दक्षिणी सिरियामा द्वन्द्व जारीः ३ लाख मानिस विस्थापित
- बिहीबार, २१ आषाढ, २०७५
- 4 years ago
- अन्तर्राष्ट्रिय

दमासकस । दक्षिणी सिरियाली क्षेत्रमा जारी रहेको द्वन्द्वका क्रममा करिब ३ लाख मानिस विस्थापित भएको समाचार छ ।
यस क्षेत्रबाट विस्थापित हुनेहरूको सङ्ख्या बढ्दै गएको बताइएको छ । दुई हप्तायतादेखि सो क्षेत्रमा द्वन्द्व झन बढेको बताइएको छ ।
संयुक्त राष्ट्रसंघीय निकायले बिहीबार दिएको जानकारी अनुसार सिरियाको प्राय दक्षिणी क्षेत्र द्वन्द्वले आक्रान्त बनेको छ । जसका कारण सो क्षेत्रमा आतङ्ककारीहरुको पनि घुसपैठ भइरहेको छ ।
यसअघि विगत लामो मसयदेखि यहाँका विद्रोहीहरूको नियन्त्रणमा रहेको दक्षिणी सिरियाको डारा प्रान्तमा सरकारी सुरक्षाकर्मीहरूले केही हप्ताअघि कारबाही थालेका थिए ।
त्यहाँ आक्रमण गरेपछि द्वन्द्व फेरि बल्झिएको हो । सो क्षेत्रमा लामो समयदेखि विद्रोहीको धरपकड रहेको अधिकारीहरुले बताएका थिए ।
“दक्षिणी सिरियामा भएको द्वन्द्वका कारण विस्थापित हुनेहरूको सङ्ख्या झण्डै तीन लाख पुगेको अनुमान गरिएको छ,” सिरियास्थित राष्ट्रसंघीय निकाय युएनएचसीआरका प्रवक्ता मोहम्मद हवारीले भने ।
झण्डै दुई हप्तादेखि भइरहेको क्रुरतापूर्वक हवाई तथा स्थलगत कारबाहीबाट स्थानीय बासिन्दा निकै त्रसित भएका छन् ।
सिरियामा सन् २०११ देखि सुरु भएको हिंसामा परी ४ लाख भन्दा बढी मानिस मारिएका छन् । सो हिंसाका कारण यहाँ ठूलो सङ्ख्यामा नागरिक विस्थापित भएका छन् ।
सिरियामा सन् २०११ को मार्च महिनाबाट त्यहाँको तत्कालिन राष्ट्रपति बसर अल असद्को राजिनामाको मागगर्दैै जनआन्दोलन सुरु भएको थियो । सो आन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो ।
एक तथ्याङ्क भन्छ सिरियाका ६३ लाख नागरिक शरणार्थीका रुपमा बाँच्न बाध्य छन् । देशबाहिर विस्थापित हुन पुगेकाको सङ्ख्या पनि लाखौँ छ । यसरी देश छोड्न बाध्य ती नागरिक विभिन्न छिमेकी देशमा शरणार्थीको जिवन विताउन बाध्य भएका छन् ।
यो सङ्ख्या विश्वकै विस्थापित नागरिकको करिब एक तिहाइ हुन आउँछ । सिरियाली अधिकांश शरणार्थीले छिमेकी देश टर्की र जोर्डनमा शरण लिएर बासेका छन् ।
अरु लगभग त्यति नै सिरियाली देशभित्र विस्थापित भएका छन् । उनीहरुले खाने लाउने अथवा आधारभूत आवश्यकता पनि प्राप्त गर्न सकेका छैनन् ।
सिरियाको गृहयुद्धमा अल कायदा र इस्लामिक स्टेट (आइएस) समूहका आतङ्ककारीको घुसपैठ भएको छ । यसैकारण सिरियाको द्वन्द्वमा परी त्यतिधेरै मानिसको ज्यान गएको हो ।
सैन्य गतिविधि रोक्न आग्रह
यसैबीच प्राप्त अर्को एक समाचारअनुसार संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुथ्रेसले दक्षिणपश्चिम सिरियामा भइरहेका सैन्य गतिविधि रोक्न सम्बन्धित पक्षसँग आग्रह गरेका छन् ।
उनले बुधबार विज्ञप्तिमार्फत सिरियामा भइरहेका सैन्य गतिविधि ‘तत्काल रोक्न’ आग्रह गरेको समाचारमा जनाइएको छ ।
यस क्षेत्रमा पछिल्ला केही दिन यता सरकारी फौजद्वारा विद्रोही नियन्त्रित क्षेत्रमा सुरक्षा कारबाहीलाई कडा पारिएको छ जसका कारण यहाँका करिब १०० सर्वसाधारणले ज्यान गुमाएका छन् ।
यस घटनाबाट राष्ट्रसंघीय प्रमुख चिन्तित बनेको उनका प्रवक्ता स्टेफेन दुजारिकले बताएका छन् ।
महासचिव गुथ्रेसले सुरक्षा कारबाही जारी रहेको दक्षिणपश्चिमी क्षेत्रलाई जोर्डन, रूस र संयुक्तराज्य अमेरिकाबीच द्वन्द्वरहित क्षेत्र बनाउन सहमति भएको ध्यानाकर्षण गराएका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
जग्गाको वर्गीकरण छिटो होस्ः भूमि व्यवस्था मन्त्रालय
- 21 minutes ago

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्थानीय तहलाई जग्गाको वर्गीकरण यथाशक्य छिटो गर्न सुझाव दिएको छ । स्थानीय तहले जग्गाको वर्गीकरण नगरेका कारण जग्गा बेचबिखनलगायतका कारोबार र हक हस्तान्
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
- 39 minutes ago

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान भएको भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफ
टर्कीमा पुनः भूकम्पको धक्का महसुस
- 44 minutes ago

एजेन्सी । टर्कीमा (फेब्रुअरी ७) पुनः भूकम्पको धक्का महसुस गरिएको छ । टर्कीमा २४ घण्टामा चौथो पटक पराकम्पन गएको मिडिया रिपोर्टमा उल्लेख छ ।
पर्यटन
पर्यटकलाई लोभ्याउँदै बाघको मूर्ति

कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज । वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति । उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।
जीवनशैली
ध्यान गर्नुका फाइदाहरु

पछिल्लो समय ध्यानको लोकप्रियता बढ्दै गएको छ । धेरै मानिसहरूलाई यसबाट स्वास्थ्य लाभहरू प्राप्त हुनेबारे थाहा भएसँगै ध्यानको महत्व बढ्दै गएको छ । यसलाई तनाव कम गर्न र एकाग्रता विकास गर्ने तरिकाको रूपमा लिइन्छ ।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।