Techie IT
२०८१ वैशाख ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनतेश्रो स्पर्श म्युजिक भिडियो अवार्ड सम्पन्न

तेश्रो स्पर्श म्युजिक भिडियो अवार्ड सम्पन्न


काठमाडौँ। गणतन्त्र दिवसको अवसरमा अभिनेत्री विपना थापा सम्मानित भएकी छिन्। उनी ‘युग नायिका’को रुपमा काठमाडौंमा आयोजित स्पर्श म्युजिक भिडियो अवार्ड समारोहको तेश्रो संस्करणमा सम्मानित भएकी हुन्।

यो अवार्ड समारोह टच इन्टरटेन्मेन्ट एण्ड स्पर्श फिल्म्स, पेजेन्ट नेपाल ईन्टरनेशनल तथा ब्राइट इभेन्ट म्यानेज्मेन्टले संयुक्त रुपमा आयोजना गरेको हो। नेपाली चलचित्र उधोगमा अभिनेत्री विपना थापाको अतुलनीय योगदान रहेकाले उनलाई यो सम्मान प्रदान गरिएको आयोजक अभिनेताद्धय यसराज गराच र दीक्पाल कार्कीले बताए।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलासहित नृत्य निर्देशकहरु राजु शाह, कमल राई तथा छायांकार शिव ढकालले अभिनेत्री थापालाई संयुक्त रुपमा सम्मानित गरेका हुन्।
समारोहमा राजु शाहलाई लिजेन्ड्रि सिने कोरियोग्राफरको अवार्ड प्रदान गरियो भने रेनशा वान्तवा राईलाई पपुलर सिने डाइरेक्ट (फिमेल) तथा मिलन चाम्सलाई पपुलर सिने डाइरेक्टर (मेल) को अवार्ड प्रदान गरियो।

समारोहमा अघिल्लो वर्षका उत्कृष्ट म्युजिक भिडियो तथा तीनका स्रष्टालाई उत्कृष्ट अवार्ड प्रदान गरियो। अवार्डको निर्णायकमा मेकअप आर्टिष्ट ऋतु राणा, लोक गायक नमराज ढुंगाना, गायक नविन कुमार पौडेल, संगीतकार राजेन्द्र बजगाईं तथा मोडल सञ्चिता शाही रहेका थिए। यो अवार्ड अभिनेता यसराज गराच, अभिनेता दीक्पाल कार्की, अभिनेत्री तेजुला खतिवडा र मोडल राजन बुढाथोकीले सँयुक्त आयोजना गरेका हुन्।

समारोहमा अभिनेता गोपाल ढकाल छन्दे, मोडल तथा कोरियोग्राफर नरेश वीर सिंह, गीतकार तथा सामाजिक अभियन्ताद्धय निर्मला राई परिवेश, शान्ती खत्री, मोडलहरु अंकित कुमार अधिकारी, नरेश जंग कार्की, बिपिन खड्का, गायक तथा पत्रकार पुष्पराज तिमिल्सिेना, अभिनेता तथा मोडल अयुब केसी सम्मानित भए।

समारोहमा नम्रता सापकोटा, ऋचा थापा, प्रनिमा दाहाल, प्रविणा श्रेष्ठ, दावा तामाङ, प्रशान्त मगर तथा किड्स क्यापिटल नेपाल २०२२ तथा २३ का आश्रिया थापा, आरोन श्रेष्ठ, सुहान पुन, मीमिक राना मगर, दिपशन चिलुवाल, इश्लिया गुरुङले विशष प्रस्तुति दिएका थिए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बिपिन कार्कीको फरक भूमिका रहेको ‘एक भगवत् र एक गीता’…

काठमाडाैँ । कलाकार बिपिन कार्कीको फरक अवतारका कारण निकै चर्चा बटुलेको चलचित्र ‘एक भगवत् र एक गीता’ भिडियोपसल एपमा रिलिज

‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ट्रेलर अनमोल केसीमा केन्द्रित छ

‘द रेड सुटकेस’ वैदेशिक रोजगारको अन्त्यको क्रान्ति होः श्रममन्त्री अर्याल

काठमाडौँ । नयाँ वर्षको अवसर पारेर ३० चैतबाट प्रदर्शनमा आएको चलचित्र ‘द रेड सुटकेस’ले यतिबेला दर्शकले रुचाएका छन् । यो

इराकमा सांगीतिक धमाका मच्चाउँदै राजेशपायल

काठमाडौँ । नेपालीमा उखानै छ, ‘जहाँ पुग्दैन रवि, त्यहाँ पुग्छन् कवि’ । कवि लक्षित यो भनाइलाई सार मान्दै ‘जहाँ नेपाली,

१०८ जनाको स्वर रहेको ‘बुद्धम् शरणम् गच्छामी’ सार्वजनिक

काठमाडौँ । नेपालका १०८ जना गायक गायिकाहरुको स्वरमा रेडर्क गरिएको श्लोक राखिएको ‘त्रिशरण गमनम्’ एल्बममा काठमाडौँमा सार्वजनिक गरिएको छ ।

फिल्म ‘ह्रस्व दीर्घ’मा हरिहरको लुक्स सार्वजनिक

काठमाडौँ । फिल्म ‘ह्रस्व दीर्घ’मा मुख्य भूमिकामा अभिनय गरेका अभिनेता तथा ज्योतिष हरिहर अधिकारीको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ ।

Techie IT