टोखाको चाकुको ब्राण्डिङ गरिने

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकाले रु दुई अर्ब ११ करोड ५६ लाख सात हजारको बजेट प्रस्तुत गरेको छ ।

 

ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय समृद्ध टोखा नगर निर्माणका लागि टोखाले आगामी वर्ष २०७९÷८० को नीति तथा कार्यक्रमको कार्यान्वयनका लागि आज ११औँ नगरसभामा उक्त बजेट प्रस्तुत गरेको हो ।   

 

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले चालू आवमा सम्झौता भई आवको अन्त्यसम्म कार्यान्वयन हुन नसक्ने योजना तथा कार्यक्रमलाई क्रमागतरुपमा निरन्तरता दिने बताए ।

     

टोखाले नीति तथा कार्यक्रममा नगरपालिकाभित्रको सुरक्षाका लागि मुख्य स्थानमा सिसी क्यामरा जडान गर्ने, टोलमा सुरक्षा साइरन जडान गर्ने, ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्ने, नगर प्रहरी परिचालन गर्ने बताएको छ । टोखाको चाकुलाई ब्राण्डिङ गरिने बताइएको छ ।

 

यस्तै नगरपालिका र वडा कार्यालय परिसरमा फ्रि वाइफाइको व्यवस्था गर्ने, राजस्व तिर्ने व्यवस्थालाई अनलाइन प्रणालीमा लैजाने, नगरपालिकाका हरेक कामलाई विद्युतीय माध्यमबाट गर्ने, चौमासिकरुपमा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गर्ने, वित्तीय सुशासन कायम राख्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

     

टोखाले आव २०७९÷८० भित्र कार्यालय भवन निर्माण सम्पन्न गरी नगरपालिकाको भवनबाटै सेवा प्रवाहकोे व्यवस्था मिलाउने, एक वडा एक उद्यान नीतिलाई निरन्तरता दिने, एक वडा एक विपद् सुरक्षितस्थल गरी आवश्यक पूर्वाधार विकास गर्ने बताएको छ ।

     

यसैगरी ‘मेयर उज्यालो’ कार्यक्रमलाई निरन्तरता दिँदै सार्वजनिक चोक, मठमन्दिर, विद्यालय, वडालगायत सबै स्थानमा सडक बत्ती जडान गर्ने, टोखा सांस्कृतिक संरक्षित क्षेत्रभित्रका प्राचीन शैलीका घरलाई संरक्षण गर्ने, मेयर दिर्घायु कार्यक्रमलाई निरन्तरता दिने, उपमेयरसँग बालबालिका कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

     

नीति तथा कार्यक्रमका आधारमा टोखा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि विभिन्न शीर्षकमा बजेट सार्वजनिक गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शङ्करराज पाठकले जानकारी दिए । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा ११ वडा रहेका छन् । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

केन्या भ्रमणका लागि नेपाली क्रिकेट टोली घोषणा, ज्ञानेन्द्र मल्लको कमब्याक

  • 22 minutes ago
केन्या भ्रमणका लागि नेपाली क्रिकेट टोली घोषणा, ज्ञानेन्द्र मल्लको कमब्याक

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई समेट्दै केन्या भ्रमणको लागि १६ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।

सीएनआई रोजगार तथा सीप मेला कात्तिक १७ गतेदेखि हुने

  • 2 hours ago
सीएनआई रोजगार तथा सीप मेला कात्तिक १७ गतेदेखि हुने

काठमाडौँ। नेपाल उद्योग परिसंघ (सीएनआई)रोजगार तथा सीप मेला २०७९ कात्तिक १७ गतेदेखि गर्ने भएको छ। मंगलबार सीएनआईले पत्रकार सम्मेलन गर्दै उक्त मेला गर्न लागेको जानकारी दिएको हो। उक्त कार्यक्रम काठमाडौँस्

देउवालाई भेट्न भट्टराई र यादव बालुवाटारमा

  • 2 hours ago
देउवालाई भेट्न भट्टराई र यादव बालुवाटारमा

काठमाडौँ। नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र महिन्द्र यादवले प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्। भट्टराई र यादवले मंगलबार देउवासँग बा



पर्यटन

‘जहाँ महादेव विराजमान रहन्छन्’

‘जहाँ महादेव विराजमान रहन्छन्’

जलेश्वर । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित बाबा जलेश्वरनाथमा साउन महिनाभरि महादेव विराजमान रहन्छन् भन्ने विश्वासका साथ तीर्थयात्रीको भीडभाड हुने गर्दछ ।

जीवनशैली

दशावतार बालन अवलोकन गर्न रामपुर जाऔँ

दशावतार बालन अवलोकन गर्न रामपुर जाऔँ

“हो हो हो...शङ्खासुर दैत्यले वेद चोरी लग्यो, ब्रह्मा निदाए तहाँ । यी गीतका लय र शब्द सुनेपछि साथीभाइसँग नाच्ने र अभिनय गरेको अहिले ताजै छ तर उमेर ढल्क्यो, बालन नाच्न छाडेको पनि पाँच वर्ष भयो, नाच्न नसके पनि हेर्न भने विभिन्न ठाउँमा पुगेकै हुन्छु ।”

विचित्र विश्व

रुसका ८० हजार सैनिक हताहत भएको अनुमान, गोला–बारुद सकिँदै, त्यसो भए के युक्रेनसँगको युद्धमा हार्दैछन् पुटिन ?

रुसका ८० हजार सैनिक हताहत भएको अनुमान, गोला–बारुद सकिँदै, त्यसो भए के युक्रेनसँगको युद्धमा हार्दैछन् पुटिन ?

एजेन्सी । युक्रेन र रुसबीच जारी युद्धमा ८० हजारभन्दा बढी रुसी सैनिक मारिएको वा घाइते भएको बताइएको छ । एपीको रिपोर्ट अनुसार पेन्टागनमा रहेका अमेरिकी अधिकारीहरूले सोमबार अनुमान गरेका छन् कि फेब्रुअरीमा सुरु भएको युद्धमा युक्रेनमा हालसम्म ८० हजार रुसी मारिएका वा घाइते भएका छन्।