पर्यटकलाई आकर्षण गर्न ‘अनअराइभल’ भिसा सेवा सञ्चालन गर्न माग

काठमाडौँ । पर्यटकलाई आकर्षण गर्न ‘अनअराइभल’ भिसा सेवा सञ्चालन गर्न माग उठेको छ । कोरोना भाइरसको महामारीको कारण सिथिल बनेको पर्यटन क्षेत्रलाई उकास्नको लागि प्रवेशाज्ञा (भिसा) अनअराइभल बनाउनुपर्ने माग उठेको हो ।
पर्यटन क्षेत्रका सरकारी तथा निजी क्षेत्रका अगुवा संस्थाले विदेशी पर्यटकलाई आकर्षण गर्न हवाईमार्ग तथा स्थलमार्गबाट नेपाल भित्रिने सम्पूर्ण नाकाहरुमा अनअराइभल भिसा सेवा सञ्चालन गर्न माग गरेको छ ।
निजी क्षेत्रसँग साझेदारी गरी पर्यटन प्रवद्र्धन गर्ने जिम्मा पाएको नेपाल पर्यटन बोर्डले सम्बद्ध सङ्घसंस्थासँग बृहत छलफल गरी भिसा प्रक्रिया सहज तुल्याई स्वास्थ्य मापदण्डलाई सरलीकरण गर्न तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अनुरोध गरेको छ । विद्यमान मापदण्डले नेपालको पर्यटन क्षेत्रको छवि अझ खस्किएको र अन्तर्राष्ट्रिय बजारमा पर्यटनको नकारात्मक सन्देश जानसक्ने खतरा औँल्याउँदै बोर्डले यथाशीघ्र केही शर्तहरु पुनरावलोकन गर्न मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरेको बोर्डले मंगलबार विज्ञप्तिमार्फत जनाएको छ ।
व्यवसायीसँगको छलफल र सुझावपछि बोर्डले गरेको १२ बुँदे निर्णयमा हवाईमार्गबाट नेपाल भित्रिने यात्रुको हकमा हवाईयात्रा प्रारम्भ हुने पहिलो प्रस्थानविन्दुबाट ९६ घण्टाको अवधिमा गरिएको कोभिड–१९ नेगेटिभ रिपोर्ट अनिवार्य भएको हुनुपर्ने तर पाँच वर्षमुनिका बालबालिकाको हकमा यो नियम लागू नहुने व्यवस्था गर्न भनिएको छ ।
भारतीयबाहेक अन्य मुलुकका यात्रुले नेपाल आई पुनः कोभिडको परीक्षण गर्नुपर्ने र सो रिपोर्ट नेगेटिभ आएको खण्डमा क्वारेन्टिनमा बस्न नपर्ने, यात्रुको स्वाब सङ्कलन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने र २४ घण्टाभित्र पिसिआर रिपोर्ट दिने व्यवस्था मिलाइनुपर्ने उल्लेख छ ।
भारतीय नागरिकको हकमा नेपाल–भारत ट्राभल बबल सम्झौताअनुसार नियम यथावत राख्न सुझाइएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
खोप सबै नेपालीमा पु¥याउने सरकारको प्रयास: मन्त्री त्रिपाठी
- 2 minutes ago

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदेयश त्रिपाठीले कोभिड–१९ विरुद्धको खोप सबै जनताको पहुँचमा पु¥याउने प्रयास भइरहेको बताएका छन् ।
फर्निचर उद्योगमा आगलागी
- 14 minutes ago

धनगढी । धनगढी उपमहानगरपालिका–४ चटकपुरस्थित फर्निचर उद्योगमा भीषण आगलागी भएको छ ।
दाउद इब्राहिमबारे एउटा रोचक रहस्य !
- 30 minutes ago

एजेन्सी । संसारमा दाऊद इब्राहिमसँग डराउँछन् तर दाऊद मात्र एक व्यक्तिसँग डराउँछन् जसलाई रियल डन भनिन्छ ।
पर्यटन
महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

काठमाडौं । कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ ।
जीवनशैली
तौल घटाउने सजिलो उपाय

एजेन्सी । यदी तपाई आफ्नो तौल घटाउन चाहानुहुन्छ भने यो तरिका अपनाउनुहोस् । तपाई तौल घटाउन धेरै मेहनत गर्नुहुन्छ । एक महिनामा ४ किलो तौल घटाउन तपाईले २ खाले एक्सरसाइज गर्नसक्नुुहुन्छ ।
विचित्र विश्व
दाउद इब्राहिमबारे एउटा रोचक रहस्य !

एजेन्सी । संसारमा दाऊद इब्राहिमसँग डराउँछन् तर दाऊद मात्र एक व्यक्तिसँग डराउँछन् जसलाई रियल डन भनिन्छ ।