तातोपानीमा चहलपहल बढ्दै

प्रतिकात्मक तस्बिर

तातोपानी । भूकम्पको असरले सुकेको पानीको मुहान यथास्थानमै पुनः फर्किएपछि चिलिमे तातोपानी क्षेत्रमा चहलपहल बढ्दै गएको छ । उपचार पद्धतिमा प्रयोग हुँदै आएको चिलिमे तातोपानी  विसं २०७२ को भूकम्पको असरले पूरै मुहान सुकिसकेको अवस्थामा गत भदौ ३१ मा आएको पछिल्लो ठूलोे  भूकम्प पछि यथास्थानबाटै मुहान प्रवाह भइरहेकाले त्यस भेकका बासिन्दा खुशी भएका छन् ।

 

गानुगोला, बाथ, छाला, अवलपित्त, दमखोकीलगायत रोग न्यूनीकरणका लागि  उपयुक्त मानिँदै आएको तातोपानी पुनः उत्पत्ति भएसँगै आन्तरिक पर्यटकको चहलपहलसमेत बढ्न थालेको तातोपानी संरक्षण समितिका पूर्वअध्यक्ष  रामबहादुर तामाङले बताए । मुहान सुक्दा सुनसान बन्न पुगेको त्यस क्षेत्रमा पुनः पानी उत्पत्ति भएपछि अहिले दैनिक ४० देखि ५० आन्तरिक पर्यटक नुहाउनका लागि तातोपानी पुग्ने गरेको र बन्द भइबसेका १५ वटा होटेलसमेत पुनः सञ्चालनमा आइसकेको बताइन्छ ।

 

मूल सुक्नु अगाडि ८२ डिग्री सेल्सियस तापक्रममा रहेको तातोपानी पुनः फर्कंदा २२ डिग्री सेल्सियसमा रहे पनि हालको नापबाट ४३ डिग्रीमा पुगेकाले अब एकदुई महिनामा तातोले पूर्णता पाउने अपेक्षा गरिएको स्थानीयवासी बामेन तामाङले बताए । विशेष मेलाअन्तर्गत नुहाउनका लागि प्रत्येक वर्ष कात्तिक र चैतमा हजारौँ आन्तरिक पर्यटक पुग्ने तातोपानी क्षेत्र तामाङ सम्पदा मार्गसमेत हो । कोभिड–१९ सङ्क्रमण हटेपछि बाह्य पर्यटकसमेत आउने अपेक्षा गरिएको बताइएको छ । पैदलमार्ग भएर जानुपर्ने तातोपानी क्षेत्रमा मोटरबाटो निर्माण भएसँगै केही दिन अगाडि बाट बस सेवा सञ्चालन भइसकेकाले हिउँदयामको यात्रा सहज हुने तातोपानी संरक्षण समितिले जनाएको छ ।

 

यस्तै, नुहाउनका लागि टिमुरे क्षेत्रमा रहेको तातोपानीलाई समेत व्यवस्थापन गरिएको छ । टिमुरे गाउँभन्दा एक किमी दक्षिण रसुवागढी अन्तर्राष्ट्रिय राजमार्गको काखमा रहेको तातोपानीलाई व्यवस्थित पार्न रसुवागढी हाइड्रोपावरले पोखरी तथा पाटी निर्माण गरी सहयोग गरेकाले नुहाउन सहज भएको टिमुरेका वाङ्दी तामाङले बताए ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेकपा सचिवालय बैठकः आँधीअघिको सन्नाटा !

  • 1 hour ago
नेकपा सचिवालय बैठकः आँधीअघिको सन्नाटा !

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक भोली शनिबार बस्दैछ । तर, पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मंसिर ३ गते बसेको सचिवालय बैठकपछि भे

चितवनको माडीमा बिओपी स्थापना

  • 1 hour ago
चितवनको माडीमा बिओपी स्थापना

चितवन । माडी नगरपालिकामा छैटौँ बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ । माडी –६ कल्याणपुरमा छैटौँ पोष्ट स्थापना गरिएको हो ।

महेन्द्रनगरमा युवक मृतावस्थामा फेला

  • 2 hours ago
महेन्द्रनगरमा युवक मृतावस्थामा फेला

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले दमाईंको शव घाँटीमा टेलिफोनको जस्तो तारमा बेरिएको अवस्थामा भेटिएको जानकारी दिए । मृतकका शरीरमा अन्य कुनै प्रकारको चोट नरहेको जनाइएको छ ।



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

मेवाको पातमा हुन्छ क्यान्सरसँग लड्न सक्ने गुण

मेवाको पातमा हुन्छ क्यान्सरसँग लड्न सक्ने गुण

एजेन्सी । मेवा खानुले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा हुन्छ । तर, मेवाको पातको जूस विरलै कसैले पिएको सुनिन्छ । मेवाको पातको जूस यदी तपाईले पिउनु भएको छ भने राम्रो हो र यदी पिउनु भएको छैन् भने अब पिउन थाल्नुस् ।