सिड्नी ट्रेनमा महिलामाथि यौन दुव्र्यवहार गर्ने नेपाली पुरुष जेल चलान

सिड्नी । अष्ट्रेलियाको सिड्नी ट्रेनमा एक महिला यात्रुमाथि यौन दुव्र्यवहार गर्ने नेपालीलाई जेल चलान गरिएको छ । गत अगष्ट २१ मा नेपाली पुरुषले ट्रेनमा सवार एक महिलाको स्तन समातेपछि पीडित महिलाले प्रहरीलाई खबर गरेकी थिइन् । गत जुन ६ मा पक्राउ परेका ३१ वर्षीय नेपाली पुरुषलाई जेल सजाए सुनाइए पनि उनले लामो समय भने जेल बस्नु नपर्ने भएको छ । 

उक्त पुरुषले राति १ बजेतिर च्याट्सउड स्टेशनमा युवतीमाथि यौन दुव्र्यवहार गरेका थिए । साथीको घरमा पार्टी गरेर फर्किएका नेपाली पुरुष मदिराको नशाले मात्तिएका थिए । ट्रेनमा चढ्नेबित्तिकै उनले महिलालाई अंकमाल गर्न खोजेका थिए । त्यसपछि उनले ‘हग’ गर्ने बहानामा उनको स्तन माड्न पुगेका थिए ।

हान्र्सबी अदालतले निर्णय सुनाउँदै नेपाली पुरुषले गरेको कार्य गम्भीर रहेको बताएको छ । रेलमा एक्लै यात्रा गर्दा महिलाले असुरक्षित महसुस गरेको समेत निर्णयमा उल्लेख छ । अदालतकाे निर्णयअनुसार नेपाली पुरुष २ वर्ष सुधारकेन्द्रमा बस्नुपर्नेछ भने उनले ३०० घण्टा सामाजिक सेवामा पनि समय दिनुपर्ने छ ।

अस्थाई भिसामा अष्ट्रेलिया आएका नेपाली पुरुष सरसफाइ तथा सेल्स एसिस्टेन्टको रुपमा काम गर्ने गरेका थिए ।

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कतिपयले ढिलो विवाह गर्नुको कारण यस्तो पनि !

  • 3 hours ago
कतिपयले ढिलो विवाह गर्नुको कारण यस्तो पनि !

एजेन्सी । अमेकिाको ओहियो स्टेट विश्वविद्यालयका अनुसन्धानकर्ताका अनुसार महिला जसको विवाह कम उमेरमा भएको छ तर विवाह टिकेको छैन वा डिभोर्स भएको छ भने उनीहरुको बच्चाहरु विवाह गर्न ढिला रुचाउने गर्छन् ।

आर्थिक प्रलोभनमा पार्न खोज्दा त्यसलाई इन्कार गर्ने १७ ट्राफिक प्रहरी...

  • 3 hours ago
आर्थिक प्रलोभनमा पार्न खोज्दा त्यसलाई इन्कार गर्ने १७ ट्राफिक प्रहरी...

काठमाडौँ । सवारी नियम उल्लङ्न गर्ने चालक र सहचालकले आर्थिक प्रलोभनमा पार्न खोज्दा त्यसलाई इन्कार गर्ने १७ ट्राफिक प्रहरीलाई आज सम्मान गरिएको छ ।

उपचारका क्रममा एक जना कोरोना सङ्क्रमितकोे मृत्यु

  • 3 hours ago
उपचारका क्रममा  एक जना कोरोना सङ्क्रमितकोे मृत्यु

कोहलपुर । कोहलपुरमा उपचारका क्रममा आज एक कोरोना सङ्क्रमितकोे निधन भएको छ । बर्दिया ठाकुरबाबा नगरपालिकाका ६४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

पर्यटन

सिद्ध मकरीकोट पदमार्गमा ८ हजार २८२ खुट्किला निर्माण हुँदै

सिद्ध मकरीकोट पदमार्गमा ८ हजार २८२ खुट्किला निर्माण हुँदै

दार्चुला । सङ्घीय सरकार, सुदूरपश्चिम प्रदेश सरकार र अपी हिमाल गाउँपालिकाको लगानीमा अपी हिमाल गाउँपालिका–४ देखि वडा नं ५ जोड्न निर्माण हुँदै गरेको सिद्ध मकरीकोट पदमार्ग । हालसम्म एक हजार ४७४ मिटरमा तीन हजार ७०० खुट्किला निर्माण भइसकेको छ भने पदमार्ग सम्पन्न हुँदा आठ हजार २८२ खुट्किला निर्माण हुनेछन् ।

जीवनशैली

राति निन्द्रा परेन, अब यी उपायहरु अपनाउनुहोस्

राति निन्द्रा परेन, अब यी उपायहरु अपनाउनुहोस्

एजेन्सी । दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ भन्ने शात्रमा उल्लेख छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन। तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ। शास्त्रले यस्ता कुराहरुलाई सिरानीमुनी राख्नु राम्रो हुने भनेर उल्लेख गरेको छ ।

विचित्र विश्व