पुनःनिर्माणका लागि एक लाख घनफिट काठ आपूर्ति

फाइल फाेटाे

काठमाडौँ । ‘दि टिम्बर कर्पोरेसन अफ नेपाल लिमिटेड’ले भूकम्पबाट क्षति भएका निजी घर र सम्पदाको पुनःनिर्माणका लागि हालसम्म एक लाख चार हजार ११२ घनफिट परिमाणको चिरान काठ आपूर्ति गरिसकेको जनाएको छ ।

 

अझै निजी घर निर्माणका लागि एक लाख ६८ हजार घनफिटभन्दा बढी र सम्पदा पुनःनिर्माणका लागि ५० हजार घनफिट चिरान काठ माग आएपनि टिम्बरले काठको सीमितताका कारण समयमै आपूर्ति गर्न सकेको छैन ।

 

सम्पदा पुनःनिर्माणका लागि माग भएको परिमाणमध्ये काठमाडौँका काष्ठमण्डप र त्रिपेश्वर महादेवको मन्दिरको मात्रै आधा हिस्सा छ । आलोपालो काठ आपूर्ति गर्दा पुनःनिर्माणमा अवरोध नआएको र समस्या नदेखिएको टिम्बरले जनाएको छ ।  

 

भूकम्पपीडितका घर निर्माणका लागि हालसम्म ८८ हजार ५३४ घनफिट र सम्पदा पुनःनिर्माणमा १५ हजार ५७८ घनफिट चिरान काठ आपूर्ति गरिएको टिम्बरका महाप्रबन्धक राजु लौडारीले जानकारी दिए । 

 

टिम्बरले भूकम्पपीडितका निजी घर निर्माणका लागि आर्थिक वर्ष २०७३/७४ मा चार हजार चार घनफिट, आव २०७४/७५ मा ५८ हजार ३९१ घनफिट र आव २०७५/७६ मा २६ हजार १३९ घनफिट चिरान काठ उपलब्ध गराएको छ । 

 

पन्ध्र हजार घनफिट काठ आपूर्ति

 

सम्पदा पुनःनिर्माणमा टिम्बरले काठमाडौँको श्री शक्ति उपासना पिठ भुवनेश्वरी मन्दिरलाई ३००, काठमाडौंको पाटी निर्माण यालग टोल विकास संस्थालाई ८१, पोखराको आत्मज्ञान प्रचार सङ्घलाई ४००, काठमाडौँको बटु भद्रकाली मन्दिरलाई ४१७, काठमाडौँको श्री आर्याबलोकितेश्वरी सुधार समिति सेतो मच्छिन्द्रनाथ मन्दिरलाई १४४२ र नेपाल सेना घोडा तबेलालाई ५१०९ घनफिट चिरान काठ आपूर्ति गरिसकेको छ । 

 

त्यस्तै काठमाडौँको पशुपति क्षेत्र विकास कोष नरसिंह मन्दिर पुनःनिर्माणमा २१३, ललितपुरको हरिसिद्धी सत्फल्चा जीर्णोद्वारमा १२५, नुवाकोटको  भैरवी मन्दिरमा १३७९, काडमाडौँको काष्ठमाण्डप पुनःनिमार्णमा २२२०, काठमाडौँ त्रिपुरेश्वर महादेव मन्दिरलाई ६१५, भक्तपुरको तलेजु भवानी मन्दिरलाई ५९१ र ललितपुरको रातो मच्छिन्द्रनाथ पुनःनिर्माणमा ५९९ घनफिट चिरान काठ उपलब्ध गराइसकेको महाप्रबन्धक लौडारीले जानकारी दिए ।   

 

काठमाडौँको सनी सङ्कटा मन्दिरले ५०, भक्तपुरको कालडोल भासिमा मन्दिरले ७४, रामेछापको पाँच पोखरी बिटिजेभिले २०३, भिमसेन मन्दिरले २५, उत्तरगया क्षेत्रविकास (राम मन्दिर) ले १४, काठमाडौँको खगेन्द्र नवजीवन विषेश शिक्षा माविले ९६, पञ्चेश्वरी मन्दिरले ८, करुणमय  पिठ मन्दिरले २९७, गोरखाको मनकामना मन्दिरले ५०२, अशोक विनायक मरु गणेशले ५१६ र डोटीको केदारेश्वर मन्दिरले ३०४ घनफिट चिरान काठ पुनःनिर्माणका लागि लगेको तथ्याङ्कमा उल्लेख छ ।

 

समयमै माग नआउँदा समस्या

 

सरकारले भूकम्पपीडितका लागि काठ उत्पादन तथा आपूर्ति र व्यवस्थापन निर्देशिका, २०७२ बमोजिम सहुलियत दरमा काठ उपलब्ध गराउँदै आएको छ । सो निर्देशिकाअनुसार टिम्बरले भूकम्पपीडितलाई प्रतिपरिवार ५० घनफिट परिमाणको चिरान काठ प्रति घनफिट रु २७६० का दरले बिक्रीवितरण गर्दै आएको छ । बजारमा चिरान काठ प्रति घनफिट रु पाँच हजार ५०० भन्दा बढीमा बिक्री भइरहेको छ ।

 

त्यस्तै सम्पदा पुनःनिर्माणका लागि औसतमा प्रति घनफिट चिरान काठ रु तीन हजार ४६५ का दरले बिक्रीवितरण गरेपनि साइजअनुसार फरक/फरक मूल्य हुने गरेको टिम्बरले जनाएको छ । काठको सीमितताका कारण टिम्बरले मागअनुसारको काठ बिक्रीवितरण गर्न नसकेको जनाएको छ ।

 

महाप्रबन्धक लौडारीले सम्पदा पुनःनिर्माणका हकमा नियमित भन्दा ठूला र विशेष आकारका काठ चाहिने भएकाले कुन साइजको कति परिमाण चाहिने हो समयमै माग आउनुपर्ने बताए । समयमा काठको आकारका बारेमा माग नआउँदा त्यस्ता काठ आपूर्ति गर्न अफ्ठ्यारो हुने गरेको उनले बताए ।

 

काठ कटानको समय मङ्सिरदेखि जेठसम्म हुने भएकाले सो अवधिमा माग भएका साइजअनुसारको काठ कटान गर्न सहज हुने उनको भनाइ छ । मुलुकमा सङ्घीयता कार्यान्वयन भइसकेपछि सङ्घ र प्रदेशबीच अधिकार बाँडफाँडका बारेमा भएको अन्योलताका कारण काठ आपूर्तिमा पहिला जस्तो सहज अवस्था नभएको टिम्बरको गुनासो छ । (रासस)


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

दुब्लाउने अचुक उपायः यसरी खानुहोस् खानेकुरा

  • 5 hours ago
दुब्लाउने अचुक उपायः यसरी खानुहोस् खानेकुरा

एजेन्सी–दही स्वास्थ्यका लागि राम्रो खुराक मानिन्छ । यो दुधभन्दा पनिब बढी फाइदाजनक हुन्छ । यसमा प्रोटिन, क्यालसियम, भिटामिन–वी जस्ता पोषक तत्वहरु हुन्छन् । यसलाई खानाले शरिरलाई लाभदायक गर्छ ।

यसरी अर्बौँ सम्पत्तिको मालिक्नी बने यी बलिउड फ्लप अभिनेत्रीहरु

  • 5 hours ago
यसरी अर्बौँ सम्पत्तिको मालिक्नी बने यी बलिउड फ्लप अभिनेत्रीहरु

एजेन्सी । बलिउड उद्योग निकै ठूलो छ जहाँ जो–जो कलाकार आफ्नो भविष्य बनाउन छिर्छन् ती मध्ये केहीलेमात्र आफ्नो नाम सुनौले अक्षरले लेख्न सफल भएका छन् भने धेरैले संघर्ष गर्दागर्दै करियरलाई बीट मारेर बलिउडबा

डनसँगको अफेयरको हल्लाले बर्बाद भएको थियो यी अभिनेत्रीको बलिउड करिअर

  • 6 hours ago
डनसँगको अफेयरको हल्लाले बर्बाद भएको थियो यी अभिनेत्रीको बलिउड करिअर

एजेन्सी । भारतका महान फिल्म निर्देशक राज कपुरले मेरठमा जन्मिएकी यास्मिन जोसेफलाई मन्दाकिनी नामबाट फिल्म राम तेरी गंगा मैलीमा अवसर दिएका थिए । उक्त फिल्मपछि उनी रातारात हिट भएकी थिइन् । उनले उक्त फिल्म



पर्यटन

शहीद स्मारकः बाह्य पर्यटकको पनि आकर्षण बन्दै

शहीद स्मारकः बाह्य पर्यटकको पनि आकर्षण बन्दै

हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुरस्थित शहीद स्मारक परिसरमा आदिवासी जनजातिको संग्रहालय स्थापना गरिने भएको छ । अहिले संग्रहालय भवनको निर्माण अन्तिम चरणमा पुगेको छ ।

जीवनशैली

दुब्लाउने अचुक उपायः यसरी खानुहोस् खानेकुरा

दुब्लाउने अचुक उपायः यसरी खानुहोस् खानेकुरा

एजेन्सी–दही स्वास्थ्यका लागि राम्रो खुराक मानिन्छ । यो दुधभन्दा पनिब बढी फाइदाजनक हुन्छ । यसमा प्रोटिन, क्यालसियम, भिटामिन–वी जस्ता पोषक तत्वहरु हुन्छन् । यसलाई खानाले शरिरलाई लाभदायक गर्छ ।

विचित्र विश्व

कोरोना भ्याक्सिनको रेसमा यो देश छ सबैभन्दा अगाडि

कोरोना भ्याक्सिनको रेसमा यो देश छ सबैभन्दा अगाडि

एजेन्सी । विश्वभर कोरोना संक्रमणका कारण ११ लाखभन्दा बढी मानिसको ज्यान गइसकेको छ । कोरोनाका कारण करोडौँ मानिसहरु संक्रमित भएका छन् । यसको कहर झन् बढ्दो रहेको छ ।