जीवनः एक घर

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

ढोका बन्द गर्यौ भने त दिलको, ए मार्ग काँ खोज्नु म ?

दैलो बन्द गर्यौ भने त मनको, गन्तव्य  काँ खोज्नु म ?

प्यारि, यो घर बन्छ भावहरुमा, बन्दैन ढुंगा मिली ।

आफ्नै कर्महरु दिवार बलिया, हो सार हाँसोखुशी । ।

 

जिह्वामा बसि शारदा अभयदा ती वाक्य मीठा दिउन

पाई स्वागत भोजनादि बटुवा सौभाग्य स्वस्ती गरून ।

हो जन्ती जिउँदो हुँदा मरणमा हो त्यो मलामी नर।

पर्दामा दुख क्यै छिमेकतिरमा कैल्यै नसर्नू पर ।।

 

हाम्रा भावहरु जती मृदुल छन् मन् संग मन् जोड्दछन  ।

गारोतुल्य मिलाइ ईट घरका सम्बन्धमा रोप्दछन ।।

हामीमै छ बढाउने महलको शोभा कलाकार त्यो । 

हो संयोग दलीन वा धुरिसरी आस्था र संस्कारको ।।

 

हो छानो बलियो सुरक्षित हुने त्यो साथ पायो भने

जीवन्का हर मोड मार्गहरुमा निस्स्वार्थ पायो भने।।

हेर्नू पर्दछ दृष्टि सम्यक गरी सत्यानुभूति लिन  ।

हुन आँखा दुइ आँखीझ्याल दिलका संसार हो नन्दन ।।

 

गर्दा काम अथाह शारिरीक खुब् खर्चेर शक्तीश्रम  ।

तिम्रै गर्दछु याद हे प्रीयतमा १  बिर्सेर सारा भ्रम ।।

आफ्नै बाहुलिले रहेछ सिर्जना बन्ने र सर्बोत्तम ।

बन्ला जीवन साँच्चिकै घरसरी कर्तव्यमा उत्तम ।।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

रामेछाप बस दुर्घटनामा अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त

  • 2 minutes ago
रामेछाप बस दुर्घटनामा अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार रामेछापमा भएको बस दुर्घटनामा परी १३ जनाको निधन भएको खबरले आफूलाई मर्माहत बनाएको बताएका छन्।

मिस्टर एण्ड मिस टिन वल्र्ड नेपालको दोश्रो संस्करण सुरु

  • 6 minutes ago
मिस्टर एण्ड मिस टिन वल्र्ड नेपालको दोश्रो संस्करण सुरु

काठमाडौँ । ‘मिस्टर एण्ड मिस टिन वल्र्ड नेपाल’ को दोस्रो संस्करण सुरु भएको छ। आयोजक फेलिज इन्टरनेशनलले मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै प्रतियोगीताको आवदेन समेत खुल्ला भएको जनाएको हो।

बेँसीसहर–चामे सडक एक साता बन्द हुने

  • 6 minutes ago
बेँसीसहर–चामे सडक एक साता बन्द हुने

लमजुङ । बेँसीसहर–चामे सडक एक हप्ता बन्द हुने भएको छ । उक्त सडकअन्तर्गत मस्र्याङ्दी गाउँपालिका–४ स्याङ्गेमा सडक ढलान कार्यका लागि आज बिहान ८ बजेदेखि एक हप्ता बन्द हुने भएको हो ।



पर्यटन

पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।

जीवनशैली

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।