‘म जीवनको नविन यात्रामा’

Norvic Hospital

जीवनका बिभिन्न आरोह/अवरोह , उकाली/ओराली , सुख÷दुःख अनि हाँसो/रोदनका पलहरुलाई आत्मसाथ गर्दै आज जिन्दगीको अर्को एउटा मोडमा आईपुगेकी छु । जिन्दगीको यो मोडसम्म आईपुग्दा मैले जे जस्ता पीर, ब्यथा, दुःख अनि कष्टहरुको सामना गरेकी छु, त्यस भित्रको कहालीलाग्दो अनुभवहरुलाई शब्दमा बयान गर्न पनि असमर्थ छु । ‘अचानोको पीडा खुकुरीलाई  थाहा हुन्छ’ भनेझैं समयको दुश्चक्रले ममाथी प्रहार गरेको अनेकन प्रहार र त्यसबाट  मैले भोगेको पीडाहरु केवल मलाई मात्र थाहा छ । 

 

म देख्थें, मेरो अगाडि लम्पसार परेर सुतिरहेको जिन्दगीको लामो बाटो जसमा तिखा काँडा, ठुलाठुला पत्थर अनि आगोको ज्वालाहरु छरपष्ट भएर छरिएका छन् । मैले मेरो जीवनको बाटोमाथी छरपस्ट ति  काँडाहरुलाई पन्छाउनु पर्नेछ । पत्थरहरुलाई फुटाउनु पर्नेछ । अनी आगोको ज्वालाहरुलाई नाघ्नु पर्नेछ । के म यसो गर्न सकुँला र ? आँफैसँग प्रश्न गर्थें । आफ्नै प्रश्नमा आँफैले उत्तर दिन्थें, कि हुती हारेर मर्नु पर्छ कि त हिम्मतका साथ अघी बढ्नुपर्छ । अतः मैले मृत्‍युलाई रोजिनँ, जीवनलाइनै रोजें । अनी जिन्दगीका हरेक समस्याहरुसँग जुध्दै क्रमशः अगाडि बढ्दै गएँ ।

 

एक्लै जीवन काट्न सकिन्छ भन्ने कठोर निर्णय लिएर विगत ६ बर्षदेखी एक्लै हिँडीरहेकी थिएँ म । मेरो  यो एकल यात्राका बखतमा धेरै पटक लडेकी छु । अब उठ्नै सक्दिन कि भन्ने कमजोर भावले थिचेको त्यो बेलामा आफ्नो हात समातेर उठाइदिने कुनै साहराको आशा हुँदो रहेछ । महिनै पिच्छे, करिव हप्ता दिनको लागि बिरामीको अवस्थामा पुग्ने मेरो शरीरले एक गिलास पानीसँगै औषधीको ट्याब्लेट मुखमा हालिदिने एउटा सहयोगको चाहिदो रहेछ । मनभित्र गाँठो परेर बसेका अब्यक्त वहहरुलाई बोकेर हिंड्नु भनेको हजार टनको पत्थरलाई टाउकोमाथी बोकेर हिंड्नु भन्दा पनि कठिन रहेछ। तर, मैले मेरा वहहरु ब्यक्त गर्ने  को सँग ? मैले  साथीसंगतीहरुको भिडमा आँखा डुलाएर हेरें तर मेरो पीडालाई महशुष गर्न सक्ने कोही देखिनँ । आफन्तहरुको घेरामा खोजेँ तर माइतीमा शरण लिएर बसेको म एकल नारीले आफ्नो पीडा पोखेर माइतीलाई थप तनाव दिनु हुन्न भन्ने मनन गरें । 

 

अतः मेरो हरेक दुःखमा म एक्लै रोएँ, पीडाहरुमा आँफै सम्हालिएँ अनी अनेकन समस्याहरुसंग एक्लै जुधिरहें । मेरो एकल जीवनलाई नियालिरहेका मेरा धेरै हितैषीहरुले एउटा जीवन साथी खोज्नको लागि नसुझाएका पनि होइनन् । तर, एक पटक पुछिएको सिउँदोमाथी पुनः सिन्दुर भर्न आँट गर्ने कुनै निस्वार्थी हातहरु पाईन्छ र ? फुटेको चुरासँगै चक्नाचुर भएको मेरो विगतलाई जोडेर एउटा सुन्दर आकार दिने स्वच्छ मनको धनी कोही भेटिन्छ र ? अनी विगतमा मैले गुमाएको मेरो चोखो मायालाई पुनः फर्काएर मेरो जीवनमा खुशीको रङ्ग भरिदिने कुनै दयालु मन पाईएला र ? लौ, भनेको जस्तो निस्वार्थी, स्वच्छ र निष्कपटी ब्यक्ती पनि पाइयो रे, अनी के यो पुरुष प्रधान समाजले मेरो दोश्रो जीवनलाई स्विकार गर्ला र ?  म मेरा हितैषीहरुलाई प्रश्न गर्थें । 

 

आज, मैले मेरो एकल जीवनमा एउटा सहयात्री पाएकी छु । विगतको पीडालाई भुलाउने एउटा बहाना पाएकी छु । मेरो अतितलाई शहर्ष स्विकार गरी म सँगै सुख र दुःख बाँड्न तयार एउटा साथी पाएकी छु । म, जीवनको दुःखद अध्यायलाई बन्द गरेर खुशीको अध्याय सुरु गर्ने निर्णयमा पुगेको छु । त्यसो भन्दैमा मैले मेरो अतिलाई चटक्कै भुल्छु भनेको भने पक्कै होइन । अतितका मिठा पलहरुलाई मनको कुनामा पोको पारी भविष्यलाई सजाउने नविन यात्राको थालनी गर्ने यो निर्णय लिनु म एक्लैको लागि सहज र सम्भव छँदै थिएन । तर  मेरा परिवारका सदस्यहरुको निरन्तर प्रयास अनी  साथीसंगतीहरु, अग्रज र दिग्गज ब्यक्तित्वहरु लगायत मेरा शुभचिन्तकहरुले प्रदान गर्नु भएको हौशला, शाहस र प्रोत्साहनले आज म यो निर्णय लिनमा सफल भएकी छु । यती हुँदाहुँदै पनि मनमा एउटा प्रश्न भने अवस्य छ । के यो पुरुष प्रधान समाजले मेरो यो  निर्णयलाई स्विकार गर्ला र ?

 

मलाई थाहा छ, श्वेताको आँखामा आँशु मात्रै देखिनु पर्छ भन्ने सोच बोकेका दुईचारजना ब्यक्तिहरुलाई मेरो यो निर्णयले पोल्नेछ । श्रीमती स्वर्गिय भएको १ महिना नबित्दै नयाँ दुलही भित्र्याउन हतारिने तर घरकी बिधुवी बहिनीले पुरै जीवन एक्लै काट्नुपर्छ भन्ने सोचले ग्रस्त केही ब्यक्तिलाई मेरो यो निर्णयले चसक्क घोच्नेछ । तर, म प्रती साहनुभुती राख्ने, मलाई सदैव खुशी देख्न चाहने अनी सँधै मेरो सफलताको कामना गर्ने लाखौं शुभचिन्तकहरुको आशिर्वाद, सदभाव र सुवेक्षाले म प्रती रिस र इर्ष्याको  सोच राख्ने  दुईचार जनाले स्वतः हार खानेछन् ।

 

अतः कोरोनाको सन्त्रासकाबीच जुरेको खुशीको माहौलमा मैले मेरा धेरै मित्रहरु, गन्यमान्य ब्यक्तित्वहरु,  संचारकर्मीज्युहरु लगायत मेरा आफन्तहरु समेतलाई सामेल गराउन असमर्थ हुनेछु । महामारीको यो माहौलमा सिमित ब्यक्तिहरुलाई साक्षी राखी जीवनको नयाँ यात्रा सुरु गर्दै गर्दा तपाईंहरु सम्पूर्णले मलाई आशिर्वाद दिनुहुनेछ भन्ने आशा र विश्वाश लिएकी छु । 

 

उही तपाईंकी छोरी/चेली 

श्वेता खड्का


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

जहाजको टिकट नपाउँदा यात्रु अलपत्र, टिकटमा मनोमानी

  • 22 minutes ago
जहाजको टिकट नपाउँदा यात्रु अलपत्र, टिकटमा मनोमानी

मार्तडी । जिल्लाको पुर्वी उत्तरी भेगमा रहेको एक मात्र विमानस्थल कोल्टीमा जहाजको टिकक नपाउदा यात्रु एक सातादेखि अलपत्र परेका छन् ।

महाकालीमा डुङ्गा दुर्घटनाः एक जनाको मृत्यु, एक जना बेपत्ता

  • 27 minutes ago
महाकालीमा डुङ्गा दुर्घटनाः एक जनाको मृत्यु, एक जना बेपत्ता

महाकाली । महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एकजना बेपत्ता रहेका छन् । मृत्यु हुनेमा शिवनाथ गाउँपालिका–१ की १३ वर्षीया मीना साउद रहेकी छन् । यस्तै शिवनाथ–१ कै आठ वर्षीय सन्दीप

नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै

  • 47 minutes ago
नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ । आज दिउँसो चार बजे नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ । आज बस्ने बैठकमा मंसिरमा हुन गइरहेको महाधिवेशनबारे चर्चा हुने बताइएको छ ।



पर्यटन

फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता

फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता

डोल्पा । हिमाली जिल्ला डोल्पामा पर्ने फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता भएकी छन् ।

जीवनशैली

काँचो प्याज खाँदा हुन्छन् यस्ता फाइदाहरु

काँचो प्याज खाँदा हुन्छन् यस्ता फाइदाहरु

एजेन्सी । तरकारी, सलाददेखि हरेक कुरामा प्याज चाहिन्छ । प्याज काँचै खानुका केही फाइदा पनि छन् । काँचो प्याज सेवन गर्नाले धेरै समस्याबाट मुक्ति पाउन पनि सकिन्छ ।

विचित्र विश्व

'धनाड्य अमेरिकीहरूलाई थप कर लगाउने योजना रहेको छ'

'धनाड्य अमेरिकीहरूलाई थप कर लगाउने योजना रहेको छ'

एजेन्सी । अमेरिकी सिनेटका सदस्य तथा डेमोक्रेटिक पार्टीका एक वरिष्ठ नेताले राष्ट्रपति जो बाइडेनको समर्थन रहेको बृहत् खर्च योजनालाई आर्थिक सहयोग गर्न धनाड््य अमेरिकीहरूलाई कर लगाउने योजना बुधबार सार्वजनिक गरेका छन् ।