तालिबाद्वारा इद पर्वका अवसरमा युद्धबिराम घोषणा

  • सोमबार, २७ बैशाख, २०७८
  • 1 month ago
  • नेपाल

एजेन्सी । अफगानिस्तानको प्रमुख विद्रोही पक्ष तालिबान समूहले इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद अल–फित्रका अवसरमा तीन दिने युद्धबिराम घोषणा गरेको छ ।

 

तालिबान समूहका प्रवक्ता जबिहुल्लाह मुजाहिदले ट्वीट गर्दै इद पर्वका अवसरलाई खुशीयालीपूर्वक शान्तिपूर्ण र सुरक्षित वातावरणमा मनाउन अफगान सरकारसँग तीन दिने युद्धबिराम गरिएको बताए ।

 

उनले इदको पहिलोदेखि तीन दिनका अवधिमा आफ्ना सबै तालिबान लडाकूहरुलाई कुनै पनि आक्रामक कारबाहीहरु स्थगित गर्न निर्देशन पनि दिएका छन्। 

 

यस वर्षको इद आगामी बिहीबार पर्ने सम्भावना छ । 

 

तालिबान प्रवक्ताले युद्धबिरामको अवधिमा अफगान सेनाको नियन्त्रणमा रहेका क्षेत्रमा प्रवेश नगर्न पनि आफ्ना लडाकूहरुलाई अनुरोध गरेका छन् । 

 

तालिबान समूहको अग्रसरतामा देशका विभिन्न भागमा हिंसात्मक भिडन्त जारी रहेकै अवस्थामा तालिबान समूहले युद्धबिरामको घोषणा गरेको छ । 


Reliable Life Insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

विश्व बैंकले महामारी प्रतिकार्य र पुनरुत्थानका लागि नेपाललाई १७ अर्ब ५५ करोड उपलब्ध गराउने

  • 3 minutes ago
विश्व बैंकले महामारी प्रतिकार्य र पुनरुत्थानका लागि नेपाललाई १७ अर्ब ५५ करोड उपलब्ध गराउने

काठमाडौं । विश्व बैंकले महामारी प्रतिकार्य र पुनरुत्थानका लागि नेपाललाई रु १७ अर्ब ५५ करोड उपलब्ध गराउने भएको छ ।

कोरोना भाइरस चीनको ल्याबबाट ‘लिक’ भएजस्तो लाग्दैन– बेलायती प्रधानमन्त्री

  • 5 minutes ago
कोरोना भाइरस चीनको ल्याबबाट ‘लिक’ भएजस्तो लाग्दैन– बेलायती प्रधानमन्त्री

एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले कोभिड १९ को भाइरस चीनको ल्याबबाट लिक भएजस्तो आफूलाई नलागेको बताएका छन् । बेलायतका प्रधानमन्त्री जोन्सनले ग्रुप अफ सेभेन (जि७) को पत्रकार सम्मेलनलाई सम्ब

प्रिमियर लिगको नयाँ सिजनको खेल तालिका सार्वजनिक

  • 13 minutes ago
प्रिमियर लिगको नयाँ सिजनको खेल तालिका सार्वजनिक

एजेन्सी । प्रिमियर लिगको नयाँ सिजनको खेल तालिका सार्वजनिक भएको छ । नयाँ सिजनको प्रिमियर लिग अगस्ट १४ बाट सुरु हुँदैछ । पहिलो खेलमा नै डिफेण्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले टोटनहमसँग आमने सामने गर्ने



पर्यटन

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

काभ्रेपलाञ्चोक । दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण ऐतिहासिक नगरी पनौतीमा एक हजार ४१८ वर्षदेखि सञ्चालन हुँदै आएको पनौती जात्रा (ज्या पुन्ही) यस वर्ष पनि स्थगित गरिएको छ ।

जीवनशैली

यी हुन् कपाल झर्न रोक्ने घरेलु उपाय

यी हुन् कपाल झर्न रोक्ने घरेलु उपाय

काठमाडौं । तोरी, नरिवल वा सस्र्यूंको तेल तताएर हलुका मसाज गर्ने । जरासम्म पुग्ने गरी मसाज गरेर स्याम्पुले कपाल पखाल्ने ।

विचित्र विश्व

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

काठमाडौं । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । उक्त नयाँ भेरियन्ट केही हप्ताअघि पाइएको डेल्टा भाइरससँग मिल्दोजुल्दो लक्षण पाइएको छ ।