तालिबान शान्ति वार्ताको लागि गम्भीर भएनन्– अब्दुल्लाह
- बिहीबार, ६ मंसिर, २०७५
- 3 years ago
- अन्तर्राष्ट्रिय

पेरिस । अफगानिस्तानका प्रधानमन्त्री जसलाई प्रमुख कार्यकारी भनिन्छ । अब्दुल्लाह अब्दुल्लाहले अफगानिस्तानमा हिंसा जारी राखेका तालिबानहरु शान्तिका लागि गम्भीर नरहेको बताएका छन् ।
अफगान सरकार प्रमुख अब्दुल्लाह अब्दुल्लाहले गएको करिब १७ वर्षदेखि युद्धरत तालिबान लडाकू समूह कुनै पनि शान्ति सम्झौताका लागि सहमत नरहेको र यसका लागि कुनै सङ्केत नदेखाएको बताएका छन् ।
अमेरिकाले केही महिनायता अफगानिस्तानका तालिबानहरुलाई शान्ति वार्तामा ल्याउन निकै प्रयत्न गरिरहेको समाचार आइरहेका बेला अफगानिस्तानका सरकार प्रमुखको यो भनाइ आएको छ ।
तालिबानहरुलाई शान्ति वार्तामा ल्याउन अमेरिका मात्र नभएर अफगानिस्तानको सरकारले पनि प्रयत्न गरेको तर उनीहरु भने गम्भीर नभएको प्रधानमन्त्री अब्दुल्लाहले एएफपी समाचार समितिलाई बताएका हुन् ।
अब्दुल्लाहले यसै महिनाको शुरुमा तालिबानहरुसँग शान्ति वार्ता हुन सक्ने आशय व्यक्त गरेका थिए । उनले वार्ताका लागि तालिबानहरु तयार हुन सक्ने बताएका थिए ।
त्यस्तै अफगास्तिानका लागि अमेरिकी विशेष दूतले पनि अफगानिस्तानमा हुन लागेको राष्ट्रपतीय निर्वाचनको अघि तालिबानसँगको वार्तामा प्रगति हुने जानकारी दिएका थिए ।
अफगानिस्तानमा आगामी अप्रिल महिनामा राष्ट्रपतिको निर्वाचन हुन लागेको छ । सो निर्वाचनको अघि नै शान्ति वार्ताका लागि राष्ट्रपति अस्रफ घानीले पनि प्रयास शुरु गरेका थिए । तर यता प्रधानमन्त्री घानीको यो आशयबाट यहाँका तालिबानहरु शान्ति वार्ताका लागि तयार नभएको देखिएको छ ।
फ्रान्सको राजधानी पेरिसमा बुधबार एएफपीलाई दिनुभएको अन्तर्वार्तामा उहाँले पछिल्ला समयमा तालिबानलाई शान्ति वार्तामा ल्याउन अफगानिस्तान सरकार, अमेरिका र अरु पनि विदेशी समुदायले प्रयास गरेको खुलासा गरे ।
सो अन्तरवार्तामा उनले भनेका छन्– हामीले यो कुरा हतार गरेर भनेका छैनौँ तर पनि उनीहरुलाई अध्ययन गर्दा तालिबानहरुले कुनै पनि किसिमको शान्ति वार्तामा बस्ने इच्छा व्यक्त गरेको देखिएको छैन ।
अफगानिस्तानको राजधानी काबुलमा दुई दिनमात्र अघि भएको आत्मघाती हमलामा परी कम्तीमा ५५ जनाको ज्यान गएको थियो । त्यसको एक दिनपछि प्रधानमन्त्रीका तर्फबाट यो अभिव्यक्ति आएको छ ।
इस्लाम धर्मगुरु प्र्रोफेट मोहम्मदको जन्म दिन मनाइरहेका बेला काबुलको एक पार्टी प्यालेसमा तालिबानहरुले हमला गरी यति धेरै नागरिकको ज्यान लिएका हुन् । त्यस नरसंहारको तालिबानले नै जिम्मेजवारी लिएका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
स्याङ्जामा धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु
- 19 minutes ago

स्याङ्जा । स्याङ्जाको गल्याङ–१० डुबिन्डाँडामा आज बिहान धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु भएको छ ।
चितवनका ५० हजार परिवार बाढीको जोखिममा
- 27 minutes ago

चितवन । चितवन जिल्लामा बाढी पहिरोबाट ५० हजार ५०० घरपरिवार जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।
बङ्गलादेशमा ५—१२ बर्षका बालबालिकालाई खोप लगाइने
- 44 minutes ago

एजेन्सी । बङ्गलादेशमा ५ देखि १२ बर्षसम्मका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ ।
पर्यटन
'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
जीवनशैली
दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।
विचित्र विश्व
इटालीको दोस्रो धनी व्यक्तिको मृत्यु

एजेन्सी । इटालीका दोस्रो धनी व्यापारी तथा सबैभन्दा ठूलो अप्टिकल साम्राज्यका निर्माता लियोनार्डो डेल भिचियोको ८७ वर्षको उमेरमा निधन भएको छ ।