विद्युतीय हाजिरीमार्फत शिक्षकको निगरानी

  • शनिबार, ११ जेष्ठ, २०७६
  • 1 year ago
  • नेपाल

जिल्लाका अधिकांश विद्यालयमा अहिले विद्युतीय हाजिरी जडान गरिएको छ । माध्यमिक तहका विद्यालयमा विद्युतीय हाजिरीमार्फत शिक्षकको निगरानी बढाउन विद्युतीय (ई) हाजिरी जडान गरिएको हो । 

 

विद्युतीय हाजिरी जडान गरिएपछि नियमित विद्यालय नआउने तथा राजनीतिमा संलग्न हुने शिक्षकले समेत नियमित विद्यालय आउनुपरेको छ । ई–हाजिरी जडान गरेपछि विद्यालयमा शिक्षको उपस्थिति नियमित देखिन थालेको सरस्वती मावि सेलिचामाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष हिरासिंह धामीले बताए ।

 

 विगतमा ई–हाजिरी नहुँदा शिक्षक एकै पटकमा बिदा बसेको समयको पनि हाजिरी लगाउने  परम्परा थियो । अहिले ई–हाजिरीले शिक्षकको उपस्थिति निगरानी गर्न सहज भएको छ । मालिकार्जुन गाउँपालिकाले चालू आर्थिक वर्षमा गाउँपालिकाभरिका चार माध्यमिक विद्यालयमा ई–हाजिरी जडान गरेको छ । अहिले नमूनाका रुपमा केही विद्यालयमा मात्रै ई–हाजिरी जडान गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत दशरथ भट्टले जानकारी दिए ।

 

 मालिकार्जुनमा ११ माध्यमिक विद्यालय छन् । चालू वर्षमा बजेट पनि कम छु्ययाइएका कारण चार विद्यालयमा मात्र जडान गरिएको छ । गाउँपालिकाले निलेपातेश्वर मावि भर्तोला, सरस्वती मावि सेलिचामा, शङ्करपुर मावि पस्तीमा ई–हानिरी जडान गरिएको र मालिकार्जुन मावि मडमा जोड्ने तयारी रहेको भट्टले बताए । 

 

महाकाली नगरपालिकाले सबै माध्यमिक विद्यालयमा विद्युतीय हाजिर जडान गरेको छ । विद्युतीय हाजिरी जडान गरेपछि शिक्षकको नियमित उपस्थिति बढेको राष्ट्यि मावि दत्तुका प्रधानाध्यापक राजेशसिंह सामन्तले जानकारी दिए । नौगाड गाउँपालिकाले गतवर्ष नै सबै विद्यालय, स्वास्थ्य संस्था, गाउँपालिका कार्यालयमा विद्युतीय हाजिरी जडान गरेको छ । 

विद्युतीय हाजिरीले कर्मचारीको कामको मूल्याङ्कन गर्न सजिलो हुने हुँदा प्राथमिकताका साथ ई हाजिरी जडान गरिएको गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले बताए । 

 

पछिल्लो समय जिल्लाका सबै स्थानीय तहले प्रविधि भित्र्याउन थालेका छन् । स्थानीय तहबीच विद्युतीय हाजिरी, सिसी क्यामरा जडानदेखि डिजिटल नागरिक बडापत्र राख्ने काम चलेको छ । कार्यालयबाहिर डिजिटल बडापत्रमार्फत गाउँपालिकाका गतिविधि देखाउने काम गरिएका बताइएको छ । 


थप समाचार

काठमाडौँमा एकैदिन ११० जना कोरोना संक्रमित फेला

  • 1 hour ago
काठमाडौँमा एकैदिन ११० जना कोरोना संक्रमित फेला

काठमाडौँ । काठमाडौँमा एकैदिन ११० जना कोरोना संक्रमित फेला परेका छन् । काठमाडौँ उपत्यकामा भने कुल १३४ संक्रमित थपिएका छन् ।

नेपालमा थप ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

  • 2 hours ago
नेपालमा थप ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा थप ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भारतका पुर्व राष्ट्रपति प्रणव मुखर्जी भेन्टिलेटरमा

  • 2 hours ago
भारतका पुर्व राष्ट्रपति प्रणव मुखर्जी भेन्टिलेटरमा

एजेन्सी । भारतका पुर्व राष्ट्रपति प्रणव मुखर्जीलाई भेन्टिलेटरमा राखिएको बताइएको छ ।



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

तपाईका यी बानीले किड्नी खराब बनाउँछ

तपाईका यी बानीले किड्नी खराब बनाउँछ

एजेन्सी । किड्नी खराब हुनुका कारणमा सबैभन्दा पहिले हाम्रा कतिपय खराब बानीहरु पहिलो नम्बरमा पर्छन् । यसका अन्य कारणहरु पनि छन् तर हाम्रा बानीहरुको पनि किड्नीमा ठूलो प्रभाव पर्न सक्ने हुनाले त्यस्त बानीहरु थाहा पाइराखेको राम्रो । त्यसैले आज हामी तपाईहरुलाई त्यस्ता बानीहरुबारे सचेत गराउन जाँदैछौं ।

विचित्र विश्व

एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माइन्

एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माइन्

चितवन । मकवानपुरकी एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माएकी छन् । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत मकवानपुरको चुरीयामाई–९ घर भएकी ३० वर्षीया सीता लोप्चनले आज पाँच किलोग्रामकी छोरी जन्माएको अस्पतालले जनाएको छ ।