रौता र चौदण्डीमा पर्यटकको सङ्ख्या ह्वातै बढ्यो

Norvic Hospital

उदयपुर । उदयपुरको धार्मिक, ऐतिहासिक तथा महत्वपूर्ण पर्यटकीय क्षेत्र रौता पोखरी र चौदण्डी गढीमा घुम्न आउने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । 

 

जिल्लाको मध्य पहाडी क्षेत्रको रौता गाउँपालिकाको रौता क्षेत्रमा बिहीबारदेखि नै घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएपछि यो क्षेत्रमा अहिले आन्तरिक पर्यटकको भिडभाड हुने गरेको (होमस्टे) घरबास सञ्चालक दुर्गा मगरले बताए ।

 

बिहीबारदेखि शुक्रबार टिकाको दिन र शनिबार तीन दिनमा झण्डै दुई हजारभन्दा बढी पर्यटक रौता घुम्न आएका छन् भने धेरै पर्यटकले रौता क्षेत्रमा नै बसेर दसैँको टिकासमेत मनाएको रौतामाई गाउँपालिका–४ का वडाध्यक्ष पाण्डव राईले बताए ।

 

त्यस्तै जिल्लाको ऐतिहासिक चौदण्डीगढी दरबार क्षेत्रमा पनि दसैँको टिकाको दिनदेखि दैनिक ५०० भन्दाबढीको सङ्ख्यामा पर्यटक घुम्न आउन थालेको चौदण्डी पर्यटन विकास समितिका संयोजक रोहित तामाङले बताउनुभयो । मौसम सफा रहेको र अहिले चौदण्डी क्षेत्रबाट चारैतिरको रमाइलो दृश्य अवलोकन गर्न सकिने भएका कारण धेरै पर्यटक आउन थालेको संयोजक तामाङले बताए । चौदण्डी क्षेत्रमा आउने पर्यटक अधिकांश सुनसरी, मोरङ, झापा, इलाम, सप्तरी क्षेत्रबाट आउने गरेको चौदण्डी गढी नगरपालिकाका प्रमुख खगेन्द्रकुमार राईले बताए ।

 

मौसम सफा भएका कारण चौदण्डीको भ्रमण र चौदण्डीबाट उत्तरपट्टिका सात वटा हिमशृङ्खला एकैपटक अवलोकन गर्न सकिने र दक्षिणतिर सुनसरी, मोरङ, झापा, सप्तरी र सप्तकोशी नदीको अवलोकन गर्न सकिने हुनाले अहिले दसैँका समयमा धेरै पर्यटक आउने गरेको चौदण्डीगढी नगरपालिकाले जनाएको छ । 

 

यता रौता क्षेत्रमा दसैँका समयमा रौता पञ्चकन्या देवीको पूजाआरधना गर्न र दृश्य अवलोकन गर्न धेरै पर्यटक आएका हुन् । उत्तरतिर एकैपटक आठ हिमशृङ्खला र दक्षिणतिर तराईको सप्तरी, सिरहा, धनुषा, मोरङ, सुनसरी र बायनाकुलरबाट भारतको विहारसमेत अवलोकन गर्न सकिने हुनाले पनि यस क्षेत्रमा अहिले मौसम सफा भएको मौकामा धेरै पर्यटक आउने गरेको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्र खड्का बताउँछन्।

 

रौता क्षेत्रका झण्डै ५० भन्दाबढी होमस्टे तथा होटल र गाउँघरसमेत अहिले आन्तरिक पर्यटकले दिनरात भरिन थालेको रौतारानी होमस्टे सञ्चालक खिलराज मगरले बताए। रौता क्षेत्रमा आउने पर्यटक प्रदेश नं १ का तराईका जिल्ला र प्रदेश नं २ का तराईका जिल्लाबाट बढी पर्यटक रौताको भ्रमणमा आउने गरेको रौतामाई गाउँपालिकाले बताएको छ ।

 

रौता क्षेत्र समुद्री सतहदेखि उदयपुरको मध्य पहाडी क्षेत्रको दुई हजार मिटरको उचाइमा अवस्थित छ भने चौदण्डीगढी समुद्री सतहदेखि अठार सय मिटरको उचाइमा अवस्थित छ । दुवै क्षेत्रलाई जिल्लाको महत्वपूर्ण पर्यटकीयस्थलका रुपमा विकास गर्नुपर्ने स्थानीयवासीको भनाइ छ । त्यस क्षेत्रमा विद्युत्, खानेपानी, यातायातका सुविधाको व्यवस्था गरिएपछि र लामो समयसम्म कोरोनाको कहरमा सुधार हुँदै गएका बेला दसैँका समयमा अहिले यी क्षेत्रमा घुम्न आउने पर्यटकको सङ्ख्यामा ह्वात्तै वृद्धि हुन थालेको हो ।


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

हालाण्डले बनाए कीर्तिमान

  • 9 minutes ago
हालाण्डले बनाए कीर्तिमान

एजेन्सी । एर्लिङ हालाण्डले बुन्डेसलिगामा ५० गोल पूरा गर्ने सर्वाधिक कान्छा खेलाडीको कीर्तिमान बनाएका छन् ।

भीम रावलको पर्चा बाँड्नेहरुलाई स्वयंसेवकले बाहिर निकाले

  • 11 minutes ago
भीम रावलको पर्चा बाँड्नेहरुलाई स्वयंसेवकले बाहिर निकाले

सौराह । नेकपा एमालेको नेतृत्वको लागि दावी प्रस्तुत गरेका नेता भीम रावलको पर्चा बाँड्नेहरुलाई महाधिवेशनका स्वयंसेवकहरुले बाहिर निकालेका छन्। सौराहमा जारी १० औं राष्ट्रिय महाधिवेशनका केही प्रतिनिधिहरूला

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

  • 18 minutes ago
भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म हिँडेर जान नसकेपछि भरियालाई बोकेर पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गर्न जाँदै तीर्थयात्री ।



पर्यटन

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म हिँडेर जान नसकेपछि भरियालाई बोकेर पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गर्न जाँदै तीर्थयात्री ।

जीवनशैली

वास्तुशास्त्र: पश्चिम तर्फ टाउको राखेर कहिल्यै सुत्नु हुँदैन, जान्नुहोस कारण !

वास्तुशास्त्र: पश्चिम तर्फ टाउको राखेर कहिल्यै सुत्नु हुँदैन, जान्नुहोस कारण !

एजेन्सी । आज वास्तुशास्त्रमा जान्नुहोस् पूर्व र पश्चिम दिशामा टाउको राखेर सुत्ने बारे। वास्तुशास्त्रका अनुसार पूर्व दिशामा टाउको राखेर सुत्नु राम्रो हुन्छ भने पश्चिममा टाउको राखेर सुत्नु हुँदैन ।

विचित्र विश्व

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी

एजेन्सी । दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले बिहीबार धेरै म्युटेसन भएको कोभिड–१९ नयाँ रूप पत्ता लागेको बताएका छन् । उनीहरुले दक्षिण अफ्रिकामा सङ्क्रमण सङ्ख्या बढ्नुलाई कोभिडको यही प्रकार दोषी रहेको बताएका छन् ।