उत्तरपूर्वी सिरियामा जारी झडपको कारण एक लाख व्यक्ति विस्थापित

Global IME
Mega Bank
Norvic Hospital

एजेन्सी । उत्तरपूर्वी सिरियामा टर्कीले जारी राखेका हवाई र स्थलगत आक्रमणको कारण सो क्षेत्रका बसोवास गर्दै आएका करिब १ लाख व्यक्ति विस्थापित भएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिया गुटेर्रस्का प्रवक्ता स्टेफान डुजार्रिकले शुक्रबार बताएका छन् । 

 

सिरियाको उत्तरपूर्वी भागमा रहेका कुर्दिश लडाकू समूह र टर्की सुरक्षाबलबीच जारी यस झडपमा दुबैतर्फ हताहत भएको संयुक्त राष्ट्रसंघीय मानव अधिकारका लागि उच्चायुक्तको कार्यालय (ओएचसीएचआर) ले जनाएको छ । 

 

सीमानामा पर्ने  दुबै शहरहरुमा बम विस्फोटको समाचार भएको संयुक्त राष्ट्रसंघीय मानवीय मामिलाको समन्वय कार्यालय (ओचा) ले जनाएको छ ।

 

संयुक्त राष्ट्रसंघ आपतकालीन राहत समन्वयकर्ता जनरल मार्क लोकोकले  टर्की यात्रा गर्नु भएको छ । लोकोकको दुई दिनको आङ्कारा भ्रमण र टर्की र सिरिया सिमानाको भ्रमण टकीले सो क्षेत्रमा आक्रमणको घोषणा गर्नुअघि नै योजना बनाइएको थियो । 

 

उनको भ्रमण उत्तरपूर्वी सिरियामा टर्की सेनाले जारी राखेको सुरक्षा कारबाहीको साथसाथै भएको थियो । उनले  सीमाको दुबै क्षेत्रमा भएको नागरिकको हताहत समाचारप्रति चिन्ता व्यक्त गरेका छन् ।

  

लोकोकले सबै पक्षहरुलाई संयम ब्यबहार गर्न, नागरिक र नागरिक पूर्वाधारको संरक्षण गर्न र आफ्नो दायित्वअनुरूप कार्य गर्न गुटर्रेस्को अपील दोहोर्याएका छन्।

 

टर्कीले जारी राखेको यस अभियान क्रममा गत दुई दिनयता नागरिकको हताहत भएको समाचार प्राप्त हुन थालेको मानवअधिकार कार्यालयहरुले जनाएको छ ।

 

युद्धका पक्षहरु र सैन्य कारबाही अन्तर्राष्ट्रिय मानवीय कानुनको अनुरूप हुनु पर्छ र विशेषगरी भेदभाव, समानुपातिकता र सावधानीका सिद्धान्तहरूमा आधारित हुनु पर्ने उक्त कार्यालयले जनाएको छ ।

 

 जारी यस द्वन्द्वको कारण विस्थापित भएका नागरिकहरुलाई  उनीहरूको घर फर्कन वा अन्यत्र फर्कन नसक्दासम्म उनीहरूलाई सहयोग र सुरक्षा प्रदान गर्र्नु सो कार्यालय जानकारी दिएको छ । 

टर्कीको आक्रमणबाट विस्थापित भएका बालबालिकाहरू सिरियाको पश्चिमी प्रान्त हस्साकेतर्फ लागेका छन् । टर्कीले सीमापारी सिरियामा कुर्दहरूको नियन्त्रण रहेको क्षेत्रमा आक्रमण थालेपछि झन्डै एक लाख मानिसहरू घर छोडेर भाग्न बाध्य भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

 

प्राय व्यक्तिहरु हस्साके र तल तामेर नगरका विद्यालय तथा अन्य भवनहरूमा आश्रय लिएको राष्ट्रसंघले बताएको छ । अमेरिकाले गत बुधवार सो क्षेत्रबाट आफ्नो सेना फिर्ता गरेपछि टर्कीले सैन्य कारबाही शुरु गरेको थियो । 

 

टर्कीको सैन्य कारबाही रोक्न अमेरिकाले दबाव दिएको छ । आक्रमण नरोकेमा टर्कीले “गम्भीर परिणाम“ भोग्नुपर्ने चेतावनी अमेरिकी रक्षामन्त्रीले दिएका छन् भने अर्थमन्त्रीले नयाँ प्रतिबन्धहरूको चेतावनी दिएका छन् ।

 

टर्कीले सैन्य कारबाही थालेपछि कम्तीमा ११ जना गैरसैनिक नागरिकको मृत्यु भएको मानव अधिकारवादी संस्थाहरुले बताएको छ । 

 

मानवीय सहायता प्रदान गर्ने संस्थाहरुकाअनुसार सो द्वन्द्वमा प्रभावित व्यक्तिहरूको सङ्ख्या अझै बढ्ने बताएको छ ।कुर्द नेतृत्वको सिरियन डेमोक्र्याटिक फोर्सेस (एसडीएफ) र टर्कीलाई समर्थन गर्ने समूहका दर्जनौँ लडाकुहरूको मृत्यु भएको छ । यद्यपी टर्कीको सेनाले आफ्ना एक सैनिकको पनि मृत्यु भएको पुष्टि गरेको छ ।

 

विश्लेषकहरूका अनुसार अमेरिकी सेना फिर्ता गरेपछि टर्कीले सीमानामा आक्रमण शुरु गरेको बताइएको छ । सन् २०११ मा सिरियामा गृहयुद्ध सुरु भएपछि त्यो क्षेत्रको अधिकांश भाग सिरियाली सरकारको नियन्त्रणमा छैन । सन् २०१५ देखि त्यहाँ एसडीएफको नियन्त्रण थियो ।

 

इस्लामिक स्टेट्स् समूहविरुद्ध अमेरिकाले गरेको सङ्घर्षमा एसडीएफले सघाएको थियो । तर टर्कीले एसडीएफलाई टर्कीविरुद्ध विद्रोहको समर्थन गर्ने आतङ्कबादी मान्दै आएको छ । 

 

आफूले गरेको आक्रमण कुर्द लडाकुहरूलाई धपाएर “सुरक्षित क्षेत्र“ निर्माण गर्ने प्रयास भएको भन्दै टर्कीले सैन्य कारबाहीको प्रतिरक्षा गरेको छ ।

 

“जसले जे भने पनि हामी रोकिँदैनौँ,“ टर्कीका राष्ट्रपतिले शुक्रवार भन्नु भएको छ ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सन्दीपमाथिको निलम्बन फुकुवा गलत – गगन थापा

  • 4 hours ago
सन्दीपमाथिको निलम्बन फुकुवा गलत – गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बलात्कार आरोप लागेका सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गर्ने नेपाल क्रिकेट संघ(क्यान)को निर्णयलाई गलत बताएका छन् ।

मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, माओवादी सरकार बाहिरै

  • 4 hours ago
मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, माओवादी सरकार बाहिरै

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले थप ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् । महेशप्रसाद यादव शिक्षा, विज्ञान तथा बाणिज्य, सुनिताकुमारी

स्वास्थ्यमन्त्री गिरीसँग बेलायतका राजदूतको शिष्टाचार भेट

  • 5 hours ago
स्वास्थ्यमन्त्री गिरीसँग बेलायतका राजदूतको शिष्टाचार भेट

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीसँग बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गरेका छन् । उनीहरूबीच आज मन्त्रालयमा भएको भेटमा मन्त्री गिरीले कोभिडको समयमा बेलायतले नेपाललाई गरे



पर्यटन

गणेश हिमाल

गणेश हिमाल

नुवाकोट । नुवाकोटको किस्पाङबाट देखिएको रसुवामा अवस्थित गणेश हिमाल । यो वर्षको हिउँदयाममा हिउँ नपर्दा हिउँले भरिभराउ हुने हिमाल पग्लदै गएर अहिले पहाड देखिन थालेको छ । तस्बिरः रामहरि न्यौपाने, रासस

जीवनशैली

चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।

विचित्र विश्व

एफबीआइ्दवारा बाइडेनको घरमा फेरि खोजतलासी, राष्ट्रपतिको घरमा किन बारम्बार छापा मारिएको छ ?

एफबीआइ्दवारा बाइडेनको घरमा फेरि खोजतलासी, राष्ट्रपतिको घरमा किन बारम्बार छापा मारिएको छ ?

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनको घरमा फेडरल ब्युरो अफ इन्भेस्टिगेशन (एफबीआई) ले बुधबार छापा मारेको छ । राष्ट्रपतिका व्यक्तिगत वकिलका अनुसार एफबीआईले गोप्य कागजातहरूको अनुसन्धानको एक भागको रूपमा बुधवार जो बाइडेनको रेहोबोथ बिच डेलावेयरको घरमा खोजतलासी गरेको हो ।