लक्ष्य बिनाको चुनावी गठबन्धन एमालेले गर्दैन

Global IME
Mega Bank
Norvic Hospital

चितवन । नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीले आगामी निर्वाचनमा सिद्धान्त र विचार मिल्नेसँग मात्रै गठबन्धन हुने बताएका छन् । प्रेस चौतारी नेपाल चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले जित्ने स्वार्थका लागि मात्रै एमालेले गठबन्धन नगर्ने बताए ।  

 

नेपाली कांग्रेस बाहेकका दलहरु पटकपटक एमालेसँग आएर गठबन्धन गर्न इच्छा जाहेर गरेको भन्दै उनले भने, “लक्ष्य, उद्देश्य र विचारको राजनीतिलाई छोडेर अराजनीतिक तवरको गठबन्धन भयो भने त्यसले मुलुकलाई सही दिशातर्फ अगाडि बढाउन सक्दैन ।” दलहरु स्वार्थ केन्द्रित गठबन्धन गर्न एमालेसँग आउने गरेको उल्लेख गर्दै उनले त्यसलाई एमालेले स्वीकार नगरेको बताए ।

 

एमालेले देशलाई विकास र समृद्धिको माध्यमबाट समाजवादतर्फ लैजान खोजेको रायमाझीको भनाइ थियो ।  उनले भने, “वैचारिक र राजनीतिक रुपमा देशको समृद्धिका लागि समाजवादमा पुग्ने एजेन्डा एमालेसँग छ । त्यो एजेन्डा मिल्नेसँग सहकार्य गठबन्धन हुन्छ ।” लक्ष्य बिनाको चुनावी गठबन्धन एमालेले नगर्ने उनले बताए ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

एमाले अध्यक्ष ओली र कांग्रेस नेता सिंहबीच बालकोटमा भेटवार्ता

  • 4 hours ago
एमाले अध्यक्ष ओली र कांग्रेस नेता सिंहबीच बालकोटमा भेटवार्ता

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । कांग्रेस नेता सिंह ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका हुन् । भेटमा दुवै नेताले एकअर्काला

कतार विश्वकपः कोस्टारिकाले जापानलाई हरायो

  • 5 hours ago
कतार विश्वकपः कोस्टारिकाले जापानलाई हरायो

कतारमा जारी फिफा विश्वकप फुटबलको समूह ‘ई’ अन्तर्गतको खेलमा कोस्टारिकाले पहिलो जित निकालेको छ । अहमद बिन अली स्टेडियममा भर्खरै सम्पन्न खेलमा कोस्टारिकाले जापानलाई १–० गोल अन्तरले पराजित गरेको ह

निगमको न्यारोबडी जहाज ग्राउन्डेड

  • 6 hours ago
निगमको न्यारोबडी जहाज ग्राउन्डेड

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी ‘ए’ ३२० जहाज ग्राउन्डेड भएको छ । प्राविधिक समस्याका कारण जहाजको इन्जिन स्टार्ट नभएकाले जहाज ग्राउन्डेड भएको निगमले जना



पर्यटन

धार्मिक पर्यटनको गन्तव्य बन्दैै महाराजा थान

धार्मिक पर्यटनको गन्तव्य बन्दैै महाराजा थान

नवलपरासी । पूर्वी नवलपरासीको सदरमुकाम कावासोती बजारबाट करिब सात किलोमिटर उत्तरमा रहेको महाराजा थान मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा विकास हुन लागेको छ ।

जीवनशैली

छालामा सुख्खापन हटाउन र फुटेको छाला चाँडै ठीक पार्न यसो गर्नुहोस्

छालामा सुख्खापन हटाउन र फुटेको छाला चाँडै ठीक पार्न यसो गर्नुहोस्

काठमाडौं । दूध र सुन्तलाको रससँग मह मिसाएर मोस्चराइजर बनाउन सकिन्छ । यसको प्रयोगले छालामा भएको पानी सोस्ने ब्याक्टेरिया हटाएर त्यहाँको सुख्खापन कम गर्छ ।