अमेरिकी विदेशमन्त्रीसँग अफगान सरकार र तालिबान वार्ताका संयोजकहरुको भेट

एजेन्सी । अफगानिस्तान सरकार र तालिबान सशस्त्र समूहका विद्रोहीहरुका शान्ति वार्ताका मध्यस्थकर्ताहरुसँग अमेरिकी विदेशमन्त्रीले भेट गरेका छन् ।

 

हाल कतारको दोहामा रहेका अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले शनिबार दोहामा भेट गरेको बताइएको छ ।

 

ती दुवै जनासँगको सो भेटघाटका क्रममा अमेरिकी विदेशमन्त्री पोम्पेओले अफगानिस्तानमा पछिल्ला समयमा हिंसा बढेकोप्रति चिन्ता व्यक्त गरेका थिए । त्यस भेटका क्रममा विदेशमन्त्री पोम्पेओले अफगानिस्तानमा यस्तो प्रकारको हिंसालाई घटाउन, शान्ति वार्ताको समयमा गरेको प्रतिबद्धता बमोजिम युद्धविरामको अवस्था पालना गर्न पनि भनेका थिए ।

 

साथै पछिल्लो समयमा अफगानिस्तानको सरकार र तालिबानका तर्फबाट शुरु भएको भनिएको सो वार्ता पनि रोकिएकोले त्यस वार्ताको क्रमलाई अघि बढाउन पनि उहाँले दुवै तर्फका वार्ता टोलीका संयोजक तथा मध्यस्थकर्ताहरुलाई आग्रह गरेका थिए।

 

शनिबार मात्र पनि अफगानिस्तानको राजधानी काबुलमा रकेट आक्रमण गरिएको थियो । सो रकेट आक्रमणमा परेर कैयौँ मानिस मारिएको थिए । उक्त २३ वटा रकेट आक्रमण गरेर हिंसात्मक हमला भएको दिन नै अमेरिकी विदेश मन्त्री पोम्पेओ दोहा पुगेका छन् ।

 

करिब दुई महिना अघि देखि दोहामा अफगानिस्तानको सरकार र तालिबानको शान्ति वार्ता शुरु भएको भनिएको थियो तर अहिले आएर निकै दिनदेखि सो वार्ता रोकिएको थियो । त्यसैले  अमेरिकी विदेशमन्त्री पोम्पेओले दुई पक्षबीचमा शुरु भएको सो वार्तालाई निरन्तरता दिन भनेका हुन् । यसअघि उक्त वार्ता शुरु गर्नका लागि पनि अमेरिकाले सहयोग गरेको थियो ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मन्दिरमा विवाह गर्न लागेका आदित्यको विवाहमा कति जना आफन्तजनको हुनेछ उपस्थिति ?

  • 1 minute ago
मन्दिरमा विवाह गर्न लागेका आदित्यको विवाहमा कति जना आफन्तजनको हुनेछ उपस्थिति ?

एजेन्सी । आदित्य नारायण झा डिसेम्बर १ मा अभिनेत्री श्वेता अग्रवालसँग विवाह गर्दैछन् । उनीहरुको भेट फिल्म सापितको सेटमा भएको थियो । दुवै यो डेब्यु फिल्म पनि रहेको थियो । १० वर्ष लामो अफेयर्सपछि उनीहरुल

बेथानचोक डाँडाबाट देखिने रमणिय दृश्य

  • 4 minutes ago
बेथानचोक डाँडाबाट देखिने रमणिय दृश्य

बनेपाल । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका वडा नं ३ मा रहेको बेथाचोक नारायणस्थान डाँडाबाट देखिएको रमणिय दृश्य । जिल्लाको नै सबैभन्दा अग्लो स्थानमा रहेको सो ठाउँ समुन्द्री सहतदेखि तीन हजार १८ मिटरको

विराटनगरको एक गेस्ट हाउसबाट ४ पुरुष र २ महिला पक्राउ

  • 10 minutes ago
विराटनगरको एक गेस्ट हाउसबाट ४ पुरुष र २ महिला पक्राउ

विराटनगर । विराटनगरस्थित एक गेस्ट हाउसबाट ४ पुरुष र २ महिला पक्राउ परेका छन् । अनैतिक क्रियाकलापमा संलग्न भएको भन्दै प्रहरीले विराटनगर महानगरपालिका–९ मा सञ्चालनमा रहेको सुमित गेस्ट हाउसबाट ६ जनालाई पक



पर्यटन

बेथानचोक डाँडाबाट देखिने रमणिय दृश्य

बेथानचोक डाँडाबाट देखिने रमणिय दृश्य

बनेपाल । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका वडा नं ३ मा रहेको बेथाचोक नारायणस्थान डाँडाबाट देखिएको रमणिय दृश्य । जिल्लाको नै सबैभन्दा अग्लो स्थानमा रहेको सो ठाउँ समुन्द्री सहतदेखि तीन हजार १८ मिटरको उचाइमा रहेको छ ।

जीवनशैली

मेवाको पातमा हुन्छ क्यान्सरसँग लड्न सक्ने गुण

मेवाको पातमा हुन्छ क्यान्सरसँग लड्न सक्ने गुण

एजेन्सी । मेवा खानुले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा हुन्छ । तर, मेवाको पातको जूस विरलै कसैले पिएको सुनिन्छ । मेवाको पातको जूस यदी तपाईले पिउनु भएको छ भने राम्रो हो र यदी पिउनु भएको छैन् भने अब पिउन थाल्नुस् ।