तनाव कम गर्ने एक अचुक उपाय
- सोमबार, २ बैशाख, २०७६
- 3 years ago
- विचित्र विश्व

एजेन्सी । एउटा अजबगजबको एप बनाइएको छ । उक्त एपबाट तनाब कम हुने अपेक्षा लिइएको छ । वैज्ञानिकहरुले मध्यम र त्योभन्दा कम आयु भएकाहरुको मद्दतका लागि एउटा स्मार्टफोन एप विकसित गरेका छन् । यो एपले बिरामीहरुको मानसिक तथा अन्य गम्भीर स्थितिका रोगहरुलाई स्वयं व्यवस्थापन गर्नका लागि काम गर्ने गर्दछ । यो एपले लगभग तीन महिनाको अवधिमा १० सेशन लिने गर्दछ ।
यो शिलशिलामा रोगीको तनाव, बीमारी, औषधी र रमेग नियन्त्रणका रणनीति आदि जस्ता विषयलाई यो एपले कभर गर्ने गर्दछ । फिजीशियनहरुले यो एपको उपयोग गर्दा टाढाबाट नै रोगीको स्थितिलाई निगरानी (मोनिटर) गर्न सक्दछन् । जब रोग तथा समस्याका बारेमा जानकारी हुने गर्दछ, यो एपले रोगीलाई औषधीका बारेमा जानकारी दिने गर्दछ ।
अमेरिकाको डार्टमाउथ कलेजका अनुसन्धानकर्ताहरुले यो एपको उपयोगीताको परीक्षण गरेका हुन् । उनीहरुले गम्भीर मानसिक रोगबाट ग्रस्त रहेका ५५।३ औसत आयु भएका सहभागिहरु स्मार्टफोनको यो उपयोगीतालाई लिएर सन्तुष्ट भएको पाएका थिए । साथै सीमित प्रविधिका बारेमा ज्ञान भएका रोगीहरुहरुले पनि यो एपलाई सफलतापूर्वक प्रयोग गरिरहेका थिए ।
अमेरिकाको डार्टमाउथ कलेजका अनुसन्धानकर्तामध्येका एक क्यारन फेर्ट्यूनाले भने, गम्भीर मानसिक रोगबाट पीडित वयस्कहरुद्धारा मोबाइल स्वास्थ्यको उपयोग एउटा प्रमिसिङ एप्रोचका रुपमा रहेको छ । जुन अत्याधिक व्यवहारिक र स्वीकार्य छ ।
अनुसन्धानकर्ताहरुका अनुसार यस प्रविधिको पारम्परिक मनोवैज्ञानिक हस्तक्षेप र पीडाको तुलनामा कयौँ फाइदा रहेका छन् । यसमा समयको वितरण, व्यापक प्रचार प्रसार र अधिक मानिसहरुका लागि एकैपटक प्रभाव पार्न सक्ने लगायतका थुप्रै फाइदाहरु समावेश गरिएका छन् ।
उनीहरुले भने, स्मार्टफोन एप्लिकेशन सहभागिताले बिमारी हुनुभन्दा पहिले नै उसको रोकथामका उपायहरुका बारेमा सचेत गराउने सुविधा प्रदान गर्दछ । स्वास्थ्य सेवामा रोग लाग्नुभन्दा अगाडी नै रोगको आत्मव्यवस्थापनलाई तीव्र मात्रामा अपनाउन सकिने छ र हाल मानिसहरुले यस्तो प्रयोग गरिरहेका पनि छन् ।
यो एप डाक्टर र रोगी दुवैका लागि फाइदाजनक मानिन्छ । यस्तोमा डाक्टर र रोगी दुवैका लागि यो अहम् हुने गर्दछ कि, उनीहरु यो तरिका वा प्रविधिको समर्थन गरुन् वा अन्य नयाँ प्रविधिको प्रयोग र विकासमा सक्रिय रुपमा सहभागि हुन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
नेपालले क्यानडाको सामना गर्दै
- 17 minutes ago

काठमाडौं । क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (बुधबार) घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दैछ । दोस्रो एकदिवसीय अन्तर्गत नेपालले बुधबार क्यानडाको सामना गर्न लागेको हो । किङ सिट
कर्णाली प्रदेशसभाको बैठक बिहीबार बस्दै
- 41 minutes ago

काठमाडौं । कर्णाली प्रदेशसभाको असार १२ गतेदेखि स्थगित बैठक अब बिहीबार बस्ने भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले असार १२ गते बसेको कर्णाली प्रदेशसभाको दशौँ अधिवेशनको १८औँ प्रदेशसभा बैठक अवरोध
रामेछाप बस दुर्घटनामा अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त
- 1 hour ago

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार रामेछापमा भएको बस दुर्घटनामा परी १३ जनाको निधन भएको खबरले आफूलाई मर्माहत बनाएको बताएका छन्।
पर्यटन
पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
लिसिचान्स्कमा रुसले कव्जा गरेपछि रूसी अन्तरिक्ष यात्रीहरूले स्पेसमा उत्सव मनाए

एजेन्सी । रुस–युक्रेन युद्ध भएको आज १३२ औं दिन हो । रुसी सेनाले लुहान्स्कको लिसिचान्स्क सहर कब्जा गरेपछि राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनालाई अभिवादन गरेका छन्।