टाटा मोटर्स नाफामा
- बिहीबार, १२ माघ, २०७९
- 1 month ago
- अन्तर्राष्ट्रिय

एजेन्सी । सेमीकन्डक्टरको अभाव कम गर्न र वस्तुको मूल्यमा स्थिरता ल्याउन दुई बर्षसम्मको निरन्तर प्रयासपछि भारतको टाटा मोटर्स नाफामा फर्किएको छ ।
‘जगुआर ल्याण्ड रोभर (जेएलआर)’ को मुम्बईस्थित मूल कम्पनीले गत बर्षको अन्तिम त्रैमासिक (अक्टुबर–डिसेम्बर) मा २९।६ अर्ब भारु (करिब ३६ करोड २५ लाख मिलियन अमेरिकी डलर) नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनी १५.२ अर्ब भारतीय रूपैयाँ घाटामा रहेको थियो ।
उत्पादनमा सुधार र प्यासेन्जर भेहिकल सेग्मेन्टमा बलियो मागका कारण सञ्चालनबाट हुने कुल आम्दानी २२।५ प्रतिशतले बढेर आठ खर्ब ८४ अर्ब ९० करोड रुपैयाँ पुगेको छ ।
जगुआर ल्याण्ड रोभरको राजस्व २८.१ प्रतिशतले बढेर ६.०४ अर्ब पाउन्ड पुगेको छ ।
बेलायती सहायक कम्पनीले यसअघि २६ करोड ५० लाख पाउन्ड नाफा कमाएको छ भने अघिल्लो वर्षको सोही त्रैमासिकमा ९० लाख पाउण्ड घाटा व्यहोरेको थियो ।
अन्तरिम प्रमुख कार्यकारी अधिकृत एड्रियन मार्डेलले एक विज्ञप्तिमा भने, “पछिल्लो त्रैमासिकमा चिपको अभाव कम भएको छ र उत्पादन र विक्री बढेको छ ।
कम्पनीका अनुसार चीनमा अटो डिलरसिपको बिक्री लकडाउनका कारण प्रभावित भएको छ भने कोरोना भाइरसका कारण लगाइएको प्रतिबन्धलाई खुकुलो पारिएपछि चालु त्रैमासिकमा सामान्य हुने अपेक्षा गरिएको छ ।
बेलायतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी जेएलआरमा बाँकी रहेको अर्डर डिसेम्बरको अन्त्यसम्ममा दुई लाख १५ हजार युनिट पुगेको छ ।
कम्पनीले सन् २०२५ मा आफ्नो सोलिहुल प्लान्टमा निर्मित पूर्ण इलेक्ट्रिक जगुअर मोडेल लन्च गर्ने बताएको छ ।
टाटा मोटर्सको व्यवसायिक सवारी साधन विक्रीबाट प्राप्त हुने आम्दानी गत वर्षको सोही अवधिको तुलनामा २२.५ प्रतिशतले बढेर १६८.९ अर्ब भारु पुगेको छ ।
आपूर्ति र मागमा ‘भूराजनीतिक अवस्था, मुद्रास्फीति र ब्याज दर जोखिम’ औंल्याउँदै कम्पनीले प्रमुख विदेशी बजारहरूमा कमजोर मागका कारण व्यावसायिक सवारी साधन निर्यात कमजोर रहेको बताएको छ ।
गत त्रैमासमा यात्रुवाहक सवारी साधनको मागमा विक्री भएको छ । राजस्व ३७.४ प्रतिशतले बढेर ११६.७ अर्ब भारु पुगेको छ ।कूल एक लाख ३८ हजार नौसय सवारी साधनको खुद्रा बिक्री भएको छ, जुन लामो समयपछिको सुधार हो ।
मुम्बईमा बुधबार टाटा मोटर्सको शेयर ०.७३ प्रतिशतले घटेर बन्द भएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला
- 16 minutes ago

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ। पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो। नगर प्र
बाघको आक्रमणबाट कञ्चनपुरकी एक महिलाको मृत्यु
- 53 minutes ago

कञ्चनपुर। बाघको आक्रमणबाट कञ्चनपुरको पुनर्वासकी एक महिलाको मृत्यु भएको छ। नेपाल–भारत सीमामा पर्ने भारतको दुधुवा नेशनल पार्कमा बाघको आक्रमणबाट पुनर्वासकी ३२ वर्षीया कलसा सार्कीको मृत्यु भएको हो।
नेकपा ब्युँताउन प्रचण्डलाई माधव नेपालको प्रस्ताव
- 58 minutes ago

काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तत्कालीन नेकपा ब्युँताउने प्रस्ताव राखे
पर्यटन
रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ। पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो। नगर प्रहरीले सरसफाइ गरेपछि एक साताअघिबाट सर्वसाधारणका लागि उक्त ऐतिहासिक पोखरी खुला गरिएको हो।
जीवनशैली
खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।