तलुकान प्रान्तको जिल्ला पुनःसरकारको नियन्त्रणमा

Global IME
Norvic Hospital

एजेन्सी । अफगानिस्तानमा अफगान सेनाले उत्तरी प्रान्त तलुकानको दर्काद जिल्ला पुनःनियन्त्रण्मा लिएको अफगान सेनाले शुक्रबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।  

  

विशेष सुरक्षाबलको एक समूहले दर्काद जिल्लालाई पुनः नियन्त्रणमा लिन सशस्त्र विद्रोही र तालिबान लडाकूहरु लक्षित हवाई कारबाही गरेको थियो । 

 

सो कारबाहीमा करिब ६० जना लडाकू मारिएका थिए । ती शव छोडेर शुक्रबार बिहान विद्रोहीहरु सो क्षेत्रबाट  भागेका जारी विज्ञप्तिमा जनाइएको छ । 

 

यसप्रकार तलुकान प्रान्तको दर्काद जिल्लामा जारी राखेको सैन्य कारबाहीको क्रममा सो जिल्ला मुक्त भएको बताइएको छ ।

 

सुरक्षा अधिकारीले नियन्त्रणमा लिएपछि तखार प्रान्तका सरकारी प्रवक्ता मोहमद जाबद हजारी दर्काद जिल्ला पुनः नियन्त्रणमा लिएको पुष्टि गरेका छन् । 

 

सो जिल्लाको कानूनी शासन फिर्ता हुनको साथै सरकारी कार्यालय र स्थानीय प्रहरी चौकी पुनः सञ्चालनमा आएको विज्ञप्तिमा जनाइएको छ । 

 

तलुकान प्रान्तको दर्काद जिल्लामा तालिबान लडाकूलक्षित कारबाही जारी नै रहने सैनिक स्रोतले जानकारी दिएको छ । 

 

राजधानी काबुल शहरबाट करिब २ सय ४५ किलोमिटर उत्तरमा रहेको यो प्रान्तमा लामो समयदेखि तालिबान लडाकू र सुरक्षाबलबीच झडप जारी रहेको छ । 

 

अफगान सुरक्षाबलले तालुकान प्रान्तमा तालिबान लडाकूविरूद्धको सुरक्षा अभियानलाई तीव्र बनाएको छ । सो जिल्लामा सक्रिय रहेका तालिबान लडाकू समूहले भने यस विषयमा कुनै टिप्पणी गरेका छैनन् । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

चलचित्रमा पात्रलाई पहिचान बनाएका विपिन

  • 4 minutes ago
चलचित्रमा पात्रलाई पहिचान बनाएका विपिन

नेपाली चलचित्रमा नाम भन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेता मध्येका एक छन्, विपिन कार्की । ‘लूट’, ‘छड्के’, ‘पशुपति प्रसाद’, ‘नाका’, ‘हरि’लगायत चलचित्रमा निर्वाह गरेको चरित्रले पहिचान स्था

घुम्टे युवा परिवारले होली पूर्णिमा मेलाको आम्दानी–खर्च सार्वजनिक गर्यो

  • 25 minutes ago
घुम्टे युवा परिवारले होली पूर्णिमा मेलाको आम्दानी–खर्च सार्वजनिक गर्यो

बागलुङ। ‘खेलकुद कला संस्कृति हाम्रो शान, पर्यटकीय स्थल घुम्टे गलकोटको पहिचान’ भन्ने मुल नारका साथ संस्थाले गत फागुन १९ गतेदेखि २२ गतेसम्म विविध खेलकुद, सांस्कृतिक, विभिन्न विधामा अभिनन्दन कार्यक

चलचित्रकर्मी कल्याणकारी कोषद्वारा स्व. बीएस राणाकी पत्नी र छोरीको उपचार सहयोगार्थ सहयोग

  • 28 minutes ago
चलचित्रकर्मी कल्याणकारी कोषद्वारा स्व. बीएस राणाकी पत्नी र छोरीको उपचार सहयोगार्थ सहयोग

काठमाडौँ। स्वर्गीय अभिनेता बीएस राणाकी पत्नी र छोरीको उपचार सहयोगार्थ चलचित्रकर्मी कल्याणकारी कोषबाट रु। एक लाख सहयोग गरिएको छ। चलचित्र विकास बोर्ड अन्तर्गत रहेको कोषले बुधबार हाल उनीहरु रहेको ललितपुर



पर्यटन

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ ।

जीवनशैली

काजु खानुका यस्ता छन् फाइदाहरु

काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।