थाइल्यान्डमा 'थाइल्यान्ड जनताको हो' अंकित प्लेट जडान गर्दै सरकारविरुद्ध प्रदर्शन

file photo

एजेन्सी । थाइल्यान्डमा वर्षौंपछि राजतन्त्रको कडा विरोध गरिएको छ । विरोध गर्ने क्रममा सरकार विरोधी प्रदर्शनकारीले आइतबार ‘थाइल्यान्ड जनताको हो’ भन्ने वाक्यांश लेखिएको प्लेट जडान गर्दै प्रदर्शनमा उत्रिएका हुन् ।

 

थाई नरेश महा भाजिरालोन्गकोर्नलाई पछिल्लो चुनौती दिने क्रममा सो प्लेट राजधानी बैंकक नजिकको ग्रायन्ड प्यालेस नजिक राखिएको छ ।

 

थाइल्यान्डमा गत जुलाईदेखि विद्यार्थीहरूको नेतृत्वमा मुलुकमा राजतन्त्र र राजनीतिक प्रणालीको सुधारको आह्वान गर्दै सडक प्रदर्शन भइरहेका छन् ।

 

प्रदर्शनका क्रममा हजारौं प्रदर्शनकारीले स्थानीय निकायका प्रचलित नियम कानुनको अवज्ञा समेत गरेका छन् ।

 

आइतबार बिहान प्रदर्शनकारी विद्यार्थीहरूले सानाम लुआंग अर्थात् रोयल फिल्ड नजिक उक्त ऐतिहासिक ‘पिपुल्स प्लेट’ जडान गरेका हुन्।

 

 

अन्तर्राष्ट्रिय सञ्चार निकाय रोयटर्सका अनुसार थाई सरकारले प्रदर्शनकारीविरुद्ध कुनै बल प्रयोग नगर्ने बताएको छ । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

धापासीमा छुरा प्रहार गरी एक युवकको हत्या

  • 6 minutes ago
धापासीमा छुरा प्रहार गरी एक युवकको हत्या

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका –५ धापासीमा छुरा प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । गोरखा घर भई सोही ठाउँमा बस्ने २४ वर्षीय आशिष मगरको मृत्यु भएको हो ।

पिङ खेल्न गएकी बालिकालाई बलात्कार गर्ने बालक पक्राउ

  • 38 minutes ago
पिङ खेल्न गएकी बालिकालाई बलात्कार गर्ने बालक पक्राउ

धादिङवेशी । पिङ खेल्न गएकी बालिकालाई बलात्कार गर्ने एक बालक पक्राउ परेका छन् । पिङ खेल्न गएकी ४ वर्षीया बालिकालाई बलात्कार गर्ने १४ वर्षीय बालक पक्राउ परेका हुन् ।

धादिङमा स्करपियो दुर्घटना हुँदा ५ जना घाइते

  • 43 minutes ago
धादिङमा स्करपियो दुर्घटना हुँदा ५ जना घाइते

धादिङवेशी । धादिङमा स्करपियो दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । बुटवलबाट काठमाडौँ जाँदै गरेको स्करपियो पृथ्वीराजमार्गस्थित धादिङको सलाङघाटमा दुर्घटना भएको हो ।



पर्यटन

कस्यप ताल

कस्यप ताल

पाेखरा । पोखरा– २४ स्थित कस्यप ताल । करिब ५५ रोपनी क्षेत्रफलमा फैलिएकोे यस ताल कस्यप ऋषिले स्नान गर्ने गरेकोे धार्मिक र ऐतिहासिक महत्त्व रहे पनि तालको पर्याप्त संरक्षण हुन सकेको छैन । तस्बिर जमुनावर्षा शर्मा ÷रासस

जीवनशैली

सम्बन्ध तोडिनुको मुख्य ४ कारणहरु

सम्बन्ध तोडिनुको मुख्य ४ कारणहरु

एजेन्सी । मानिस मायाको महत्व भुल्ने गर्दछन् । जसकारण सम्बन्ध जोडिनुभन्दा तोडिने गर्छ । यद्यपी सम्बन्ध खराब हुनुका थुप्रै कारण हुनसक्छ । तर मुख्य कारण भने मनमुटाव रहेको छ ।

विचित्र विश्व

एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाए

एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाए

परासी । यहाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक बुबाले छोराको चौरासी पूजा गरेका हुन् । बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न पाइन्छ । सुनवल नगरपालिका–१२ हरकट्टाका १०८ वर्षीय केशवराज ज्ञवालीले आफ्ना जेठा छोरा दधिरामको आज चौरासी पूजा गराउँदै अरुलाई आशिष पनि दिए ।