‘शिक्षक कहिलेसम्म भोकै ?’

  • शनिबार, २० आषाढ, २०७७
  • 3 months ago
  • नेपाल

काठमाडौँ । कोभिड–१९ को नियन्त्रण एवं रोकथामका लागि सरकारले घोषणा गरेको बन्दाबन्दीको अवधिमा तलब–सुविधा नपाएको भन्दै झापाका निजी विद्यालयका शिक्षक–कर्मचारी आन्दोलित भएका छन् ।

 

विभिन्न चरणमा सरोकारवालालाई आफ्ना समस्याका विषयमा अवगत गराए पनि कहीँकतैबाट सम्बोधन भएको भन्दै उनीहरु सडक सङ्घर्षमा उत्रिएका हुन् । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापाको नेतृत्वमा शुक्रबार झापाको बिर्तामोडमा मौन ¥याली निकालियो । ¥यालीमा ‘शिक्षक कहिलेसम्म भोकै ?’, ‘कोरोनाले त छँदैछ, भोकले मृत्यु हुँदैछ’, ‘हाम्रा लागि सरकार कहाँ छ ?’ लगायत नारा उल्लेखित पम्पप्लेट प्रदर्शन गरेका थिए ।

 

इस्टु झापा अध्यक्ष होमराज खतिवडाले बन्दाबन्दी शुरु भएयता आफूहरुले तलब नपाएको बताए । “चैतदेखि नै हामीले तलब पाएका छैनौँ”, उनले भने, “पटक–पटक माग गरे पनि कहीँकतैबाट सुनुवाइ भएको छैन, बाध्य भएर सडक सङ्घर्षमा उत्रिएका हौँ ।” संस्थागत सवारी चालक सङ्घ झापाका अध्यक्ष पदम तामाङले चैतदेखि तलब नपाउँदा घर चुलो बल्ने अवस्था नरहेको बताउनुभयो । “चार महिना हुन लाग्दा पनि तलब पाइएको छैन”, उनले भन, “घरमा चुलो बल्ने अवस्था छैन, हाम्रो कुरा कसैले सुन्दैनन् ।”

 

इस्टु झापाले यहाँका १५ वटै स्थानीय पालिकामा ध्यानाकर्षण पत्र बुझाइसकेको छ तर, तलब–सुविधा पाउने वातावरण सिर्जना हुन नसकेको इस्टु भद्रपुरका नगर अध्यक्ष द्रोण अधिकारीले बताए । “संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीले काम गरिसकेको समयको समेत तलब पाउन सकेका छैनन्”, उनले भने, “सामाजिक न्यायको माग गर्दै सडक आन्दोलनमा उत्रिएका हौँ ।”

 

युएनटो झापाका अध्यक्ष शिवराज भण्डारीले अन्तर्राष्ट्रियस्तरको जनशक्ति उत्पादन गर्ने निजी विद्यालयका शिक्षकको घरमा चुलो अवस्था नभएपछि बाध्य भएर सडक आन्दोलनमा उत्रिनुपरेको बताए । “अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने जनशक्ति उत्पादनको मुख्य भूमिकामा रहेका निजी शिक्षण संस्थाका शिक्षक–कर्मचारी जहिल्यै शोषण र अपहेलनामा परेका छन्”, उनले भने, “उनीहरुको सम्मान न शिक्षण संस्थाले गरेको छ न त सरकारले नै ।” निजी विद्यालयका शिक्षकको अधिकार रक्षा र उनीहरुको संरक्षणका लागि सरोकारवालाले तत्काल कदम चाल्नुपर्ने उनको माग छ ।

 

कोणसभामा इस्टुका प्रदेश सदस्य यादव अधिकारीले राष्ट्रव्यापी रुपमा साङ्केतिक आन्दोलन थालिएको बताउनुभयो । यसबाट पनि माग सम्बोधन नभए दोस्रो चरणमा घर्ना, घेराउलगायत आन्दोलनका कार्यक्रम तय गरिने जनाइएको छ । झापाका ४०० निजी विद्यालयमा सात हजार शिक्षक कर्मचारी कार्यरत रहेको इस्टुका केन्द्रीय सदस्य एनपी लामिछानेले बताए । देशभरका छ हजार निजी विद्यालयमा ८७ हजार शिक्षक कर्मचारी कार्यरत रहेको सरकारी तथ्याङ्क रहेको भए पनि आठ हजार निजी विद्यालयमा दुई शिक्षक कर्मचारी कार्यरत रहेको र १८ लाख विद्यार्थी अध्ययनरत रहेको इस्टुले जनाएको छ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

दाइले गरे आफ्नै भाइको हत्या, हत्यापछि शव नगरमा बगाइदिए !

  • 16 seconds ago
दाइले गरे आफ्नै भाइको हत्या, हत्यापछि शव नगरमा बगाइदिए !

एजेन्सी । दिल्लीमा दर्दनाक घटना घटेको छ । सम्पत्तिका लागि दाजुभाइबीच मनमुटावले चरम रुप लिँदा हत्यासम्मको घटना घटेको छ । सम्पत्तिको विवामा एक जना दाइले आफ्नै भाइको हत्या गरेका छन् ।

शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला

  • 13 minutes ago
शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला

कञ्चनपुर । शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जङ्गल सफारी र जङ्गल वाक खुला गरिएको छ ।

आदित्यलाई बाबुको चेतावनीः पछि वैवाहिक जीवनमा समस्या आयो भने हामीलाई दोष नदिनु

  • 15 minutes ago
आदित्यलाई बाबुको चेतावनीः पछि वैवाहिक जीवनमा समस्या आयो भने हामीलाई दोष नदिनु

एजेन्सी । सिंगर आदित्य नारायण झा विवाहबारे पिता उदित नारायणले प्रतिक्रिया दिएका छन् । आदित्यका पिता उदित नारायण झाले भने छोराको विवाहबारे आश्चर्यचकित पार्ने बयान दिएको मिडिया रिपोर्टमा उल्लेख छ ।



पर्यटन

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

विचित्र विश्व

दाइले गरे आफ्नै भाइको हत्या, हत्यापछि शव नगरमा बगाइदिए !

दाइले गरे आफ्नै भाइको हत्या, हत्यापछि शव नगरमा बगाइदिए !

एजेन्सी । दिल्लीमा दर्दनाक घटना घटेको छ । सम्पत्तिका लागि दाजुभाइबीच मनमुटावले चरम रुप लिँदा हत्यासम्मको घटना घटेको छ । सम्पत्तिको विवामा एक जना दाइले आफ्नै भाइको हत्या गरेका छन् ।