आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

फोटोः रोशन सापकोटा/रासस

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

 

बनेपा–नमोबुद्ध–दाप्चा–पिपलटार–फलामेसाँघ हुँदै काफलडाँडासम्म कच्ची मोटरबाटो गएपछि करिब एक किलो मिटर गोरेटो बाटो हिडेपछि सो झरनामा पुग्न सकिन्छ । झरना अत्यन्तै मनमोहक भएको कारण केही दिन यतादेखि रोशी–२ मा रहेको ‘तीनधारे झरना’मा आन्तरिक पर्यटकको घुँईचो लाग्दै आएको छ । 

 

कोरोना कहरकै बीचमा पनि विशेषगरी शहर बजार क्षेत्रका मानिस घुम्न त्यहाँ पुग्ने गरेका हुन् । महाभारत जङ्गलबाट निस्केको मुहानको चिसो पानीको झरनामा रम्दै तस्बिर लिन, नुहाउन र झरनामा लुकामारी खेल्न पाउने भएपछि केही हप्तादेखि सवारी साधनसहित लिएर त्यहाँ घुम्न जानेहरुको सङ्ख्यामा उल्लेख्य बृद्धि भएको छ । स्थानीय सरकारले कोरोनाको सङ्क्रमणको प्रभावका कारण भीडभाड नगर्न आग्रह गर्दै सो ठाउँमा आवतजावत कम गर्न आग्रह गरेको छ । पर्यटकीय झरनामा बन्दाबन्दीको पछिल्लो समयमा टाढाटाढाबाट हुने आगमन बढेको कारण सङ्क्रमण फैलिन सक्ने भन्दै नयाँ मानिसको आगमन नगर्न आग्रह गरेपनि दैनिक रुपमा मोटरसाइकलमा झरना हेर्न आउनेको भीड उतिकै रहेका छन् ।

 

झरनासम्म पुग्नको लागि बाटो असहज छ । झरना आकर्षक भएकाले त्यसको लागि स्थानीय सरकारले पर्यटन प्रबद्र्धनमा ध्यान दिए पर्यटकको आकर्षक थलो बन्ने छ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ट्रकले ठक्कर दिँदा एक जना पैदल यात्रीको मृत्यु

  • 4 hours ago
ट्रकले ठक्कर दिँदा एक जना पैदल यात्रीको  मृत्यु

कैलाली । कैलालीमा ट्रकले ठक्कर दिँदा एक पैदल यात्रीको आज मृत्यु भएको छ । धनगढीमा निर्माणाधीन मोहना –अत्तरिया छ लेन सडक अन्र्तगत चटकपुरमा ना। ३ ख ५५८५ नम्बरको ट्रकको ठक्करबाट धनगढी उपमहानगरपालिका– ३ सङ

नग्न तस्वीर माग्नेसँग सचेत हुन आग्रह

  • 4 hours ago
नग्न तस्वीर माग्नेसँग सचेत हुन आग्रह

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोले विभिन्न बहाना बनाएर प्रविधिको दुरुपयोग गरी अश्लील गतिविधि भइरहेकाले सचेत हुन ध्यानाकर्षण गराएको छ ।

भैंसीले हानेर एक जना महिलाको मृत्यु

  • 4 hours ago
भैंसीले हानेर एक जना महिलाको मृत्यु

दाङ । दाङमा भैंसीले हानेर एक महिलाको मृत्यु भएको छ । गढवा गाउँपालिका वडा नम्बर ६ बालापुर निवासी ५५ वर्षीया राधा यादवको आज मृत्यु भएको हो ।



पर्यटन

शहीद स्मारकः बाह्य पर्यटकको पनि आकर्षण बन्दै

शहीद स्मारकः बाह्य पर्यटकको पनि आकर्षण बन्दै

हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुरस्थित शहीद स्मारक परिसरमा आदिवासी जनजातिको संग्रहालय स्थापना गरिने भएको छ । अहिले संग्रहालय भवनको निर्माण अन्तिम चरणमा पुगेको छ ।

जीवनशैली

वास्तुशास्त्र अनुसार बच्चाहरुको स्टडी रुम कस्तो हुनुपर्छ ?

वास्तुशास्त्र अनुसार बच्चाहरुको स्टडी रुम कस्तो हुनुपर्छ ?

एजेन्सी । वास्तु शास्त्रका अनुसार बालबालिकाको पढ्ने कोठाको संरचना बनाउनुपर्छ । यसले उनीहरुको पढाईमा ध्यान जाने र पछि करिअरका लागि पनि सहयोग हुने वास्तुशास्त्र विदहरु बताउँछन् ।