तिजः स्वरूप एक रूप अनेक

Norvic Hospital

नेपाली महिलाहरूको महान चाड सामान्य तीज नारीले हर्षउल्लासको रूपमा मनाउँछन् । तिज केवल उपासनामा मात्रै सिमित हुँदैन यसले एउटा विशेष सन्देश पनि दिन्छ । त्यो बुझ्नेहरूका लागि महान छ, वर्षभरी गरेका कामबाट हुने कमजोरी, सासुआमा बाट दिने दबाब, र यि सबैबाट भगवान शिवसँग प्रार्थना गरी त्यो पनि माईती घर स्वतन्त्र ठाउँबाट मुक्त हुन निराहार व्रत बसी गर्ने कार्यले यती धेरै सन्तुष्टी हुन्छन् व्याख्या नै छैन । 

 

तिज पर्वलाई पश्चिमाहरूले कहिल्यै अनुभुती गर्नै पाउँदैनन् । हरितालीका नामै गजब, किनभने पार्वती स्वयंले  तत्कालिन अवस्थामा कठोर व्रत बसी शिवजी श्रीमान पाउँ भनी प्राप्त गरेको सस्मरणले आधुनिक यूग सम्म यसले समाजिक मान्यतालाई सार्थकता दिई राखेको छ । यो नै नेपाली हरूको लागि गौरवको विषय मान्नु पर्दछ । त्यसैले विविधतमा एकता हरेक नेपालीले उच्च महत्वका साथ लिई रहेको पाईन्छ ।

 

तिज पर्वलाई नेपाली समाजलाई  एउटा नियम अर्थात अनुशासनमा राख्ने कडीको रूपमा पनि लिन सकिन्छ । तर समय परिस्थितीले पछिल्लो समयमा विकृती पनि भित्रदै गएको छ । फलस्वरूप पछिल्लो समय त पशुपति परिसरमा दोहोरी नै चल्न थाल्यो भजन, चुड्का, ठाडो भाका, काठे भाका लगायत केटाकेटीहरूको दोहोरीले कतै यो पर्व विकृतीतर्फ त उन्मुख हुँदैन भन्ने विश्लेषकहरूको टिपणीले पनि स्थान पायो । तर पछिल्लो समय राजनीतिक पार्टीहरूले महिलाहरूलाई सन्देशमुलक नभै एक महिना अघि देखि पार्टी प्यालेस लाई प्रयोग गरी नकारात्मक रूपमा प्रयोग भयो, हालाकी नेतृत्व मुकदर्शकको रूपमा भए । यसलाई नजानिदो रूपमा राजनीतिक विसंगती नै भन्दा फरक नपर्ला । अझ पछिल्लो समय कम्यूनिस्टहरूको विगवीगी भयो र यस महान पर्वलाई सामन्ती प्रथाको रूपमा चित्रण गरे । यसले के प्रमाणीत हुन्छ भने धर्म संस्कृतीले अनुशानमा राखेको समाजलाई विखन्डनमा उन्मुख गरायो । हुनत साम्यवादीको धर्मप्रति हिजै देखि नजानिदो पारामा प्रहार थियो नै, अझ धर्मनिरपेक्षताले उनिहरूको असलीयत प्रष्ट्याई दिएको छ ।

 

आशा गरौं, भोलिका दिन धर्म, संस्कृती, परम्परा र पहिचान जोगाउनेहरू पनि छन् अर्थात सम्बर्धनबादी, जसले यो मुलुकको पहिचान जोगाउँदै सदियाैँ देखि चलि आएका रिती रिवाज जगेर्नाको खातिर आफुलाई उभ्याउनेछन् भन्ने आशा गर्न सकिन्छ । न धनी न गरीब, यस किसिमको परिपाटी जोगाउनै पर्छ, नत्र पश्चिमाहरूको चंगोलमा देश फस्ने अवश्यंभावी छ । धर्म संस्कृती सिध्याउदै मुलुक पश्चिमा राष्ट्रहरुको देखासेखी तर्फ उन्मुख हुँदै गएको पाईन्छ । त्यसैले बेलैमा सचेत रहौं, संसारमा नेपाल वाहेक अन्य कतै नभएको महिलाहरूको महान चाड तिज पर्वको संरक्षणमा हामी सबै सचेत हुन जरूरी छ । किनभने एक महिला जन्मदैदेखि उनको रूप परिवर्तन हुँदै जान्छ । बालिका, वयस्क, छोरी, बुहारी, आमा, सासु, हजुरआमा अन्तत अलविदा । यो समयको परिवर्तनसँगै उनले हरेक परिस्थितीको सामना गरेकी हुन्छिन् । उनले सिकाउने परम्पराको रूपलाई जगेर्ना गर्नैपर्छ । परम्परागत मूल्य र मान्यतालाई स्थापीत गरौं यसैमा हामी सबैको कल्याण हुनेछ । हरीतालीका तिज को शुभकामना । शुभम् ।।

 

(लेखक ट्रेड युनियन महासंघ नेपाल (टुकोन)का अध्यक्ष हुनुहुन्छ)

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मन्त्री झाँक्री अस्पताल भर्ना

  • 2 minutes ago
मन्त्री झाँक्री अस्पताल भर्ना

काठमाडौँ । सहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्वस्थ भई अस्पताल भर्ना भएकी छन्। मौसमी ज्वरोका कारण मन्त्री झाँक्री अस्पताल भर्ना भएकी हुन्। बुधबार राती झाँक्री अस्पताल भर्ना भएको उनको पारिवा

चैतभित्र सबैलाई खोप लगाइसक्नुपर्छः प्रधानमन्त्री देउवा

  • 6 minutes ago
चैतभित्र सबैलाई खोप लगाइसक्नुपर्छः प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपालीलाई कोरोनाविरूद्ध खोप लगाइसक्नुपर्ने बताएका छन्। आज बिहीबार भएको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको पहिलो बैठकमा बोल्दै प्रधानमन्त्री देउव

स्पेनको प्रतिनिधिमण्डल काठमाडौँ आइपुग्यो

  • 18 minutes ago
स्पेनको प्रतिनिधिमण्डल काठमाडौँ आइपुग्यो

काठमाडौँ । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा स्पेनका सभामुख ब्लान्का र्टिन डेल्गाडोको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डल आज बिहीबार काठमाडौं आइपुगेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय



पर्यटन

फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता

फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता

डोल्पा । हिमाली जिल्ला डोल्पामा पर्ने फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता भएकी छन् ।

जीवनशैली

काँचो प्याज खाँदा हुन्छन् यस्ता फाइदाहरु

काँचो प्याज खाँदा हुन्छन् यस्ता फाइदाहरु

एजेन्सी । तरकारी, सलाददेखि हरेक कुरामा प्याज चाहिन्छ । प्याज काँचै खानुका केही फाइदा पनि छन् । काँचो प्याज सेवन गर्नाले धेरै समस्याबाट मुक्ति पाउन पनि सकिन्छ ।

विचित्र विश्व

'धनाड्य अमेरिकीहरूलाई थप कर लगाउने योजना रहेको छ'

'धनाड्य अमेरिकीहरूलाई थप कर लगाउने योजना रहेको छ'

एजेन्सी । अमेरिकी सिनेटका सदस्य तथा डेमोक्रेटिक पार्टीका एक वरिष्ठ नेताले राष्ट्रपति जो बाइडेनको समर्थन रहेको बृहत् खर्च योजनालाई आर्थिक सहयोग गर्न धनाड््य अमेरिकीहरूलाई कर लगाउने योजना बुधबार सार्वजनिक गरेका छन् ।