यो व्यवस्थासंगै कर्णाली प्रदेशका स्वास्थ्य संस्थामा प्रसूति हुन आउने महिलाले रु चार हजार ८०० पाउने भएका छन् । यसअघि स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाले यातायातबापत रु दुई हजार र चार पटक गर्भ जाँच गरेबापत रु ८०० पाउँदै आएको थियो । 

 

जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेका अनुसार पोषणबापत दिइने रु दुई हजार प्रदेश अस्पतालको हकमा भने विपन्न महिलालाई मात्र प्रदान गरिने छ । अन्य स्वास्थ्य संस्थामा भने सबै सुत्केरीलाई प्रदान गरिने छ । 

 

स्वास्थ्य संस्थामा प्रसूति हुन आउनका लागि प्रोत्साहन स्वरुप यो कार्यक्रम ल्याइएको सामाजिक विकासमन्त्री दल रावलले बताए । “कर्णालीमा रहेका विपन्न गरीब महिलालाई पोषणमा केही राहत होस् भन्नका लागि कार्यक्रम ल्याएका हौँ”, उनले भने, “पोषणभत्ताले गर्दा स्वास्थ्य संस्थामा प्रसूति हुन आउने महिलालाई प्रोत्साहन गर्नेछ र मातृ मृत्यु दरमा कमी गर्न सकिन्छ भन्ने कार्यक्रमको उद्देश्य हो ।” 

 

मन्त्रालयका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य प्रशासक वृषबहादुर शाहीले कोसेली कार्यक्रमका लागि चालु आर्थिक वर्षमा रु चार करोड बजेट छुट्याइएको जानकारी दिए । 

 

जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख वाग्लेले यस कार्यक्रमअन्तर्गत स्थानीय तहका स्वास्थ्य संयोजकमार्फत  रकम पठाउने र स्वास्थ्य संस्थालाई प्रदान गरिने बताए ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

के भन्छन् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ?

  • 6 minutes ago
के भन्छन् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ?

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशको आर्थिक बृद्धिका लागि सवै क्षेत्रमा परिवर्तन आवश्यक भएकोमा जोड दिएका छन् ।

वुल्भ्सले लिड्स युनाइटेडलाई हरायो

  • 9 minutes ago
वुल्भ्सले लिड्स युनाइटेडलाई हरायो

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत वुल्भ्सले लिड्स युनाइटेडलाई पराजित गरेको छ ।

नाइजेरियाली आन्दोलनमा कम्तीमा १५ व्यक्तिको मृत्यु

  • 20 minutes ago
नाइजेरियाली आन्दोलनमा कम्तीमा १५ व्यक्तिको मृत्यु

एजेन्सी । प्रहरीको निर्मम दमनको विरोधमा नाइजेरियामा अक्टोबरमा कम्तीमा १५ जनाको मृत्यु भएको एम्नेष्टी इन्टरनेशनलले एएफपीलाई बताएको छ ।



पर्यटन

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।