आठौँ तनहुँ महोत्सव पुस २९ देखि

Norvic Hospital

दमौली । तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा आगामी पुस २९ गतेदेखि आठौँ तनहुँ महोत्सव हुने भएको छ । कोरोनाले दुई वर्षदेखि स्थगित भएको महोत्सव यस पटक हुन लागेको हो । व्यास नगरपालिका–३ स्थित विपी वनबाटिकामा माघ १० गतेसम्म महोत्सव सञ्चालन हुनेछ । 

 

सङ्घले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवबारे जानकारी दिएको छ । आर्थिक, सामाजिक विकासका साथै स्थानीय उत्पादन, कृषि, धार्मिक, सांस्कृतिक, पर्यटकीयस्थल, उद्योग, व्यापार व्यवसायको सम्भाव्यता अध्ययन गरी प्रवद्र्धन गर्ने उद्देश्यसहित महोत्सव गर्न लागिएको सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले बताए । 

 

पाँच लाख दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको महोत्सवमा करिब रु छ करोड बराबरको आर्थिक कारोबार हुने अनुमान छ । महोत्सवमा कूल आम्दानी रु ८० लाख र नाफा रु १५ लाख ३५ हजार हुने अनुमान छ । 

 

महोत्सवमा मादीसेती नदीमा जलविहारको व्यवस्था मिलाइने भएको छ । सेती र मादीको सङ्गमस्थल दमौलीमा जलविहारको प्रचुर सम्भावना भए पनि जलविहारले व्यापकता पाउन नसकेको भन्दै महोत्सव अवधिभर यो सञ्चालन गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

 

ग्रामीण पर्यटनको प्रचुर सम्भावना रहेको जिल्लाका ऐतिहासिक र सांस्कृतिक रुपले सम्पन्न ग्रामीण बस्तीको प्रवद्र्धनका लागि दर्शकलाई सांस्कृतिक नमूना ग्राम भ्रमण गराउने योजना छ । महोत्सव अवलोकनका लागि दर्शकलाई मानुङकोट, कुमालटारी, बोटेगाउँ, दरैगाउँलगायतका गाउँ भ्रमणको व्यवस्था मिलाइएको छ ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

वर्ल्डलिंकले ल्यायो आकर्षक इन्टरनेट अफर

  • 6 minutes ago
वर्ल्डलिंकले ल्यायो आकर्षक इन्टरनेट अफर

काठमाडौँ। वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले आकर्षक इन्टरनेट अफर सार्वजनिक गरेको छ। कम्पनीले रिफर गर्ने र पाउने दुवैलाई आईपीटिभीसहित निःशुल्क एक महिनाको इन्टरनेट प्याकेज दिने गरी यो अफर ल्याएको हो।

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि

  • 7 minutes ago
भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । बिहीबार बिहान सार्वजनिक गरिएको विवरणअनुसार भारतमा थप दुई लाख ८६ हजार ३८४ जना नयाँ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ

काठमाडौँको शंखरापुरमा एक दम्पती मृत भेटिए

  • 9 minutes ago
काठमाडौँको शंखरापुरमा एक दम्पती मृत भेटिए

काठमाडौँ। ५२ वर्षीय पदमबहादुर थिङ र उनकी ४५ वर्षीकी पत्नी फूलकुमारी मृत अवस्थामा भेटिएका हुन्। बुधबार साँझ खाना खाइ सुतेका उनीहरू आज बिहान ७ बजेसम्म नउठेपछि २६ वर्षीय छोरा सूर्यबहादुरले ढोका फुटाए



पर्यटन

धरहराको झल्को दिँदै कोहलपुरको भ्यूटावर

धरहराको झल्को दिँदै कोहलपुरको भ्यूटावर

राँझा । काठमाडौंको धरहराको झल्को दिने गरी कोहलपुर नगरपालिका–११ गोलपार्कमा सुविधा सम्पन्न भ्यूटावर निर्माण भइरहेको छ ।

जीवनशैली

वास्तुशास्त्र: कुन दिशामा घडी राख्ने ?

वास्तुशास्त्र: कुन दिशामा घडी राख्ने ?

एजेन्सी । आज वास्तुशास्त्रमा जान्नुहोस्, कुन दिशामा घडी राख्नु हुँदैन। जसरी घडीलाई सही दिशामा राख्दा राम्रो नतिजा मिल्छ, त्यसैगरी घर वा अफिसमा घडी गलत दिशामा राख्दा यसले नकारात्मक परिणाम ल्याउन सक्छ। त्यसैले सही दिशा छनौट गर्न धेरै महत्त्वपूर्ण छ।