स्वीट्जरल्याण्डमा एक हप्तामा दुई मन्त्रीले किन दिए राजिनामा ?

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

जेनेभा । स्वीट्जरल्याण्डका उर्जा मन्त्री डोरिस लेथार्डले बिहीबार राजिनामाको घोषणा गरेका छन् । 

 

उनको राजिनामा यस बर्षको अन्त्यतिर मात्रै लागु हुने समाचारमा जनाइएको छ । उनीसँगै स्वीट्जरल्याण्डमा एक हप्तामा दुई मन्त्रीले राजिनामाको घोषणा गरेका छन् । 

 

लेउथर्ड विगत १२ बर्षदेखि सरकारमा रहेर सेवा गर्दै आएका थिए भने उनले दुई पटक अध्यक्ष मण्डलको नेतृत्व गरेका छन् । स्वीट्जरल्याण्डमा अध्यक्ष मण्डलको नेतृत्व हरेक एक एक बर्षमा फेरिने व्यवस्था रहेको छ । 

 

“नयाँ शक्तिहरुलाई ठाउँ बनाइदिने समय आएको छ,” ५५ बर्षिय क्रिश्चियन डेमोक्रयाट लेथार्डले संसदलाई पठाएको पत्रमा भनेका छन् । उनले हाल वातावरण, यातायात, उर्जा र सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् । 

 

उनी अहिले स्वीजरल्याण्डमा सवैभन्दा लामो समय सरकारमा रहने मन्त्री हुनुहुन्छ । उहाँले सन् २०१९ मा हुने आम निर्वाचनसँग यो राजिनामाको कुनै सम्बन्ध नभएको यसअघि नै बताएका थिए । 

 

स्वीट्जरल्याण्डका अर्थमन्त्री जोन स्चेइडर अम्मानले राजिनामा दिने योजना बनाएको बताएको केही दिनपछि उर्जा मन्त्रीको राजिनामाको घोषणा भएको हो । 

 

यसै हप्ता अम्मानले पनि यही बर्षको अन्त्यतिर आफुले सरकार छाड्ने योजना बनाएको जानकारी दिएका थिए । उनी सन् २०१० मा मन्त्री बन्नु भएको थियो । 

 

लिवरल पार्टीका नेता ६६ बर्षिय अम्मानले पनि आफ्नो राजिनामासँग सन् २०१९ मा हुने आम निर्वाचनको कुनै सम्बन्ध नरहेको दावी गरेका थिए । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कांग्रेस उपसभापति धनराज गुरुङ सवार स्कार्पियो गाडी दुर्घटना

  • 8 minutes ago
कांग्रेस उपसभापति धनराज गुरुङ सवार स्कार्पियो गाडी दुर्घटना

काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ सवार स्कार्पियो गाडी दुर्घटना भएको छ। गुरुङ सवार बा १९ च १८३९ नम्बरको स्कार्पियो गाडी आज बिहान रामेछापको गोगनेमा दुर्घटना भएको हो। सडक किनारबाट

स्याङ्जामा धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु

  • 1 hour ago
स्याङ्जामा  धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु

स्याङ्जा । स्याङ्जाको गल्याङ–१० डुबिन्डाँडामा आज बिहान धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु भएको छ ।

चितवनका ५० हजार परिवार बाढीको जोखिममा

  • 1 hour ago
चितवनका ५० हजार परिवार बाढीको जोखिममा

चितवन । चितवन जिल्लामा बाढी पहिरोबाट ५० हजार ५०० घरपरिवार जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।



पर्यटन

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

जीवनशैली

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।