यी हुन् विश्वभर आतंक मच्चाउने धनी र शक्तिशाली आतंकवादी संगठनहरु

Norvic Hospital

अन्तराष्ट्रिय आतंकवादी संगठनहरुले आर्थिक चलखेल कतिमा गर्छन् होला । सबैलाई उत्सुकताको विषय हुनसक्छ । कुनै पनि संगठन पैसाविना चल्दैन । चाहे त्यो घर निर्माण होस् या कुनै पनि सामाग्री किन्न नै किन नहोस् । अझ डरलाग्दा घटना घटाउन झन् धेरै खर्च हुन्छ । आतंवादी संगठनमा पनि भारी रकम खर्च हुने गर्छ । 

 

छिटो पैसाको छलखेल हुने यस्तो संगठनका कार्यकर्तालाई तलब बाढ्न, टे«निङ क्याम्पको विकास गर्न, हातहतियार खरिद गर्न, लामो तथा छोटो दुरीका लागि ठुलै खर्चको आवश्यकता पर्छ । आतंकवादी संगठनहरु ऋण लिदैनन् तथा अदृश्य रुपमा आर्थिक कारोबार गर्छन । न त यिनीहरु कुनै स्टक मार्केटमा नै आवद्ध हुने गर्छन् । 

 

भुमिगत रुपमा अरबौको कारोबार हुने यस्ता संगठनहरुमा लगानी कसले गरिरहेको छ कसैलाई थाहा छैन । भुमिगत रुपमा कारोबार गर्ने यस्ता आतंकवादी संगठनहरुले ठुलो मात्रामा हतियारमा खर्च गर्ने गरेका छन् । 

 

विश्वमा केही यस्ता आतंकवादी संगठनहरु रहेका छन् जो आर्थिक रुपमा निकै बलिया र खतरनाक रहेका छन् । इजरायलमा रहेर सुरक्षा मामिला हेर्ने विज्ञहरुको अन्तर्वार्ताका आधारमा विफोब्र्सले विश्वकै १० धनी आतंकवादी संगठनहरुको सुची निकालेको छ । उनीहरुले लामो समयको अध्ययनपछि यो विवरण बाहिर ल्याएका हुन् ।  

 

१. आइएस 

सन् २००२ मा स्थापना भएको यो आतंकवादी संगठनकाृ वार्षिक कारोबार २ विलियन अमेरिकी डलर रहेको छ । यसको मुख्य आम्दानीको स्रोत भनेको ओइल टे«ड, चन्दा अशुली, अपहरण, बैंक लुट्ने जस्ता रहेका छन् । यो संगठनले इस्लामिक स्टेटको सरकार गठन गरी शासन गर्ने तथा इस्लामिक राष्ट्रहरुमा आफ्नो बर्चस्व कायम राख्ने योजनामा अगाडि बढि रहेको छ । 

 

२. हमास 

यो आतंकवादी संगठनको वार्षिक आर्थिक कारोबार १ विलियन अमेरिकी डलर बराबरको हुने गरेको छ । सन् १९८७ मा स्थापना भएको यो आतंकवादी संगठन प्यालेसनटाइनमा केन्द्रित रहेर आफ्ना गतिबिधिहरु गर्दै आइरहेको छ । सन् २००१ मा इजरायल सेना र सर्वसाधारणमाथि आक्रामण गरी ठुलो क्षति बनाएको थियोृ । यो संगठनले अत्याधुनिक हातहतियार प्रयोग गर्दै आतंक मच्चाउँदै आइरहेको छ । 

 

३. फार्क

कोलम्बियामा रहेर आतंवादी गतिविधि गर्दै आइरहेको यो संगठनको वार्षिक आर्थिक कारोबार ६०० मिलियन डलर भन्दा बढी रहेको छ । विस्तारबादको बारम्बार विरोध गर्दै आइरहेको यस आतंवादी संगठनलाई विभिन्न रुपमा चन्दा आउने अनुमान गरिएको छ । 

 

४. हेजबुल्लाह

लेवनानमा लामो समय सिया मिलिटेडले आतकं मच्चाउँदै आइरहेको हेजबुल्लाह आतंकवादी संगठनको वार्षिक आर्थिक कारोबार ५०० मिलियन अमेरिकी डलरभन्दा धेरै रहेको छ । सन् १९८५ मा स्थापना भएको यो संगठनले लागुपदार्थ ओसारपसारबाट आफ्नो कमाई गर्दै आइरहेको छ ।

 

५. तालिवान

अफगानिस्तानमा सन् १९९६ देखि २००१ म एकछत्र राज गरेको तालिवानको वार्षिक आर्थिक कारोबार ४०० मिलियन डलर रहेको छ । सुन्नी इस्लामिक सारिया कानुन पालन गर्ने यो संगठनलाई केही धनी देशहरुले संरक्षण दिएको अनुमान गरिन्छ । 

 

६. अलकायदा

सन् २००१ मा अमेरिकाको टिवइन टावरमा आक्रमण गरी विश्बभर चर्चा पाएको अलकायदाको वार्षिक कारोबार १५० मिलियन डलर कारोबार हुने गरेको छ । अमेरिकाको आक्रमण पश्चात अलकायदा निकै बलियो भएर विश्वभर कहलिएको थियो । अपहरण, गैरकानुनी व्यवसाय, चोरी जस्ता कार्यहरुबाट पैसा उठाउने काम गर्दै आइरहेको छ । 

 

७. लस्करे तइबा

पकिस्तानमा रहेर आतंकवादी क्रियाकलाप गर्दै आइरहेको यो संगठनको वार्षिक कारोबार १०० मिलियन डलर रहेको छ । अनुदानबाट चलेको यो संगठनको मुख्य लक्ष्य काश्मिरलाई भारतको पकडबाट छुटाइ पाकिस्तानमा गाभ्नु हो । 

 

८ अलसबाब

सोमालियाको सबैभन्दा ठुलो आतंकवादी संगठन हो अलसबाब । बार्षिक ७० मिलियन आर्थिक कारोबार गर्ने यो संगठनको मुख्य लक्ष्य भनेको इस्लामिक क्यालिफेट स्थापना गर्नु हो । अपहरण, गैरकानुनी व्यवसाय, चोरी जस्ता कार्यहरुबाट पैसा उठाउने काम गर्दै आइरहेको छ । 

 

९. रियल आइरा 

वर्षिक ५० मिलियनभन्दा बढी कारोबार गर्ने यो आतंकावादी संगठन उत्तर आयरल्याण्ड, युकेमा केन्द्रित रहेर आफ्ना गतिबिधि सञ्चालन गर्दै आइरहेको छ । यसको कमाई पनि स्मगलिङ, गैरकानुनी व्यापार, अनुदान रहेका छन् । 

 

१०. बोको हराम

अफ्रिका केही देशहरुमा पश्चिमी शिक्षा लिनु पाप हो भन्दै आफ्नो संगठन स्थापना गरेको बोको हरामको वार्षिक आर्थिक कारोबार ५२ मिलियन रहेको छ । अपहरण, कसैलाई स्वतन्त्र बनाए बाफत आउने रकम, कर, बैंक लुट्ने जस्ता गतिबिधिबाट कमाइ गर्दै आइरहेको छ । 

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

साफ फाइनलः नेपाललाई ३-० गोलले हराउँदै भारत च्याम्पियन

  • 6 hours ago
साफ फाइनलः नेपाललाई ३-० गोलले हराउँदै भारत च्याम्पियन

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । शनिबार राति भएको फाइनल खेलमा नेपाललाई ३-० गोलले हराउँदै भारत आठौं पटक च्याम्पियन बनेको हो ।

साफ फाइनलः नेपालविरुद्ध भारत २-० ले अगाडी

  • 7 hours ago
साफ फाइनलः नेपालविरुद्ध भारत २-० ले अगाडी

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारतले प्रतिस्पर्धा गर्दैछन् ।

साफ च्याम्पियनसिप फाइनलः पहिलो हाफ बराबरीमा सकियो

  • 7 hours ago
साफ च्याम्पियनसिप फाइनलः पहिलो हाफ बराबरीमा सकियो

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारतले प्रतिस्पर्धा गर्दैछन् ।



पर्यटन

मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

एजेन्सी । कोभिड १९ को सङ्क्रमणका कारण विगतको समयमा पर्यटकहरुको आगमन रोकिएको मालदिभ्समा यस वर्ष भने ९ लाख भन्दा बढी पर्यटक आएका छन् ।यहाँको पर्यटन मन्त्रालयले दिएको जानकारीअनुसार यस वर्ष मालदिभ्समा नौ लाख ५ हजार पर्यटक आएका छन् । सो मन्त्रालयले अघिल्लो वर्ष सन् २०२० को यो अवधिको भन्दा १२२ प्रतिशतले बढी पर्यटक मालदिभ्स भित्रिएका हुन् । अघिल्लो वर्ष अर्थात् सन् २०२० मा यहाँ पर्यटक नै आएका थिएनन् ।

जीवनशैली

स्वादिलो भुटन कसरी बनाउने ?

स्वादिलो भुटन कसरी बनाउने ?

एजेन्सी । नेपालमा चाड­पर्वमा मासु तथा विभिन्न थरिका परिकारहरु बन्दछन्। मासु साह्रै लोकप्रिय छ हामी सबै नेपालीहरुलाई। नेपालको सबैभन्दा बढी प्रयोगमा आउने खसीको मासु हो। सारा विश्वमै खसी र बाख्राको परिकारहरु लोकप्रिय छन्, कहीँ यसको दूध बढी उपयोगमा ल्याइन्छ, त कहीँ त्यसबाट बनेको चिज भने कहीँ यसको मासु।

विचित्र विश्व

यी हुन् विश्वकै अग्ली महिला !

यी हुन् विश्वकै अग्ली महिला !

एजेन्सी । सात फिटभन्दा बढी उचाई भएकी टर्कीकी एक महिलाले सबैभन्दा अग्लो जीवित महिलाको रुपमा नयाँ विश्व रेकर्ड बनाउन सफल भएकी छन् । यी महिलाको नाम रुमेसा गेलगी हो ।