सिरियामा एक करोड १७ लाखलाई मानवीय सहायता आवश्यकः प्रतिवेदन

Global IME
Mega Bank
Norvic Hospital

संयुक्त राष्ट्रसंघ । सिरियामा यस वर्ष अर्थात् सन् २०१९ मा कम्तीमा एक करोड १७ लाख सिरियाली नागरिकलाई मानवीय सहायता आवश्यक पर्ने संयुक्त राष्ट्रसंघका अधिकारीहरुले जानकारी दिएका छन् । 

 

गत मङ्गलबार सार्वजनिक गरिएको एक प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद समक्ष पेश गरिएको सो प्रतिवेदनमा यसरी मानवीय सहायताको खाँचो पर्नेमा ठूलो संख्यामा महिला र बालबालिका रहेका छन् । 

 

उत्तर पश्चिमी सिरियाका करिब २७ लाख पुरुष, महिला र बालबालिकालाई मानवीय सहायता अत्यावश्यक रहेको राष्ट्रसंघ मानवीय मामिला समन्वय ९ओचा०की निर्देशक रीना गिलानीले बताए । 

 

त्यस क्षेत्रका सिरियाली नागरिकलाई अन्य भू–भागको तुलनामा मानवीय सहायताको बढी खाँचो रहेको पाइएको सो प्रतिवेदनमा उल्लेख गरिएको छ । 

 

यस्तो सहायताको खाँचो रहेका करिब ४० प्रतिशत बालबालिका विद्यालय जान नपाएको प्रतिवेदनमा उल्लेख छ । करिब २० लाख नागरिकलाई शुद्ध पानीको आवश्यकता रहेको छ । यहाँका नागरिक न्यूनतम आवश्यकताका वस्तुबाट पनि वञ्चित रहेका र उनीहरुका कारण परिस्थिति झन भन्दा झन नाजुक बन्दै गएको छ । 

 

ओचाका निर्देशक गिलानीले अवस्था नाजुक रहेकाले सबैले ध्यान दिन आग्रह गरे । 

 

सिरियाको उत्तरपश्चिमी क्षेत्र र विशेषगरी इद्लिबका नागरिकको अवस्था अन्यत्रको भन्दा नाजुक रहेको निर्देशक गिलानीको भनाई छ । 

 

सो क्षेत्रका नागरिक अन्यत्र कतै जान पाउँदैनन् र उनीहरुलाई सैनिक घेराभित्र राखिएको छ तर पनि उनीहरुका लागि दैनिक जीविवकोपार्जनका लागि आवश्यक वस्तुहरु पाउन निकै कठिन छ । 

 

रुस र टर्कीसँगको सहमतिपछि टर्कीको सीमा क्षेत्रको केही क्षेत्रमा सैनिक नराख्ने भनी सहमति भएको थियो । त्यस क्षेत्रमा बस्ने नागरिकमा पनि आधारभूत खाद्य तथा अन्य वस्तुहरुको खाँचो रहेको पाइएको छ । 

 

त्यस क्षेत्रमा सैन्य गतिविधि त भएको छैन तर पनि त्यहाँका स्थानीय नागरिक त्यहाँबाट विस्थापित हुन भने रोकिएको छैन । हजारौँको संख्यामा त्यहाँका नागरिक विस्थापित भएर अन्यत्रै बस्न थालेका छन् । 

 

उनीहरु विस्थापित हुनुको कारण पछिल्लो समयमा सुरक्षा भन्दा पनि आधारभूत अवाश्यकता नपाएर पनि हुनसक्ने अनुमान अधिकारवादीहरुको छ । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

एमालेसँग गठबन्धन बनाएर सरकारमा जानेबारे छलफल भएको छैनः देव गुरुङ

  • 2 hours ago
एमालेसँग गठबन्धन बनाएर सरकारमा जानेबारे छलफल भएको छैनः देव गुरुङ

काठमाडौँ। नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले अहिले एमालेसँग गठबन्धन बनाएर सरकारमा जानेबारे कुनै छलफल नभएको स्पष्ट पारेका छन्। शनिबार र आइतबार बसेको केन्द्रीय पदाधिकारीहरूको अनौपचारिक बै

ग्वार्कोमा ‘फ्लाइओभर’को काम शुक्रवारदेखि सुरु हुने

  • 2 hours ago
ग्वार्कोमा ‘फ्लाइओभर’को काम शुक्रवारदेखि सुरु हुने

काठमाडौँ। ललितपुरको ग्वार्को चोकमा आउँदो शुक्रवारदेखि फ्लाइओभर (आकाशे पुल) निर्माणको काम सुरु हुने भएको छ। बढ्दो जामलाई मध्यनजर गरेर ग्वार्कोमा फ्लाइओभर निर्माण हुन लागेको हो।

पाकिस्तानको पाख्तुनख्वा प्रान्तमा आतङ्ककारी आक्रमणमा परी तीन प्रहरीको मृत्यु

  • 3 hours ago
पाकिस्तानको पाख्तुनख्वा प्रान्तमा आतङ्ककारी आक्रमणमा परी तीन प्रहरीको मृत्यु

इस्लामाबाद। पाकिस्तानको उत्तरपश्चिममा पर्ने खैबर पाख्तुनख्वा प्रान्तको नाउसेरा जिल्लामा भएको एक आतङ्ककारी आक्रमणमा परी तीन प्रहारीको मृत्यु भएको उद्धारकार्यमा संलग्न कार्यकर्ताहरुले बताएका छन्।



पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।