एक यस्ता चोर जसले राष्ट्रपति भवन नै बेचिदिए
- शनिबार, १९ साउन, २०७५
- 3 years ago
- विचित्र विश्व

एजेन्सी । उनको नाम नै छ काफी । ठगको पर्यावाची नाम हो नटवरलाल । उनको नामलाई लिएर विभिन्न उखान समेत दिने गरिन्छ ।
नब्बेको दशकमा एकपछि अर्को गर्दै ठगीको समाचारहरु बाहिर आउन थाले । यसको रहस्य बाहिर आएपछि नटवरलाल एकाएक चर्चीत बने ।
कानुनको नजरमा नटरवरलाल दोषी ठहरिए पनि उनी यसलाई समाज सेवा मान्थे ।
आफ्नो पुर्ण जीवनमा उनले करोडौँ रुपैयाँ ठगे । उनले मानिसहरुलाई झुट बोलेर पैसा लिने गर्थे । उनी भन्थे,‘मेरो कुरा विश्वास गरेर उनीहरु मलाई पैसा दिन्थे । यसमा मेरो के दोष ।’
नटवरलाले दाबी गर्दै भनेका थिए,‘यदी सरकारले अनुमति दिएमा ठगीकै भरमा म देशको विदेशी ऋण तिरिदिनेछु ।’
ठगीकै कारण उनी मोस्टवान्टेड सुचीमा रहेका उनले विभिन्न सरकारी अड्डा, कार्यालयलाई धेरैपटक बेचे ।
नटरवरलालको असली नाम मिथिलेस कुमार श्रीवास्तव थियो । उनी पेशाले एक वकिल थिए । मिडिया रिपोर्टका अनुसार उनको जन्म भारतको सिवान जिल्लामा भएको थियो । आज उक्त गाउँमा नटवरलाललाई दन्त कथामा मानिसहरु सम्झने गर्छन् । उनले भारतका कैयौ ऐतिहासिक धरोहरहरु बेचे । त्यो पनि धेरै पटक ।
नटरवरलालले तीनपटक ताजमहल, दुईपटक लाल किल्ला र एकपटक राष्ट्रपति भवन बेचे । यतिमात्र नभइ उनले एकपटक त भारतको संसद भवन पनि बेचिदिए । उनी भेष बदल्न माहिर थिए । उनले एक पटक राष्ट्रपति राजेन्द्र प्रसादको भर्जी हस्ताक्षर गरेर ठगी गरेका थिए । ‘नटवरलाल’ उनको १२ नाममध्येको एक नाम हो ।
भनिन्छ नटवरलालले धिरुभाइ अम्बानी, रतन टाटा, बिर्ला लगायत धेरै सरकारी अधिकारीहरुलाई समेत ठगेका थिए । नटवरलाल पक्राउ पनि परे । उनलाई ११३ वर्षको जेल सजाय पनि भयो । उनविरुद्ध आठ राज्यमा १०० भन्दा बढी मुद्धा दर्ता भएका थिए ।
उनी आफ्नो जीवनकालमा ९ पटकसम्म पक्राउ परे ।
तर, कुनै न कुनै उपाय लगाएर उनी प्रहरीको नियन्त्रणबाट उम्किन सफल रहे ।
अन्तिम पटक जब उनी प्रहरी नियन्त्रणबाट भागे तब उनको उमेर ८४ वर्षको थियो ।
२४ जुलाई १९९६ मा उनलाई कानपुर जेलबाट एम्स अस्पताल उपचारका लागि ल्याइएको थियो । नयाँ दिल्ली स्थिति रेल्वे स्टेशनमा प्रहरीलाई झुक्काएर उनी भाग्न सफल भएका थिए । यो घटना पश्चात उनलाई कसैले पनि देखेन । नटवरलालले मरेको नाटक गरेर मानिसलाई ठग्ने काम गरे ।
सन् २००९ मा उनको वकिलले नटवरलालविरुद्ध लगाइएका आरोपहरु खारेज गर्न याचिका दायर गरेका थिए । २५ जुलाई २००९ मा नटवरलाल मरिसकेको उनले दाबी गरेका थिए । तर, नटवरलालको भाइका अनुसार उनको मृत्यु १३ वर्ष अगाडि १९९६ मा भइसकेको थियो ।
उनको जीवनबाट प्रेरित रहेर बलिउडमा मिस्टर नटवरलाल फिल्म पनि बनेको थियो जुन सफल पनि रह्यो । पछिल्लो समय इमरान हास्मीको राजा नटवरलाल फिल्म पनि बनेको थियो । नटवरलालबारे दुई खाले विचारहरु छन् । उनी एक दयावान व्यक्ति भएको र समाजको सेवा गर्थे भन्ने एकथरीको भनाइ छ भने अर्काथरी उनी अपराधी भएको बताउँछन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
एक हप्ता नबित्दै वामदेव गौतम पार्टीबाट निष्कासित
- 6 hours ago

काठमाडौं । नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम आफैले घोषणा गरेको नेकपा एकता राष्ट्रिय अभियान पार्टीबाट निष्कासित भएका छन् । असार १४ गते मंगलबार घोषणा भएको पार्टीमा आबद्ध चार दलले पार्टी संयोज
बिजुली निर्यात गरी व्यापार घाटा न्यूनीकरण गर्न सकिन्छः मन्त्री भुसाल
- 8 hours ago

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बिजुली निर्यात गरेर विद्यमान व्यापार घाटा न्यूनीकरण गर्न सकिने बताएकी छन् । ललितपुरमा आज आयोजित कार्यक्रममा उनले नेपालमा जलविद्युत्को
न्यूयोर्कका सार्वजनिक स्थलमा बन्दुक बोक्न नपाइने
- 8 hours ago

एजेन्सी । सर्वोच्च अदालतको आदेशपछि न्यूयोर्क राज्य सरकारले धेरै सार्वजनिक स्थानमा बन्दुक बोक्न नपाउने नियम लागू गरेको छ ।
पर्यटन
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।
जीवनशैली
धेरै फेसबूक चलाउने मानिस दुखी हुन्छन् !

एजेन्सी । फेसबूकले स्वास्थ्य चेतावनी दिनुपर्छ शायद । सामाजिक सञ्जालमा धेरै समय बिताउने बालबालिका खुशी नहुने एक अध्ययनले देखाएको छ ।
विचित्र विश्व
कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

एजेन्सी । विश्वमा कैयौं रहस्यहरु लुकेर रहेका छन् । हाम्रा नजिक पनि यस्ता कैयौं रहस्यमयी स्थानहरु रहेका छन् । यसका साथै यी विश्वमा यस्ता स्थानहरु पनि रहेका छन् जसको बारेमा पत्ता लाग्न सकेको छैन र रहस्यमयी नै रहेको छ । यसै सन्दर्भमा ती विश्वका ५ स्थानहरुबारे चर्चा गरौँ ।