Techie IT
२०८१ वैशाख ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेलनेदरल्यान्ड्सविरूद्ध ब्याटिङ गर्दै नेपाल

नेदरल्यान्ड्सविरूद्ध ब्याटिङ गर्दै नेपाल


काठमाडौँ । नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको टी–२० सिरिजको उपाधिका लागि आज घरेलु टिम नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले टस जितेर ब्याटिङ गर्ने भएको छ । टिममा नेपालले कुनै परिवर्तन गरेको छैन। सन्दीप जोरा, ललित राजवंशी, अनिल साह र विवेक यादव आज पनि बेञ्चमा छन् ।

फाइनलमा भिड्दा नेपालले आइसिसी टी– २० विश्वकपअघि नेदरल्यान्ड्सलाई जाँच्ने अवसर पाउँदैछ। आगामी जेठमा हुने आइसिसी टी– २० विश्वकपमा नेपाल र नेदरल्यान्ड्स एकै समूहमा छन् ।

नेपालमा भएको टी– २० सिरिजको लिग चरणमा सबै टिमको चार–चार खेलपछि अंक तालिकामा नेदरल्यान्ड्सले चार खेलबाट पाँच अंक जोड्दै फाइनलमा स्थान बनायो । चार अंक जोडेको नेपाल समूहमा दोस्रो हुँदै फाइनलमा पुग्यो ।

नामिबियाले भने तीन अंक मात्र जोड्न सफल भयो । नामिबिया र नेदरल्यान्ड्सबीचको अन्तिम खेल वर्षाले रद्द भएको थियो । लिग चरणमा नेपालले नेदरल्यान्ड्स र नामिबियासँगको सुरूवाती दुई खेल गुमाउँदा पछिल्ला दुई खेलमा जित निकालेको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एसीसी प्रिमियर कपमा नेपाल र युएई भिड्दै

काठमाडौँ । ओमानमा जारी एसिसि प्रिमियर कपअन्तर्गत आज सेमिफाइनल हुँदैछ । जसअन्तर्गत नेपाल र युएईबीच प्रतिष्पर्धा हुँदैछ । दुई देश

एन्फा उपाध्यक्ष दावा लामा छुटे

काठमाडौँ । लागू औषध मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन्

अपराजित रहँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौँ । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । साउदी अरेवियालाई ६ विकेटले हराउँदै नेपालले सेमिफाइनलमा स्थान बनाएको

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामा बुधवार पक्राउ परेका हुन्

एसीसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबिया भिड्दै

काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कपअन्तर्गत समूहचरणको अन्तिम खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिष्पर्धा गर्दैछ । खेल पौने १२

नेपाल एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा

काठमाडौं । हङकङलाई हराउँदै नेपाल ओमानमा चलिरहेकाे एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा पुगेकाे छ । हङकङले दिएकाे १ सय १५

Techie IT