तालिवानबारे कतारले दियो यस्तो प्रतिक्रिया

Norvic Hospital

एजेन्सी । कतारले तालिबानले व्यावहारिकताको प्रदर्शन गरेकाले उनीहरूको कामलाई निर्विवादित शासकको रूपमा मूल्याङ्कन गर्नुपर्ने जनाएको छ । 

 

कतारी सहायक विदेशमन्त्री लोल्वाह अल–खतरले एएफपीलाई एक विशेष अन्तर्वार्ता दिँदै तालिबानी शासकलाई इस्लामवादी शासकको मान्यता भने तत्काल दिन नसकिने घोषणा गरेका छन् । उनले भने, 'अफगानिस्तानको भविष्यको निर्णय अफगानी जनताले नै गर्ने र यो अन्तरराष्ट्रिय समुदायको विषय  छैन । यसअघि दोहाले तालिबानको विषयमा कतारमा राजनीतिक कार्यालय खोलेर मध्यस्ततासमेत गरेको थियो ।' 

 

तालिबानले व्यावहारिकताको प्रदर्शन गरेकाले यस अवसरलाई सबैले सदुपयोग  गर्नुपर्ने र तालिबानको अन्य थप सार्वजनिक कामको मूल्याङ्कन गर्नुपर्ने सहयाक मन्त्री खतरले उल्लेख गरेका छन् । उनले हालको अफगानिस्तानका शासक अन्तरिम र डेफ्याक्टो  भएकाले तत्काल यसले औपचारिक मान्यता पाउँन भने केही समय लाग्ने बताएका छन् । 

 

तालिबानले मुल्लाह मोहम्मद हसन खुन्दको नेतृत्वमा भरखरै अन्तरिम कार्यबाहक सरकार गठन गरेको छ तर कतारलगायत संयुक्त राष्ट्रसङ्घका कुनै पनि सदस्य राष्ट्रबाट मान्यता भने पाएको छैन । 

 

खतरले तालिबानी नयाँ शासकबाट केही सकारात्मक सङ्केतसमेत देखिएको उल्लेख गर्नुभएको छ । कतार सरकारकी प्रवक्तासमेत रहेकी खतरले धेरै महिला विद्यार्थीसमेत प्रदर्शनका क्रममा काबुल छोड्न बाध्य भएको विषयलाई उल्लेख गरेका छन् । उनका अनुसार तालिबानले कतारबाट तत्काल औपचारिक मान्यता भने नपाउने, कतार यो विषयमा धेरै टाढा नरहेको र  समदूरीमा रहेर सबै कुराको मूल्याङ्कन गरिरहेको जनाएका छन् । 

 

उनले यस विषयमा तालिबानको अन्तरीम सरकारको घोषणा पछिको अमेरिकाको प्रतिक्रियासमेतलाई उल्लेख गरेका छन् । अमेरिकाले तालिबानको नयाँ सरकारको घोषणामा सबै  तालिबानी सदस्यमात्र परेको र कुनै महिला नसमेटिएको विषयलाई चासो व्यक्त गरेको छ र  भनेको छ यो एउटा कामचलाउ सरकार भएकाले यसको मूल्याङ्कन शब्दबाट भन्दा पनि कामबाट गरिने बताएको छ ।  

 

अफगानिस्तान एक सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएकाले यहाँका जनताले आफ्नो भाग्य र भविष्यको निर्णय गर्न स्वतन्त्र रहेको खतरले जनाएका छन् । उनले अन्तरराष्ट्रिय समुदायले यहाँको जनताको भाग्य, भविष्यको विषयमा कुनै निर्देशन, नियन्त्रण गर्न नमिल्ने र अमेक्षित सहयोग भने गर्न सक्ने बताएका छन् । 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

साफ फाइनलः नेपाललाई ३-० गोलले हराउँदै भारत च्याम्पियन

  • 7 hours ago
साफ फाइनलः नेपाललाई ३-० गोलले हराउँदै भारत च्याम्पियन

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । शनिबार राति भएको फाइनल खेलमा नेपाललाई ३-० गोलले हराउँदै भारत आठौं पटक च्याम्पियन बनेको हो ।

साफ फाइनलः नेपालविरुद्ध भारत २-० ले अगाडी

  • 7 hours ago
साफ फाइनलः नेपालविरुद्ध भारत २-० ले अगाडी

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारतले प्रतिस्पर्धा गर्दैछन् ।

साफ च्याम्पियनसिप फाइनलः पहिलो हाफ बराबरीमा सकियो

  • 8 hours ago
साफ च्याम्पियनसिप फाइनलः पहिलो हाफ बराबरीमा सकियो

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारतले प्रतिस्पर्धा गर्दैछन् ।



पर्यटन

मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

एजेन्सी । कोभिड १९ को सङ्क्रमणका कारण विगतको समयमा पर्यटकहरुको आगमन रोकिएको मालदिभ्समा यस वर्ष भने ९ लाख भन्दा बढी पर्यटक आएका छन् ।यहाँको पर्यटन मन्त्रालयले दिएको जानकारीअनुसार यस वर्ष मालदिभ्समा नौ लाख ५ हजार पर्यटक आएका छन् । सो मन्त्रालयले अघिल्लो वर्ष सन् २०२० को यो अवधिको भन्दा १२२ प्रतिशतले बढी पर्यटक मालदिभ्स भित्रिएका हुन् । अघिल्लो वर्ष अर्थात् सन् २०२० मा यहाँ पर्यटक नै आएका थिएनन् ।

जीवनशैली

स्वादिलो भुटन कसरी बनाउने ?

स्वादिलो भुटन कसरी बनाउने ?

एजेन्सी । नेपालमा चाड­पर्वमा मासु तथा विभिन्न थरिका परिकारहरु बन्दछन्। मासु साह्रै लोकप्रिय छ हामी सबै नेपालीहरुलाई। नेपालको सबैभन्दा बढी प्रयोगमा आउने खसीको मासु हो। सारा विश्वमै खसी र बाख्राको परिकारहरु लोकप्रिय छन्, कहीँ यसको दूध बढी उपयोगमा ल्याइन्छ, त कहीँ त्यसबाट बनेको चिज भने कहीँ यसको मासु।

विचित्र विश्व

यी हुन् विश्वकै अग्ली महिला !

यी हुन् विश्वकै अग्ली महिला !

एजेन्सी । सात फिटभन्दा बढी उचाई भएकी टर्कीकी एक महिलाले सबैभन्दा अग्लो जीवित महिलाको रुपमा नयाँ विश्व रेकर्ड बनाउन सफल भएकी छन् । यी महिलाको नाम रुमेसा गेलगी हो ।