‘दि हिमालयन’को लोकार्पण

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital
फोटोः सुरेन्द्र थापा

काठमाडौँ। नर प्रधान ‘मित्र’द्वारा लिखित पुस्तक ‘दि हिमालयन’ लोकार्पण गरिएको छ। नयाँ बानेश्वरस्थित दि एभरेष्ट होटलमा एक विशेष समारोहबीच आइतबार राष्ट्रिय गानका सर्जक व्याकुल माइलाको प्रमुख आतिथ्यतामा पुस्तक ‘दि हिमालयन’ लोकार्पण गरिएको हो।

 

जंगवीर गुभाजु श्रेष्ठ प्रतिष्ठानको आयोजनामा भएको लोकार्पण समारोहमा कार्यक्रमका प्रमुख अतिथिसहित सभापति बाबुराम श्रेष्ठ ‘बर्षा’, लेखककी आमा पदममाया प्रधान, इन्ट्रा फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारी, बरिष्ठ साहित्यकार डा. दामोदर पुडासैनी, पद्मकन्या क्याम्पसकी उपप्राध्यापक अनुपमा रेग्मी लगायतले पुस्कको लोकार्पण गरेका थिए।

 

यो पुस्तकको अंग्रेजी संस्करण अमेरिकामा यसअघि नै विमोचन भइसकेको छ भने नेपाली संस्करण आइतबार लोकार्पण गरिएको हो। पुस्तकको नेपाली अनुवाद जितेन्द्र श्रेष्ठले गर्नुभएको छ। पुस्तकका लखेक नर प्रधान भुटानी मूलका अमेरिकन नागरिक हुन्।

 

जितेन्द्र श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको कार्यत्रममा इन्ट्रा नेशनल वेयलफेयर एण्ड सर्पोट फाउण्डेशन अफ अमेरिकाका अध्यक्ष डिल्लीराम अधिकारी, वरिष्ठ साहित्यकार डा. दामोदर पुडासैनी, अनुपमा रेग्मी, प्रमुख अतिथि व्याकुल माइलाले आ–आफ्ना भनाइ राख्दै पुस्तकमाथि प्रकाश पार्नुभएको थियो। उनीहरूले पुस्तकमा आफ्नो देश, आफ्नो गाउँ समाज र सम्पूर्ण श्रीसम्पती छोडेर अन्धकार भविश्यको पछि लाग्नुको पिँडालाई स्रष्टा प्रधानले कृतिमा समावेस गरेको बताए।

 

पुस्तकमा शिविरका दुःख, दैनिकी र अमेरिकामा गरेको संघर्षलाई बढो कलात्मक ढंगबाट स्रष्टा प्रधानले पाठकमाझ पस्किएको मन्तव्यका क्रममा अतिथिहरूले राखेका थिए। उनस्हरूले स्रष्टा प्रधानलाई नेपालीमा कृति अनुवाद गरेर नेपाली पाठकमाझ ल्याएकोमा बधाई तथा शुभकामना पनि दिएका थिए।

 

पुस्तकमा लेखक प्रधानले ‘बुबासँगको बाल्यकाल’, ‘बुबाबिनाको जीवन’, ‘बालबालिकाको काम (एक नागरिकदेखि शरणार्थीसम्म)’, ‘एउटा शिविरबाट अर्को शिविरको यात्रा’, ‘दोस्रो दर्जाका मानिसहरू, ‘अमेरिका प्रस्थान’, ‘क्लिभ ल्याण्ड मेरो नयाँ गाउँ’, ‘गोप्य प्रेम कथा’, ‘व्यापारको अनुभव’, ‘अरुलाई सहायता गर्ने मेरो इच्छा’ र ‘मेरो जीवनीबाट सिक्न सकिने पाठहरू’ जस्ता ११ शीर्षकमा विभिन्न घटनाक्रमलाई कथानक रुपमा प्रस्तुत गरेका छन्।

 

स्रष्टा प्रधानले आफ्नो पुस्तक शरणर्थी जीवनको बारेमा अध्ययन अनुसन्धान गर्न एक राम्रो सन्दर्भ सामाग्रीको रुपमा सुरक्षित हुने विश्वास व्यक्त गरे। उनले भने, ‘हामी भुटानमा जन्मिए पनि हाम्रो रगतमा नेपाली पन छ, हाम्रो भाषा, संस्कृति, संस्कार, परम्परा नेपाली हो। हाल अमेरिकी नागरिक भएपनि आमाको विशेष चाहाना भएकोले पुस्तकलाई नेपाली भाषामा अनुबाद गरि पाठकमाझ ल्याएको छु, यो पुस्तकमा भुटानदेखि अमेरिकासम्मको यात्राका विभिन्न सन्दर्भ प्रस्तुत गरेको छु।’ कोरोना संक्रमणको समयमा क्यारेन्टाइनको समयलाई सदुपयोग गरेर अंग्रेजी भाषामा पुस्तक तयार भएको र अमेजनमार्फत राम्रो बिक्री भइरहेको पनि उनले सुनाए।

 

सञ्चारकर्मी नरेश भट्टराईले सहजिकरण गरेको समारोहमा साहित्यिक व्यक्तित्वहरू, गीत संगीतका स्रष्टाहरू, चलचित्रकर्मी, समाजका विभिन्न व्यक्तित्वहरू र सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमको संयोजकमा रोशन श्रेष्ठ र दीपेन श्रेष्ठ रहेका थिए।

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

गठबन्धनको सामना गर्न एमाले तयारः अध्यक्ष ओली

  • 2 hours ago
गठबन्धनको सामना गर्न एमाले तयारः अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनसँग आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्न एमाले तयार रहेको बताएका छन् ।

नागरिकता विधेयक हुबहु पारित, पक्षमा १३५ र विपक्षमा ६० मत

  • 2 hours ago
नागरिकता विधेयक हुबहु पारित, पक्षमा १३५ र विपक्षमा ६० मत

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नागरिकता ऐन २०६३ को संशोधन विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित भएको छ ।

माओवादी केन्द्रको महासचिव गुरुङ, उपमहासचिवमा पुन, शर्मा र पोखरेल!

  • 4 hours ago
माओवादी केन्द्रको महासचिव गुरुङ, उपमहासचिवमा पुन, शर्मा र पोखरेल!

काठमाडौँ। महाधिवेशन भएको लामो समयसम्म पनि पदाधिकारी चयन गर्न नसकेको नेकपा माओवादी केन्द्रले बिहीबार नै बस्ने बैठकमा पदाधिकारी चयन गर्दैछ। पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने बैठकले पदाधिकारी टुंग्याउन



पर्यटन

चिटिक्क घार गाउँ

चिटिक्क घार गाउँ

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ नम्बर वडामा पर्ने घार गाउँको बस्ती । परम्परागत ढुङ्गा र हरियो रङ्गको जस्तापाताले छाएका घरले गाउँलाई चिटिक्क देखाएकोे छ ।

विचित्र विश्व

३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

एजेन्सी । पाकिस्तानसँगको विवादित सीमामा रहेको हिमनदीमा ३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला परेको छ । भारत स्वतन्त्रता दिवसको ७५ औँ वार्षिकोत्सव मनाएको दुई दिनपछि भारतीय सेनाको एक इकाईले बुधबार बिहानै भारतीय झण्डामा बेरिएको चन्द्र शेखरको कफिनको तस्बिर ट्वीट गरेको छ ।