अष्ट्रेलियाका समुन्द्री तटमा भिड बढ्यो, ड्रोन तथा क्यामेरामार्फत मानिसहरुको निगरानी गरिने

सिड्नी । गर्मी बढेसँगै अष्ट्रेलियाका समुन्द्री तटहरुमा भिडभाड बढ्न थालेको छ । कोरोना संक्रमणलाई नियन्त्रणमा लिएको अष्ट्रेलियाले समुन्द्री तटमा हुने भिडभाडबाट पुनः कोरोना फैलनसक्ने भन्दै नियन्त्रणको लागि बिभिन्न उपायहरु लगाउन थालेको छ ।

 

मेयर ड्यानि सेड तथा रैन्डविक काउन्सिल सहितका केही काउन्सीलहरुले समुन्द्री तट खुला गर्ने तर मानिसहरुको भिडभाड नियन्त्रणको लागि महानगरले विशेष योजना समेत लागू गर्नुपर्ने बताएका छन् । ड्रोन तथा बिभिन्न खालका क्यामेराहरुको परिचालन गरेर मानिसहरुले सामाजिक दूरी कायम गरेको वा नगरेकोबारे निगरानी गर्ने महानगरको योजना गरेको छ । त्यस्तै, कोभिड मार्सल तथा पर्याप्त लाईफगार्डको पनि परिचालन गरिने बताइएको छ । समुन्द्री तटहरुको निगरानी गर्नको लागि १२ लाख डलर बराबरको लागि लाग्ने बताइएको छ ।

 

समुन्द्री तटहरुमा माइक मार्फत निरन्तर सूचना तथा जानकारी दिने व्यवस्था मिलाइएको छ भने वेबसाइट तथा सामाजिक संजालहरुमार्फत समुन्द्री तटमा भिडभाडको अवस्थाका बारेमा जानकारी दिइने छ ।

 

महानगरले सामाजिक दूरी कायम गर्नमा जनताहरुले साथ दिनुपर्ने बताएका छन् । पछिल्लो रिपोर्ट अनुसार कोजी, क्लोभेलि, मरुब्ब्रा लगायतका समुन्द्री तटमा ४ बर्गमिटरको दुरी कायम गर्नुपर्नेछ ।

 

सुमन्द्रमा भिडभाडमात्रै नभई सम्भावित दुर्घटनाका बारेमा पनि अनुगमन हुनेछ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

प्रचण्ड–नेपालको सिटी जुलुस (फोटोमा)

  • 1 hour ago
प्रचण्ड–नेपालको सिटी जुलुस (फोटोमा)

काठमाडौँ । प्रतिनिधि सभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले आज सिठी जुलुस गरिरहेको छ । तेस्रो चरणको आन्दोलनको पहिलो दिन यो समूहले सिठी जुलुस गरेको हो ।

खाली पेटमा खान नहुने यी चिजबारे जानौं

  • 1 hour ago
खाली पेटमा खान नहुने यी चिजबारे जानौं

एजेन्सी । हामी अफिस जाने हतारोले खाली पेटमा जेसुकै खाएर पनि जाने गछौं । यो बानी हाम्रै लागि ठिक होइन । चिकित्सकहरुले केही चिज नखान भनेका छन् ।भर्खरै गरेको एक अध्ययनले अब यो कुरालाई प्रमाणित पनि गरिदिए

बेलायतले पनि नेपाललाई कोरोना भ्याक्सिन उपलब्ध गराउने

  • 1 hour ago
बेलायतले पनि नेपाललाई  कोरोना भ्याक्सिन उपलब्ध गराउने

काठमाडौं । नेपाललाई बेलायतले कोभ्याक्स कार्यक्रम अन्तर्गत कोराना विरुद्धको एस्ट्राजेनेका खोप उपलब्ध गराउने भएको छ ।



पर्यटन

४ जोडीले जिते ‘बञ्जी कपल च्यालेन्ज’

४ जोडीले जिते ‘बञ्जी कपल च्यालेन्ज’

पोखरा । पोखरा २४ हेम्जास्थित हाइग्राउण्ड एडभेन्चर्सले २ साताअघि सुरु गरेको ‘कपल बञ्जी च्यालेन्ज’ बाट ४ जोडी विजेता बनेका छन् । कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेको बञ्जीमा जोडीको आर्कषण बढाउन कम्पनीले यही माघ एकदेखि १३ गतेसम्म देशभरीबाट च्यालेन्जमा सहभागी हुन आह्वान गरेको थियो ।

जीवनशैली

खाली पेटमा खान नहुने यी चिजबारे जानौं

खाली पेटमा खान नहुने यी चिजबारे जानौं

एजेन्सी । हामी अफिस जाने हतारोले खाली पेटमा जेसुकै खाएर पनि जाने गछौं । यो बानी हाम्रै लागि ठिक होइन । चिकित्सकहरुले केही चिज नखान भनेका छन् ।भर्खरै गरेको एक अध्ययनले अब यो कुरालाई प्रमाणित पनि गरिदिएको छ । जानौं कुन चिज खाली पेटमा खानु हुँदैन, जसले स्वास्थ्यलाई हानी गर्छ ।