थाइल्याण्डको आन्दोलन अनुगमन गरिरहेको मानवअधिकार आयोगको भनाई

एजेन्सी । संयुक्त राष्ट्रंघीय मानवअधिकारसम्बन्धी उच्च आयोगले थाइल्याण्डको आन्दोलनलाई नजिकबाट अनुगमन गरिरहेको जनाएको छ । थाइल्याण्डको आन्दोलनलाई नजिकबाटै अनुगमन गरिरहेको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले जानकारी दिएका हुन् ।

 

उनले संयुक्त राष्ट्रसंघको त्यस अनुगमनबाट हेर्दा थाइल्याण्डका नागरिकले शान्तिपूर्ण रुपमा आन्दोलन गर्न पाउनुपर्ने पनि बताएका छन् । संयुक्त राष्ट्रसंघका महासचिव गुटर्रेसका प्रवक्ता डुजारिकले पत्रकार सम्मेलनमा भनेका थिए– हामीले यस आन्दोलनलाई धेरै नै नजिकबाट अनुगमन गरिरहेका छौँ, यहाँका प्रदर्शनकारी र यहाँका सरकारी अधिकारीहरुको निकटमै रहेर हामीले यस आन्दोलनको अनुगमन गरिरहेका छौँ ।  

 

उनले संसारमा नै हरेक देशका नागरिकहरुले आफ्ना मागहरु राखेर प्रजातान्त्रिक रुपमा र शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने अधिकार रहेको पनि बताए । हरेक नागरिकले बिना हातहतियार शान्ति पूर्ण रुपमा प्रदर्शन गरेर आफ्ना मागहरु राख्ने अधिकार पाउने र त्यो अधिकार थाइल्याण्डले पनि दिनुपर्ने उनले बताए । उनले सो पत्रकार सम्मेलनका क्रममा थाइ सरकारलाई आन्दोलन गर्ने नागरिकको अधिकार नखोस्न बारम्बार भनेका थिए ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कञ्चनपुरमा २ जनाको शव फेला

  • 10 minutes ago
कञ्चनपुरमा २ जनाको शव फेला

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मालुमेलास्थित जंगलमा आज बिहान २ जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जंगलमा कैलालीको गोदावारी नगरपालिका–११ का १५ वर्षीय टेकबहादुर

कोरोना सङ्क्रमणबाट एक जना वृद्धको मृत्यु

  • 21 minutes ago
कोरोना सङ्क्रमणबाट एक जना वृद्धको मृत्यु

झापा । कोरोना सङ्क्रमणबाट झापा गौरीगञ्ज गाउँपालिका–६ का एक वृद्धको मृत्यु भएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा ७३ वर्षीय सङ्क्रमित वृद्धको मृत्

तनहुँका सेरावासी टर्कीपालनतर्फ आकर्षित हुँदै

  • 1 hour ago
तनहुँका सेरावासी टर्कीपालनतर्फ आकर्षित हुँदै

तनहुँ । तनहुँको व्यास नगरपालिका–११ सेरावासी टर्कीपालन व्यवसायतर्फ आकर्षित हुँदै गएका छन् । तीन वर्षअघि स्थानीय कृष्णप्रसाद पौडेलले बुटवलबाट ५० वटा टर्की ल्याएर पाल्दा राम्रो आम्दानी भएपछि त्यहाँ टर्की



पर्यटन

कस्यप ताल

कस्यप ताल

पाेखरा । पोखरा– २४ स्थित कस्यप ताल । करिब ५५ रोपनी क्षेत्रफलमा फैलिएकोे यस ताल कस्यप ऋषिले स्नान गर्ने गरेकोे धार्मिक र ऐतिहासिक महत्त्व रहे पनि तालको पर्याप्त संरक्षण हुन सकेको छैन । तस्बिर जमुनावर्षा शर्मा ÷रासस

जीवनशैली

आयुर्वेदिक उपचारमा आकर्षण

आयुर्वेदिक उपचारमा आकर्षण

काठमाडौं । कोभिड–१९ महामारीकाबीच पछिल्लो समयमा आयुर्वेदिक उपचारमा नागरिकको आकर्षण बढ्दै गएको छ । आयुर्वेदिक उपचारले साइड इफेक्ट पनि नहुने भएकाले यसतर्फ नागरिकको आकर्षण बढ्दै गएको हो ।

विचित्र विश्व

एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाए

एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाए

परासी । यहाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक बुबाले छोराको चौरासी पूजा गरेका हुन् । बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न पाइन्छ । सुनवल नगरपालिका–१२ हरकट्टाका १०८ वर्षीय केशवराज ज्ञवालीले आफ्ना जेठा छोरा दधिरामको आज चौरासी पूजा गराउँदै अरुलाई आशिष पनि दिए ।