दुई महिनादेखि किन लाग्दैछ कृषि विश्वविद्यालयमा ताला ?

  • शुक्रबार, २ असोज, २०७७
  • 1 month ago
  • नेपाल
प्रतिकात्मक तस्बिर

चितवन । अधिकांश समय निमित्त पदाधिकारीको भरमा रहेको यहाँको कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी भएको दुई महिना पुग्नै लाग्दासम्म खुल्न सकेको छैन । पदाधिकारीको अभावमा विश्वविद्यालय अस्तव्यस्त बन्दै गएको छ ।

 

विश्वविद्यालयको नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनको नेतृत्वमा अस्थायी र करार कर्मचारीहरु सहितले विश्वविद्यालयमा साउन १२ गते तालाबन्दी गरेका हुन् । उनीहरुले केन्द्रीय कार्यालयसँगै कृषि र भेटेरिनरी सङ्कायमा पनि तालाबन्दी गरेका छन् । सङ्गठनका अध्यक्ष अचल शाक्यले त्यहाँ कार्यरत २४ करार कर्मचारीलाई स्थायी र ८५ ज्यालादारी कर्मचारीलाई करारसहितका विभिन्न माग राख्दै तालाबन्दी गरिएको बताए ।

 

हाल उपकुलपतिको जिम्मेवारी पाएका डा शारदा थपलियाले आफ्नो अधिकारबाहिर गएर अन्य सबै काम गरेको भए पनि आफ्ना मागहरु सम्बोधन गर्ने विषयमा अनुदार भएकै कारण तालाबन्दी गर्नुपरेको शाक्यको भनाइ छ । 

 

यता थपलियाले अहिले तत्काल सङ्गठनको माग सम्बोधन गर्न नसकिने जानकारी दिए । उनले भने, “नेपाल सरकारको नीति नियमले उहाँहरुले भने जस्तो गरी माग सम्बोधन गर्न सकिँदैन, यस विषयमा वार्ताका लागि अनुसन्धान निर्देशक डा नवराज देवकोटाको संयोजकत्वमा समिति बनाइएको छ तर उहाँहरू वार्ता गर्न आउनुुभएको छैन ।” सो विश्वविद्यालयमा एक वर्षअघि दैनिक काम काज गर्ने गरी जिम्मेवारी पाएका थपलियाले नै उपकुलपतिको काम गर्दै आएका छन् ।

 

विश्वविद्यालयको सेवा आयोगको अध्यक्ष र रजिष्ट्रार पद रिक्त छ । कृषि र भेटेरिनरी सङ्कायमा निमित्तको रुपमा उपकुलपतिको जिम्मेवारी पाएका थपलियाले निमित्त डीनहरु नियुक्त गरेका छन् । अधिकांश पदाधिकारी निमित्त भएकाले विश्वविद्यालय पछिल्लो समय अस्तव्यस्त बनेको हो । रजिष्ट्रार नहुँदा विश्वविद्यालयसभा अझै हुन सकेको छैन ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला

  • 2 minutes ago
शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला

कञ्चनपुर । शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जङ्गल सफारी र जङ्गल वाक खुला गरिएको छ ।

आदित्यलाई बाबुको चेतावनीः पछि वैवाहिक जीवनमा समस्या आयो भने हामीलाई दोष नदिनु

  • 4 minutes ago
आदित्यलाई बाबुको चेतावनीः पछि वैवाहिक जीवनमा समस्या आयो भने हामीलाई दोष नदिनु

एजेन्सी । सिंगर आदित्य नारायण झा विवाहबारे पिता उदित नारायणले प्रतिक्रिया दिएका छन् । आदित्यका पिता उदित नारायण झाले भने छोराको विवाहबारे आश्चर्यचकित पार्ने बयान दिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

भुटानमा कोरोना संक्रमण, कति पुग्यो संक्रमितको संख्या ?

  • 8 minutes ago
भुटानमा कोरोना संक्रमण, कति पुग्यो संक्रमितको संख्या ?

एजेन्सी । भुटानमा कोरोना संक्रमितको संख्या ३२७ पुगेको छ । थप २ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कोरोना संक्रमितको संख्या ३२७ पुगेको हो । कुल कोरोना संक्रमितमध्ये ३०१ जना निको भएर घर फर्किएका छन् ।



पर्यटन

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।