मैले नबुझेको तिज

Norvic Hospital

पतिको रक्षार्थ तिजको व्रत ! अचम्म त मलाई त्यति बेला लाग्यो जुन बेला मेरो घर नजिकैको भाउजु एक्लै पर्नु भयो । दुई वटा स–साना नानीबाबु भएकी ति भाउजु सधैँ घर नजिकैको मन्दिर जानु हुन्थ्यो । शनिवारको दिन शनि महाराजको व्रत, एकादशीमा भात नखाइ व्रत, औंसी÷पूँर्णिमाको आफ्नै निति तिथि थियो उहाँको । मैले थाहा पाए सम्म उहाँले कुनै पनि वर्ष तिजको व्रत टुटाउनु भएको थिएन । 

 

एक दिन भाउजुलाई र मेरी आमा भन्दै हुनुन्थ्यो ‘किन औषधी खाइ–खाइ व्रत वसेकी ?’ त्यति बेला मलाई थाहा थिएन औषधी र व्रतको के तालमेल हुन्छ भनेर । निकै पछि थाहा भयो, त्यो औषधी भनेको त महिनावारी रोक्नलाई खाने हो रैछ । उनले व्रत बस्न नजानेको हो ? वा पण्डित जी ले पुजा उल्टो गराएको हो ? अथवा भगवान भन्ने चिजै हुँदैन यो संसारमा ? आज सम्म पनि म अन्योलमा नै छु ! खै साँच्चै तिजको व्रत पतिको रक्षार्थ वस्ने भए भाउजुले के विगारेकि थिइन र ति दुई साना नानीहरु टुहुरा भएका ? सबैको भन्दा बढी आस्था थियो उनको भगवान प्रति, तर पनि उनलाई नै भगवानले एक्लो (विधुवा) बनायो । 

 

पति राम्रो पाउन व्रत वस्ने दिदीबहिनीहरु र पतिको दिर्घायुको कामनामा व्रत बस्ने महिला दिदीबहिनी तथा आमाहरु के साच्चै हजुरहरु निराहार दिनभरि बसेको व्रतले पुरुष दाजुभाई तथा बुबाहरु अहिले सम्म स्वस्थ्य रहनु भएको हो । परापूर्व काल देखि चलिआएको तिजको व्रत जसले सम्पूर्ण पुरुष दाजुभाईको दिर्घायुको कामनामा स–सम्मान पानीको त के कुरा थुक सम्म ननिली बसिने व्रतले हजारौं मानिसको आयु लामो हुनु पर्ने तर, हामी सवैलाई इतिहास त अवगतै होला ?

 

पानी पनि नपिइ आफ्नो पति वा हुने वाला पतिको लागि व्रत बस्ने महिलालाई थाहा छ कि त्यहि पति वा हुने वाला पतिले उसको बारम्बार बलात्कार गरिरहेको हुन्छ । विवाह अगाडी परिचित वा अपरिचित पुरुष अथवा विवाह पछि आफ्नै श्रीमानले । कतिपय दिदी वहिनीलाई लागि रहेको होला कि यो पागलले के लेखेको ? तर मानिस (महिला÷पुरुष) को दिमागमा कुनै पनि राम्रो महिला÷पुरुष (हाम्रो समाजको हिसावमा वत्तिस लक्षिणले युक्त र अहिलेको समयमा सेक्सी) लाई देख्दा उक्त मानिसले राम्रो मानिस संग मानसिक तवरवाट सहवास गरिसकेको हुन्छ । त्यस कारणले गर्दा कुनै पनि मानिसलाई तगातार ३ सेकेण्ड भन्दा बढी समय हेर्दा सताएको वा गलत दृष्टिकोणले हेरेको वा (harrasment) गरेको भन्ने बुझिन्छ ।

 

समस्त नारी जाति यस धर्ती र सृष्टिका लागि अनुपम वरदान मान्ने हाम्रो वैदिक सनातन भन्न रुचाउने हिन्दु समुदाय किन महिलालाई मात्र पुरुषको निम्ति पानी पनि पिउन नदिइ व्रत बसाइएको ? खै त पुरुषले चाही आफ्नो श्रीमतीका लागि एकदिन पनि उसको स्वास्थ्य र दिर्घायुको कामनामा व्रत बसेको ?

 

तिजको व्रत संगै रहने ऋषिपञ्चमी महिलाले बर्ष भरिको पाप पखाल्ने दिन । पाप पनि के को भन्दा प्रकृतिले दिएको अनुपम उपहार को । त्यो उपहार जसले गर्दा एउटी महिला आमा हुन्छिन् । र त्यही आमाबाट भएको सन्तानलाई देखाएर पुरुषले आफ्नो मर्दाङ्गीको ध्वाँस देखाउछ । अनि त्यही महिलालाई उक्त प्रकृतिबाट प्राप्त उपहारको निम्ती पाप भनी पखाल्नलाई व्रत बसाइन्छ त्यो पनि त्यी सात जना पुरुष (सप्तऋषिः काश्यप, वशिष्ठ, आत्री वा आत्रय, विश्वामित्र, गौतम, जमादाग्नी र र्भाद्ववज ) लाई पुजेर । 

 

बर्षौं देखि चलिआएको महिलालाई दास बनाउने प्रथा अहिले पनि हाम्रो समुदायमा धुमधाम संग महिलाहरुले नै परम्पराको रुपमा मनाइरहनु भएको छ । भविष्यमा राम्रो पति पाउने आशमा अहिलेका मोर्डन सोसाइटिका भन्न रुचाउने दिदीबहिनी पनि व्रत वस्न पछि हट्नु हुन्न ।

 

यो लेखको आशय महिलाहरुको महान चाड तिजमा रमाइलो गर्न, भेटघाट गर्न, व्रत बस्न र कुनै पनि प्रकारको मनोरञ्जनलाई रोक्नु होइन् । तपाई निराहार बसेर तपाईको पति वा पत्निको आयु चाँही अवश्य बढ्दैन् । 

 

पति र पत्निले एक अर्काको दिर्घायु र राम्रो चाहनुहुन्छ भने सुख दुःखमा आफ्नो जिवनसाथीलाई साथ दिनु, गक्ष अनुसारको चाडपर्व मनाउनु, आफुलाई व्रत बस्न मन भए बस्नु तर अरुलाई कर नगर्नु । वास्तविकतामा रमाउनु अन्धविश्वासमा हैन् । तिजको शुभकामना ।

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

धरानबाट लागुऔषध सहित १ जना पक्राउ

  • 59 minutes ago
धरानबाट लागुऔषध सहित १ जना पक्राउ

सुनसरी । सुनसरीको धरानबाट लागुऔषध सहित १ जना पक्राउ परेका छन्। धरान उप–महानगरपालिका– २ भानुचोकबाट लागुऔषध सहित १ जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा धरान– १३ का २७ वर्षीय मिलन तामाङ रहेका छ

इराकको बसरामा विष्फोट हुँदा ४ जनाको मृत्यु

  • 1 hour ago
इराकको बसरामा विष्फोट हुँदा ४ जनाको मृत्यु

एजेन्सी । इराकको दक्षिणी शहर बसरामा मङ्गलबार भएको मोटरसाइकल विष्फोटमा चार जनाको मृत्यु हुनाको साथै अन्य चार जना घाइते भएको इराकी सेनाले जनाएको छ ।

वीरगञ्ज सीमामा अनिवार्य स्वास्थ्य परीक्षण

  • 1 hour ago
वीरगञ्ज सीमामा अनिवार्य स्वास्थ्य परीक्षण

वीरगञ्ज । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सम्भावित जोखिमलाई ध्यानदिँदै वीरगञ्ज सीमा क्षेत्रमा ‘हेल्थडेस्क’ स्थापना गरी अनिवार्य स्वास्थ्य परीक्षण थालिएको छ ।



पर्यटन

खुलेको मौसम र गुर्जा गाउँ

खुलेको मौसम र गुर्जा गाउँ

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–१ मा डाँडामा परेको हिमपात र बिहानीमा मौसम खुलेपछि देखिएको गुर्जा गाउँ ।

जीवनशैली

‘मट्का चिया’

‘मट्का चिया’

तुलसीपुर । हातमा मट्का चिया हुन्छ । नजर नाचतिर त्यो पनि म्युजिकसहितको हुन्छ । मट्काको स्वाद र टिकटक बनाउनेको नाचले त्यसै पनि मनोरञ्ज थप्ने गरेको हुन्छ, मट्का चिया घरमा । ‘ओपन रेष्टुरेन्ट’ र ‘नेचुरल’ हावाको आनन्द लिँदै टिकटक बनाउनेको नाच हेर्नेले उत्तिकै मनोरञ्जन लिने गर्छन्, त्यसैले छोटो समयमै चर्चित बन्यो ‘मट्का चिया घर’ ।

विचित्र विश्व

एकैपटक ९०० जना कर्मचारी बर्खास्तीमा परेपछि...

एकैपटक ९०० जना कर्मचारी बर्खास्तीमा परेपछि...

एजेन्सी । कोरोना कालमा बेरोजगारी ठुलो समस्याका रुपमा देखिएको छ । यस्तैमा ठूलो परिमाणमा जागिर खोसेको अनौठो घटना सार्वजनिक भएको छ ।