चोरले यी चर्चिच कलाकारहरुलाई पनि छोडेनन्
- सोमबार, ६ असोज, २०७६
- 3 years ago
- कला र मनोरञ्जन

एजेन्सी । सामान्य मानिसका झै केही बलिउड सेलिब्रिटीहरुको सामान चोरी हुने गरेको छ । कति स्टारको त घरमा काम गर्ने नोकरहरुले महँगा समानहरु चारिदिएका छन् ।
केही सेलिब्रिटीका समानहरु एयरपोर्टबाट चोरी भएका छन् । टाइट सुरक्षामा हुदाँ समेत उनीहरुको सामान चोरहरुले सजिलै चोर्ने समेत गरेका छन् । कुन सेलीब्रिटीको सामान कसरी चोरले चोरे आउनुहोस् हेरौ ।
१. करिना कपुर
सन् २००९ मा करीना कपुरको घरमा चोरी भएको खबर बाहिर आएको थियो । घरमा काम गर्ने नोकरले करिनाको मोतिको एक थान सेट र रिंङ तथा डेढ लाख रुपैया चारेका थिए । करिनाको घरबाट चोरले करिब साढे २ लाख रुपैया चोरेको बताइएको थियो ।
२. सुनील सेट्टी
फिल्म ‘नो प्रोबोलम’ को सुटिङको दौरान जोहान्सबर्गमा सुनील सेट्टीको सामानहरु चोरी भएका थिए । डरबनमा उनको करिब ६० हजार डलर चोरले लुटेको थियो ।
३ काजोल
बलिउड अभिनेत्री काजोल घरबाट सन् २०१३ मा १७ वटा सुनका चुरा चोरि भएका थिए । यो कुरा उनलाई तब थाहा भयो जब उनले ती गहनाहरु करवा चौथीमा लगाउन दराज खोलेकी थिइन् । प्रहरीले अनुसन्धान गरेपश्चात घरमा काम गर्नेहरुले चोरी गरेको रहस्य बाहिर आएको थियो ।
४. नेहा घुपिया
नेहा धुपिया अहमदाबादमा एउटा कारको लन्च इभेन्टमा पुगेकी थिइन् । तब उनको आइपेड चोरी भएको थियो । उनी आफ्नो म्यानेजरसँग कारमा आएकी थिइन् । बाहिर भिड भएका बेला उनको आइपेड कसले चोर्यो थाहै नभएको उनले बताएकी थिइन् ।
५. मनस्वी ममगई
एक्सन ज्याक्सन फिल्मबाट आफ्नो करिअर सूरु गरेकी मनस्बीको हङकङ एयरपोर्टमा झोला चोरी भएको थियो । उनको ह्याण्ड ब्यागमा डिजाइनर डे«ेसिस र मँहगा ज्वेल्र्स रहेको उनले बताएकी थिइन् ।
६. सोनाम कपुर
सोनाम कपुरको हालै ५ लाख रुपैयाको हिराको हार चोरी भएको छ । उनकै घरबाट चोरी भएको सोनाम कपुरकी आमाले बताएकी छिन् । उनले यसबारे प्रहरीमा उजुरी समेत दिएकी छिन् ।
७. शक्ति कपुर
बलिउडमा खतरनाक लुक भएका शक्ति कपुर पनि चोरबाट पिडित भएका मध्ये एक हुन् । उनलाई चोरले पिटेर घाइते समेत बनाएको थियो । चोरले उनको कानमा लगाएको रिङ तानको थियो । यो घटना बैंककबाट कानपुर फर्कैदै गर्दा भएको थियो । उनको कानमा लगाएको रिङको मुल्य ५ लाख पर्ने बताइएको थियो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
काठमाडौँ महानगरले मिटरब्याजी पीडितलाई खुलामञ्चमा पस्न र बस्न दिएन
- 3 hours ago

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले महोत्तरीबाट आएका मिटरब्याजी पीडितहरूलाई खुलामञ्चमा पस्न रोक लगाएको छ। महानगरले खुलामञ्चको गेटमा ताल्चा लगाएर उनीहरुलाई पस्न रोक लगाएको हो। गत चैत २ गते महोत्तर
'सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ '
- 3 hours ago

काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई सात दिनभित्र सवारी चालक अनुमतिपत्र प्रदान गर्ने तयारी गरिएको बताएका छन् ।
'नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिन्छ'
- 3 hours ago

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिने बताएका छन् । नेपाल नेत्रज्योति सङ्घको ४५औँ स्थापना दिवसका अवसरमा उनले केन्द्र, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा नेपाललाई
पर्यटन
दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो याममा २१ वन्यजन्तुको सिकार हुने भएको छ । बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनीमार्फत १२ नाउर र नौ झारलको सिकार हुने छ ।
जीवनशैली
वासन्ती छठ पर्वको निराहार व्रत आज

मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ पर्व मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन बर्तालुले निराहार व्रत सुरु गरेका छन् ।
विचित्र विश्व
'युक्रेनलाई हतियार दिएर रुसलाई हराउन सकिँदैन'

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष बितिसक्दा पनि जारी छ । यसैबीच रुसले पनि पटकपटक आणविक आक्रमण गर्ने धम्की दिदैँ आइरहेको छ ।